श्राद्धको अर्थ र महत्व
सोह्र श्राद्ध

सोह्र श्राद्धको महत्व र विधि | वैदिक सनातन हिन्दू संस्कारमा श्राद्ध महत्वपूर्ण कर्म मध्येको एक हो । श्रद्धा मूलमा रहेका श्राद्धको मानव जीवन पद्धतीमा अत्यन्त महत्व छ । श्रद्धा शब्दका दुई भाग छन – श्रत र धा श्रतको अर्थ सत्यप्रतिको विश्वास र धाको अर्थ धारणा गर्नु हो । जुन भावनाले ईश्वरीय दिव्यता र शास्त्रीय आदेशमा सम्पूर्ण विश्वास धारणा गर्द छ , त्यो श्रद्धा हो । मार्कण्डेय पूराणमा भनिएको छ ‘ श्रद्धया परया दत्तं पितृणाम नामगोत्रतः । यदादारास्तु ते जातास्तदाहारत्वमेति तत ।। ’ परमश्रद्धाका साथ पितृहरुको नाम गोत्र उच्चारण गर्दै जुन अन्नप्रदान गरिन्छ ; त्यो आहारको रुपमा उपरिनत हुन्छ ।

श्राद्धका प्रकार

हिन्दू धर्ममा कर्म तीन किसिमले बताईएको छ । जस्मा नित्य , नैमितिक र काम्य कर्म छन । जसअनुरुप श्राद्धका भेदहरु यस प्रकारल व्याख्या गरीएको छ ।

नित्यश्राद्ध – दिनदिनै गरिने श्राद्धलाई नित्य – श्राद्ध भनिन्छ । यो श्राद्ध वैश्रदेरहित हुन्छ ।

नैमित्तिक श्राद्ध – माता–पिता आदि मध्ये कसैकोमृत्युतीथीमा गरिने एकोद्धिष्टश्राद्धलाई नैमित्तिक– श्राद्ध भनिन्छ ।

काम्यश्राद्ध – अवीष्ट सिद्धिका लागि गरिने श्राद्धलाई काम्यश्राद्ध भनिन्छ ।

बृद्धिश्राद्ध –अभ्युदय वा विवाहवारि या सप्ताह पुराणमा गरिने श्राद्धलाई आभ्युदयिक श्राद्ध भनिन्छ ।

पार्वणश्राद्ध –औंशी या पर्वमा गरिने श्राद्धलाई पार्वणश्राद्धभनिन्छ ।

एकपार्वण श्राद्ध – सोह्र श्राद्ध तीथी भित्र मृत्यु भएमा तीनवटा पीण्ड दिएर गर्ने श्राद्धलाई एकपार्वण श्राद्ध भनिन्छ ।

सोह्र श्राद्ध

जसअनुरुप सपिण्डश्राद्ध , गोष्ठीश्राद्ध , सुद्धिश्राद्ध, कर्माङ्गश्राद्ध, दैविकश्राद्ध , यात्राश्राद्ध, र महालयश्राद्ध रहेका छन । विशेषगरी श्राद्ध दुईपटक गरिन्छ मृत्युतीथि अश्विनकृष्ण प्रतिपदा देखि आमावाश्य सम्म १५ दिन र भाद«शुक्ल पूर्णिमा का एकतीथी जोडेर १६ दिनको समय अवधिलाई सोह्रश्राद्ध भनिन्छ । संस्कृत भाषामा यसलाईमहालय पार्वण श्राद्ध भन्ने प्रचलन रहेको छ ।

यस समयलाई पितृहरुलाई तृप्ती तुल्याउने समय भनिन्छ त्यसै कारणले हिन्दुसंस्कार भित्र रहनेहरुले श्राद्ध कर्म गर्दछन , दिवङ्गत आत्माहरुको मुक्ति का निमिक्त पितृपक्ष र मृत्यु तीथीमा घर तर्फ तीन पुस्ता श्राद्ध, मामाघर तिर चार पुस्तालाई तपण गर्ने प्रचलन रहेको छ । पौराणिक ग्रन्थअनुसार विष्णु पुराण , नृसिंह पुराण, गरुणपुराण , श्रीमद भागवत महाँपुराणले पनि सोह्र श्राद्ध अनुसरण प्रसङ् पाइन्छ । त्रेत्रायुगमा श्री राम चन्द्रले वनवास वस्दा सोह्रश्राद्ध गरेको पाइन्छ ।

अरू पनि पढ्नुस्

सोह्र श्राद्धका दुई मुख्य अङ्ग

तर्पण – पितृहरुको रक्षाका लागि अन्न, जल, कुश, आदि सामग्रीमार्फत तर्पण गरिन्छ।

पिण्डदान – दीप पूजन, ब्राह्मण पूजन, पिण्ड अर्पण सहित गरिन्छ। यो समस्त चराचर प्राणीहरूलाई फलदायी मानिन्छ।

श्राद्ध गर्दा मुख्य दुई अङ्ग मानिएको छ । श्राद्धको सुरुमा तर्पण गरिन्छ । हाम्रा पितृहरुको रक्षा र हामीले दिएको अन्न एवं जल स्वधादेवी मार्फत आफ्नो – आफ्नो लोकमा पुर्याई दिने सम्पूर्ण ऋषिहरु लाई तर्पण गरिन्छ । दोस्र्रो पक्ष दीपपूजन, ब्राहमण पूजन सहित पिण्डदान गरिन्छ । यो किन र कस्कोलागि भने ब्रहमण देखि स्तम्बपर्यन्त सबै चाराचर स्थावर, जङ्गमले प्राप्त गर्दछन ।

श्राद्ध गर्दा आवश्यक शुद्धता र पात्रता

श्राद्ध गर्दा धैरै विधि र नियमहरु छन जसअनुरुप स्थानको सुद्धिकरणहुन नित्ताम्त आवश्यकता रहन्छ । ब्राहमण वेद अर्थको ज्ञाता, गृहस्थी, सत्यवचन वोल्ने, माता पिताको सेवक पत्नि सन्तानलाई मायागर्ने हुनुपर्दछ ।श्राद्धमा प्रयोग गरिने सामाग्री गङ्गाजल, तुल्सीपत्र, सेतोफूल, जौँ , तिल, जनै, सुपाडी, दुना, टपरी , गाईको दुध , कुश , छोरीको छोरो ,चामलसिद्धाअन्न अत्यन्त शुद्ध र पवित्र हुनुपर्दछ । श्राद्धकालमा रामगीता , पितृ सुत्त र भागवत आदि पाढ गर्नाले बुद्धि मन र कर्म तीनै कुरा सिद्धिका लागिफलदायि मानिन्छ । श्राद्ध गर्दा घरमा बसेर वा नभए पवित्रतीर्थ या गंगा कोकिनार र सुद्ध भूमिमा गर्न सकिन्छ। अतः सबैको यो लोक र परलोक समेत राम्रो होस तथा सबैको सदगति प्राप्त गरुन भनि सन्तान भएर पितकार्यअर्थात पितृऋण तपाँइ हामिले तिर्यो भने जीवन सुःख शान्ति सम्बृद्धिको भएर जान्छ ।

इति अस्तु

हामीलाई फलो गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Photographer with various Astrology Services Available!

X