केही वस्तुहरू यस्ता पनि हुने गर्दछन् जुन केही समयपश्चात् अनुपयोगी हुन थाल्दछ । ती वस्तुहरूलाई सामान्य बोलचालको भाषामा कबाड भन्ने गरिन्छ ।
यस्तो फोहोर सामानहरूलाई समयअनुसार निष्पादन गर्नुपर्दछ परन्तु कहिलेकाहीं काममा आउने सामानलाई पनि यस्तो कबाडघरमा भण्डारण गर्न सकिन्छ ।
फोहोरघरको निर्माण घरको बाहिर नैऋत्य कोणमा गर्नुपर्दछ । यस्तो सम्भव छैन भने नैऋत्य कोणको जमीनमा पनि भण्डारण गर्न सकिन्छ ।


- फोहोरघरको तल ग्लमभचनचयगलम हुनुहुँदैन ।
- फोहोरघरमा कुनै देवी-देवता आदिको चित्र राख्नु हुँदैन ।
- फोहोरघरको ढोकाको रङ्ग कालो गर्नुपर्दछ ।
- फोहोरघरको भुइँ या भित्तामा सिलन हुनुहुँदैन ।
- फोहोरघरको ढोका आग्नेय, ईशान अथवा उत्तर दिशाको अतिरिक्त हुनुपर्दछ ।
- फोहोरघरमा हमेशा एउटा खापा भएको ढोका हुनुपर्दछ ।
- फोहोरघरको ढोका टिन या फलामको हुनुपर्दछ ।
- फोहोरघरको ढोकाको अगाडि कुनै गफ गर्नुहुँदैन साथै धेरै हाँस्न र क्रोधित अथवा ठूलो स्वरमा कुराकानी गर्नुहुँदैन ।
- यदि त्रुटिवश अथवा अज्ञानवश फोहोर आदिको भण्डारण नैऋत्य कोणको अतिरिक्त कुनै अन्य दिशामा गरिएको छ भने त्यसलाई तुरन्तै बदल्नु पर्दछ ।
- उत्तर, पूर्व, ईशान, वायव्य कोणमा फोहोर आदि भण्डारण गर्नाले अर्थहानिका साथै मानसिक अशान्तिमा वृद्धि हुने गर्दछ । आग्नेय कोणमा फोहोरको भण्डारण गर्नाले अग्निबाट हानि हुने सम्भावना हुन्छ ।
शयन कक्ष
शयन मानिसको एउटा अति आवश्यक क्रिया हो । शयनले मानिसलाई ताजा र फुर्तिलो राख्दछ । यदि मानिसले ठीकसँग शयन गर्न पाउँदैन भने उसलाई अनेक प्रकारको रोग लाग्ने गर्दछ र कुनै पनि काम गर्नको लागि उसले आफ्नो क्षमताको प्रयोग गर्न सक्दैन । पहिले पनि भनिसकिएको छ कि मानिसको शरीर पनि एक प्रकारको चुम्बक हो र शीर उत्तर धु्रव हो भने खुट्टा दक्षिणी धु्रव हो । अतः शयन गर्दा शरलाई दक्षिण दिशातर्फ पार्नुपर्दछ ता कि चुम्बकीय तरङ्गको प्रवाह ठीकसँग हुन सकोस् । चुम्बकीय प्रवाह शरीरमा उचित प्रकारले भयो भने राम्रोसँग निदाउन सकिन्छ र शरीर पनि स्वस्थ रहन्छ ।
शयनकक्षको लम्बाइ र चौडाइको गुणानफललाई नौ ले गुण गरेर आठल भाग दिंदा तीन या पाँच शेष बच्नुपर्दछ । शेष तीन बच्यो भने दक्षिण दिशामा बनाइएको शयनकक्षको आकारको फल शत्रुको हार हुने हुन्छ, आर्थिक एवं शारीरिक सुख-प्राप्ति हुने गर्दछ । पाँच शेष बच्यो भने पश्चिम दिशामा बनाइएको शयनकक्षको आकारको फलले आर्थिक सम्पन्नता ल्याउने गर्दछ । तल दिइएको चित्रमा √ रहेको स्थानमा शयनकक्ष बनाउनको लागि उचित हुन्छ एवं • भएको स्थानलाई अनुचित मानिएको छ ।

