Description
WHO SHOULD WEAR EMERALD?
Emerald (which means Panna) speaks to planet Mercury. Vedic crystal gazing prescribes destroying this gemstone to develop of adverse impacts brought about by a flimsier Mercury in an individual’s horoscope.
Indian crystal gazing doles out Panna ratna for Mithun (Gemini) and Kanya (Virgo) rashi.
Western crystal gazing suggests emerald birthstone for Cancer.
Ascendants of Taurus, Libra, Capricorn and Aquarius can likewise sport emerald.
EMERALD BENEFITS
World-over, emerald is worn as a stylish gem stone. In any case, in eastern nations, it is the mysterious essentialness that makes this gemstone famous. It is otherwise called Pachu stone, Markat Mani, Parnaya and Budh ratna in India and Smaragdos in Greek.
Perfect for Financial, Intellectual and Creative Ventures – Since Mercury rules insight, Panna rashi ratan is trusted to improve wearer’s appreciation, thinking and memory aptitudes. Stargazers therefore profoundly prescribe wearing Panna for individuals working in account, banking, accounting, share market exchanging and so forth. Just as for individuals occupied with inventive endeavors.
Refined Oration and Communication – Mercury is viewed as the Vaani-karaka in vedic crystal gazing. In this way, individuals experiencing discourse related issues and low certainty can profit colossally from Panna and perform better in their social and expert lives. Obviously, panna advantages individuals working in PR, Media or Mass Communication related jobs, the most.
Loosened up brain, improved faculties and quiet skin – It is accepted that wearing a Pachu stone advantages people experiencing ear, eye and skin related sicknesses. Panna as rashi ratan is additionally profoundly helpful in treating certain sensitivities and apprehensive issue.
पन्नाको गुण
- पन्ना नरम हुन्छ ।
- पन्ना पारदर्शक हुन्छ ।
- पन्ना साह्रो र भारी हुन्छ ।
- पन्नाको चारैतिर किरण छरिएको हुन्छ ।
- पन्ना स्निग्ध र लचकदार हुन्छ ।
- पन्ना सूर्य जस्तै स्वत प्रभावले उत्पत्ति हुन्छ ।
पन्ना कसले धारण गर्ने ?
पन्नाको सम्बन्धमा भनिएको छ कि जसले यसलाई धारण गर्दछ, उसलाई अत्याधिक लाभ हुन्छ । यसलाई ती व्यक्तिले धारण गर्नु पर्दछ, जसको कुण्डलीमा निम्न कुरा हुन्छन् । तिनीहरूको लागि पन्ना अत्यन्त लाभकारी सिद्ध हुन्छ ।
- बुधको रत्न पन्ना हो र बुध मिथुन राशिको स्वामी हो । अतः मिथुन लग्न भएकाले पन्ना धारण गर्नु सर्वोत्तम हुन्छ । यसले धारकलाई चौतर्फी लाभ गराउँदछ ।
- कन्या लग्न भएकाको लागि पन्ना लाभदायक छ किनभने बुध कन्या लग्न र पन्ना रत्नको स्वामी हो ।
- यदि कुण्डलीमा बुध छैठौँ र आठौँ भावमा स्थित छ भने त्यसको लागि पन्ना धारण गर्नु लाभकारी हुन्छ ।
- यदि कुण्डलीमा बुध मीन राशिमा स्थित छ भने पन्ना धारण गर्नु एकदम लाभप्रद हुन्छ ।
- यदि बुध धनेश भएर नवम भावमा स्थित छ भने पन्ना धारण गर्नु कल्याणकारी मानिएको छ ।
- यदि बुध सप्तमेश भएर द्वितीय भावमा, नवमेश भएर चौथो भावमा या भाग्येश भएर छैठौँ भावमा स्थित छ भने पन्ना धारण गर्नु शुभ र एकदम लाभदायी हुन्छ ।
- यदि बुध श्रेष्ठभावको स्वामी भएर आफ्नो भावमा अष्टम स्थानमा स्थित छ भने पन्ना धारण गर्नुपर्दछ ।
- यदि बुधको महादशा या अन्तर्दशा चलिरहेको छ भने पन्ना धारण गर्नु लाभकारी सिद्ध हुन्छ ।
- यदि जन्म कुण्डलीमा बुध श्रेष्ठभाव २, ३, ४, ५, ७, ९, १० अथवा ११ को स्वामी भएर आफ्नो भावमा छैठौँ स्थानमा स्थित छ भने पन्ना धारण गर्नु अति उत्तम हुन्छ ।
- यदि बुधलाई मङ्गल, शनि, राहु अथवा केतुको दृष्टि छ भने पन्ना धारण गर्नुपर्दछ ।
- व्यापार वाणिज्य, गणित र एकाउन्टसँग सम्बन्धित काममा लागेका व्यक्तिको लागि पन्ना धारण गर्नु लाभदायक हुन्छ ।
तान्त्रिक मन्त्र:
ॐ बुं बुधाय नमः
पन्नाको प्रयोगः–
जहाँसम्म सम्भव हुन्छ पन्नालाई बुधवार सुन या पञ्चधातुमा चाँदीको औँठीमा बनाउनु पर्दछ । यसको वजन ६ रत्तीभन्दा कम हुनु हुँदैन । यसलाई विधिपूर्वक उपासना गरिसकेपछि वैदिक विधिले प्राणप्रतिष्ठा गरेर शुक्लपक्षको बुधबारको सूर्योदयभन्दा एक घण्टा पछाडि धारण गर्नुपर्दछ । यसलाई दाहिने हातको कान्छी औँलामा धारण गर्नुपर्दछ ।
पन्नाबाट रोगोपचारः–
‘आयुर्वेद प्रकाश’ मा पन्नाको सन्दर्भमा लेखिएको छ – “विषलाई मार्ने, शीतल पित्तको समस्यालाई हटाउने, रूचिकारक, पोषण तथा भूतप्रेत बाधालाई नष्ट गर्ने एउटा गुणकारी रत्न हो ।” एउटा अर्को पुस्तक ‘रसरत्न समुच्य’ मा लेखिएको छ – “पन्नाले ज्वरो, वान्ता, दम, सन्निपात, अपच, बवासिर, पाण्डु रोग तथा विष आदिबाट छुटकारा दिलाएर शरीरमा बल र सौन्दर्य बढाउँदछ ।” यसलाई छारेरोग एवम् पेचिशको अचूक औषधी मानिएको छ । यी सबै रोगमा पन्नाको भस्म या गोलीको प्रयोग गर्नुपर्दछ । सबै प्रकारका घाउ, सुन्निएको लागि रामवाण सिद्ध हुन्छ । यसको अलवा यसले निम्न रोगमा पनि प्रभाव पार्दछ:
- पन्नालाई २१ दिनसम्म केवडाको जलमा राख्ने । अनि त्यसलाई पिसेर दुधको तरसँग खाँदा यसले प्रबल रूपमा बल, बुद्धि एवम् वीर्य बढाउँदछ ।
- पत्थरी बहुमूत्र आदि रोगमा पन्नाको भस्म उत्तम औषधी हो ।
- पिनास, ज्वरो, किड्नी र रगतसम्बन्धी बिरामीमा पन्नाको भस्मलाई महको साथमा मिलाएर चटाउनाले शीघ्र लाभ हुन्छ ।











Reviews
There are no reviews yet.