नेपालमा र भारतमा धार्मिक र सांस्कृतिक मान्यताहरू अनुसार जीवनका धेरै पक्षहरू ज्योतिष शास्त्रले निर्देशित गर्छ। त्यसैमा एक रोचक र कम चर्चित मान्यता छ – कुन दिन कपाल मुण्डन गर्दा आयुमा कति असर पर्छ भन्ने बारे।
सरल ज्योतिष शास्त्र अनुसार, साताको हरेक दिन कपाल मुण्डन गर्दा जीवनमा सकारात्मक वा नकारात्मक असर पर्न सक्छ। तल दिइएको सूचीमा जान्नुहोस् कुन दिन कपाल फाल्दा आयु बढ्छ र कुन दिन घट्छ।
बार अनुसार कपाल मुण्डनको प्रभाव:
- आईतबार: कपाल क्षौर गरे २ महिना आयु घट्छ।
- सोमबार: कपाल क्षौर गरे ७ महिना आयु बढ्छ ।
- मंगलबार: कपाल क्षौर गरे ८ महिना आयु घट्छ ।
- बुधबार: कपाल क्षौर गरे ५ महिना आयु बढ्छ ।
- बृहस्पतिबार: कपाल क्षौर गरे दश महिना आयु बढ्छ ।
- शुक्रबार : कपाल क्षौर गरे ११ महिना आयु बढ्छ ।
- शनिबार: कपाल क्षौर गरे एक वर्ष आयु घट्छ ।
माथि लेखिएको हेर्नि हो भने , कपाल मुण्डन गर्नको लागि सबैभन्दा राम्रो दिनहरु , शुक्रबार , बृहस्पतिबार, सोमबार र बुधबार देखिन्छ र सबैभन्दा नराम्रो दिन हरु आइतबार , मंगलबार र शनिबार देखिन्छ।
अरू पनि पढ्नुस्
निष्कर्ष
यदि तपाईं परम्परागत हिन्दू ज्योतिषीय मान्यता अनुसार जीवनयापन गर्न चाहनुहुन्छ भने, कपाल मुण्डनको दिन ध्यानपूर्वक छनोट गर्नुहोस्। विशेषगरी शुक्रबार र बृहस्पतिबार मुण्डनका लागि शुभ मानिन्छ भने शनिबार र मंगलबार जस्तो दिनमा क्षौर नगर्न सुझाव दिइन्छ।