शयनकक्षसम्बन्धी वास्तु सिद्धान्त एवं वास्तुदोष निवारण
- गृहस्वामीको शयनकक्ष दक्षिण-पश्चिम कोणमा अथवा पश्चिम दिशामा हुनुपर्दछ नैऋत्य कोण पृथ्वी तत्व अर्थात् स्थिरताको प्रतीक हो । अतः यसै स्थानमा शयनकक्ष भयो भने भवनमा दीर्घकालसम्म निवास गर्न सकिन्छ ।
- पलङ्गलाई शयनकक्षको भित्तामा जोडेर राख्नु हुँदैन ।
- जहाँसम्म सम्भव हुन्छ, सम्पत्ति शयनकक्षमा राख्न हुँदैन, यदि राख्नै पर्ने भयो भने त्यसलाई शयनकक्षको दक्षिणी भागमा राख्नुपर्दछ त्यसलाई खोल्दा उत्तर दिशामा सिधै दृष्टि परेमा राम्रो हुन्छ ।
- पूर्वतर्फको सिरान वृद्धजनको लागि उपयुक्त हुने गर्दछ । यो आध्यात्मिक चिन्तन, ध्यान-साधनामा या राम्रो निद्राको लागि उपयुक्त हुने गर्दछ ।
- घडी पूर्व या पश्चिमको भित्तामा राख्नुपर्दछ उत्तरको भित्तालाई पनि राम्रै मानिएको छ तर दक्षिण दिशामा भने राख्नु हुँदैन ।
- शयनकक्षको पलङ्गको दायाँतर्फ सानो टेबुल आवश्यक वस्तु या दूध, पानी आदि राख्न सकिन्छ ।
- शयनकक्षको ढोका एउटा खापा भएको लगाउनुपर्दछ ।
- विद्यार्थीहरूको लागि पूर्वमा शिरान गर्नु उत्तम मानिन्छ ।
- यदि सुत्दाखेरि सिरलाई पश्चिमतर्फ राख्ने हो भने पलगको एक छेउले पश्चिमको ढोकालाई छोएको हुनुपर्दछ ।
- शयनकक्षमा बेड अथवा पलङ्गमा सुत्दा शिर पश्चिम अथवा दक्षिण दिशातर्फ बिहान उठ्नासाथ मुख पूर्व अथवा उत्तर दिशातर्फ फर्कदा अति शुभ मानिएको छ । उत्तर दिशा धनपति कुबेरको मानिएको छ । अतः बिहान उठ्नासाथ त्यसतर्फ मुख हुनु शुभ मानिन्छ ।
- बच्चा, अविवाहित अथवा पाहुनाको लागि पूर्व दिशामा शयनकक्ष हुनुपर्दछ । परन्तु यस्तो कक्षमा नव-विवाहित जोडीले भने बस्नु हुँदैन ।
- शयनकक्षमा नै यदि पूजाकक्ष पनि हुन्छ भने शयनकक्ष ईशान कोणतर्फ राख्नुपर्दछ । यस्तो स्थितिमा पलङ्गमा सुत्ने बेलामा शिरलाई पूर्वतर्फ गर्नुपर्दछ ता कि खुट्टा पूजास्थलतिर नपरोस् ।
- पलङ शयनकक्षको ढोकासँगै राख्नु हुँदेन यदि त्यस्तो गर्ने हो भने चित्तमा अशान्ति एवं व्याकुलता भइरहन्छ ।
- शिरलाई पश्चिमतर्फ गर्ने हो भने पलङ्गको एउटा भागले दक्षिणको भित्तालाई छोएको हुनुपर्दछ ।
