दिशा र विपरित दिशाहरूको प्रभाव ( Effect of Direction and Anti-direction)

१.  पूर्व (East)– पूर्व दिशालाई अग्नि तत्वले प्रभाव पारेको हुन्छ । यो पितृ स्थानको
सूचक हो । यो दिशालाई बन्द गरि दिने हो भने सूर्यको किरणले घरमा प्रवेश गर्न
पाउँदैन, त्यसकारण यस्तो घरमा निवास गर्नाले विभिन्न प्रकारका व्याधिहरूको
सामना गर्नु पर्ने हुन्छ साथै उनीहरूको मान–सम्मानमा पनि हानि हुने गर्द छ ।
व्यक्तिलाई जहिले पनि ऋणको बोझ बढिरहेको हुन्छ । अतः घर बनाउदा सदैव
पूर्व दिशा खुला राख्नु आवश्यकता हुन्छ ताकि सूर्य  किरणले लगातार घरमा
प्रवेश पाइरहोस् र व्याधि तथा सड्ढटको रक्षा गरिरहोस् ।

२.  पश्चिम (West) – पश्चिम दिशालाई वायु तत्वले प्रभाव पारेको हुन्छ । यो
दिशाका देवता वायुलाई मानिएको छ । वायु चञ्चलताको प्रतीक हो अतः
घरको ढोका पश्चिमाभिमुखी  हन्छ भने त्यहाँ निवास गर्ने मानिसको मन सदैव
चञ्चल हुन्छ । उसले कुनै पनि काममा सफलता प्राप्त गर्न सक्दैन, बच्चाहरूको
सफलतामा पनि रूकावट आउँछ । व्यापारिक वर्गले यसतर्प  ढोकाराख्न
सक्दछन् किनभने लक्ष्मीको आवास पश्चिम दिशामा हुन्छ ।

३.  उत्तर (North) – यो दिशा मातृभावको हो । रातमा धु्रवतारा यसै दिशाबाट
निस्कन्छन् । यो दिशालाई जल तत्व प्रधान मानिएको छ । उत्तर दिशामा खाली
स्थान हुनु आवश्यक हुन्छ । यो दिशाका स्वामी कुबेरलाई मानिएको छ ।
उत्तर मुखी ढोका एवं झ्याल भयो भने कुबेरको दृष्टि सिधै पर्द छ । वास्तुशास्त्रमा
उत्तर दिशालाई महत्वपूर्ण स्थान दिइएको छ ।

४. दक्षिण (South) – दक्षिण दिशालाई पृथ्वी तत्व र मृत्युका देवता यमको दिशा
मानिएको छ । यो धैर्य एवं स्थिरताको प्रतीक हो । यो दिशाले सबै प्रकारका
खराबी नाश हुने सूचना दिन्छ । यो दिशामा शत्रुको डर र रोग लागिरहने डर
हुन्छ । यो दिशालाई बन्द राख्ने हो भने धेरे किसिमको फाइदा हुन सक्दछ ।
दक्षिण दिशालाई उन्नत बनाउन सकियो भने त्यहाँबाट हुने दूषित प्रभावलाई
समाप्त पार्न सकिन्छ ।

५.  ईशान कोण (North-East) – उत्तर एवं पूर्व दुवै दिशा घरको बीचमा खुल्ला
भयो भने त्यस्तो लाई पवित्र स्थान मानिएको छ । यो कोणले हामीलाई बुद्धि,
ज्ञान, विवेक, धेर्य एवं साहस धर्मा चरण प्रदान गर्दछ । यसले सबै प्रकारको
कष्टबाट मुक्त राख्दछ । भवनमा यदि यो कोण दूषित भयो भने त्यस भवनमा
बस्ने मानिसले विभिन्न प्रकारका कष्टहरूको सामना गर्नुको साथै बुद्धि भ्रष्ट
पनि हुने गर्दछ । भवनमा कलहपूर्ण बातावरण भैरहन्छ । प्रायः देखिएको छ कि
ईशान कोण भारी भयो भने अथवा विकृत अवस्थामा छ भने त्यसको फलस्वरूप
त्यो दिशा एवं कक्षमा बस्नेलाई विभिन्न प्रकारको रोग एवं मानसिक अशान्ति
भैरहेको हुन्छ ।

६.  आग्नेय कोण (East-South) – पूर्व एवं दक्षिण दिशाको बीचमा हुने भएकोले
यो कोणलाई अग्नि तत्व प्रधान मानिएको छ । यो कोणको सम्बन्ध स्वास्थ्यसँग
रहन्छ । भवनमा यदि यो कोण दूषित भयो भने त्यस भवनमा बस्ने प्रायः सबै
सदस्यहरूको स्वास्थ्यमा कुनै न कुनै रूपले खराबी भैरहेको हुन्छ । प्रायः यो पनि
पाइएको छ कि त्यस्तो भवनमा बस्ने मानिसको परिवारले कहिल्यै पनि रोगबाट
मुक्ति पाएका हुँदैन । आग्नेय कोण दूषित भयो भने अग्निद्वारा हानि नोक्सानी
भैरहन्छ । आग्नेय कोणमा शयन गर्नु हुँदैन त्यहाँ शयन गरियो भने अग्नि एवं
आकस्मिक दुर्घटनाको सम्भावना रहन्छ ।

७.  नैऋत्य कोण (South-West) – घरमा यदि यो भाग दूषित भयो भने त्यहाँ
निवास गर्ने सबैको चरित्र प्रायः कलुषित हुने , शत्रुको डरको प्रभाव धेरै पर्दछ ।
घ मा भूत–प्रेत बाधाहरू उत्पन्न हुनुको साथै आकस्मिक दुर्घटना एवं अल्प–आयु
हुने सम्भावना हुन्छ ।

८.  वायव्य कोण (West-North) – यो कोणलाई वायुको स्थान मानिएको छ । यो
कोणले दीर्घायु, सुस्वास्थ्य एवं शक्ति प्रदान गर्दछ । साथै व्यवहारमा परिवर्तन गर्ने
सूचक पनि हो । घरमा यदि यो कोण दूषित भयो भने शत्रु बढ्ने शक्तिको ह्रास
हुन्छ र आयुक्षीण हुनसक्दछ । व्यवहारमा परिवर्तन र भवनमा बस्ने मानिसमा
घमण्डको मात्रा अत्यधिक हुन सक्दछ । यस्तो स्थानमा र हनाले मानिस प्रवासिने
र अनेक प्रकारको आरोप–प्रत्यारोपको शिकार पनि हुनु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Photographer with various Astrology Services Available!

X