- उत्तर दिशातर्फ शिर गरेर कदापि सुत्नु हुँदैन ।
- घर एकभन्दा बढी तलाको छ भने गृहस्वामीको शयनकक्ष माथिल्लो तलामा हुनुपर्दछ ।
- दक्षिण-पश्चिम अथवा दक्षिणमा स्थित शयनकक्ष वयस्क अथवा विवाहितहरूको लागि उपयुक्त हुने गर्दछ ।
- पलङ्गको सम्मुख भित्तामा प्रेरक तथा रमणीय चित्र राख्नुपर्दछ । आदर्शवादी चित्रले आत्मबल बढाउँदछ र दाम्पत्य जीवन आनन्दमय तथा विश्वस्त भइरहन्छ ।
- पश्चिम दिशातर्फ शिर पार्ने हो भने पलङ्गको एक छेउले पश्चिमको भित्तालाई छोएको हुनुपर्दछ ।
- कपडाको दराज वायव्य कोण अथवा नैऋत्य कोण अथवा दक्षिणमा हुनुपर्दछ ।
- शयनकक्षमा टाँड आदि पश्चिम अथवा दक्षिण भित्तामा बनाउनुपर्दछ । परन्तु त्यसको तल सुत्ने पलङ राख्नु हुँदैन यदि पलङ् राख्नै पर्ने भयो भने टाँडको तल पनि सिलिङ्ग राख्नुपर्दछ ।
- टेलिभिजन, हिटर एवं अन्य विद्युतीय उपकरणलाई कक्षको आग्नेय कोणमा राख्नुपर्दछ ।
- शयनकक्षमा दराजको मुख नैऋत्य कोण अथवा दक्षिण दिशातर्फ हुनुहुँदैन । यो केवल दराजको लागि मात्र बनेको नियम हो जसमा चेकबुक, बैंकका कागजात अथवा व्यापारसम्बन्धी कागजपत्र, रूपैयाँ तथा अन्य किमति सामान राखिन्छ । तसर्थ आलमारीमा राखिएको धन विस्तारै घट्दै जान्छ अतः दराजको मुख दक्षिण दिशालाई छाडेर अन्य दिशामा राख्न सकिन्छ ।
- बायाँतर्फ फर्केर सुत्ने बानी अत्यन्त हितकारी हुन्छ ।
- पूर्व तथा उत्तर दिशामा रहेको शयनकक्ष स्वास्थ्यको लागि लाभप्रद हुने गर्दछ ।
- ईशान कोण बच्चाहरूका लागि उपयुक्त हुन्छ तर ठूला मानिसको लागि वर्जित गरिएको छ ।
- ड्रेसिङ्ग टेबुल उत्तर दिशामा पूर्वतर्पm पारेर राख्नु पर्दछ । ड्रेसिङ्ग टेबुललाई पश्चिम दिशामा पनि राख्न सकिन्छ ।
- शयनकक्षमा अध्ययन गर्नको लागि टेबुल, पुस्तकको आदि बेडरूमको पश्चिम अथवा नैऋत्य कोणमा हुनुपर्दछ । मेच, कुर्सी मुख पूर्वतर्फ या उत्तरतर्फ परोस् । यसरी अध्ययन गर्ने मानिस प्रतिभावान् र प्रज्ञावान् बन्दछन् ।
- शयनकक्षमा प्रकाश पलङ्गमा बस्दा मुखमा पर्न हुँदैन अर्थात् पल्टदा आँखामा विद्युत् प्रकाश पर्न हुँदैन । प्रकाश सँधैं बायाँतर्पm हुनुपर्दछ ।
- सुत्ने बेलामा खुट्टा मुख्य ढोकातर्फ हुनुहुँदैन, किनभने मृत्यु हुँदा श्मशानमा लैजानुभन्दा अगाडि पूर्व शरीरलाई मुख्य ढोकातर्फ खुट्टा पारेर राखिन्छ ।