केही वस्तुहरू यस्ता पनि हुने गर्दछन् जुन केही समयपश्चात् अनुपयोगी हुन थाल्दछ । ती वस्तुहरूलाई सामान्य बोलचालको भाषामा कबाड भन्ने गरिन्छ ।

यस्तो फोहोर सामानहरूलाई समयअनुसार निष्पादन गर्नुपर्दछ परन्तु कहिलेकाहीं काममा आउने सामानलाई पनि यस्तो कबाडघरमा भण्डारण गर्न सकिन्छ ।

फोहोरघरको निर्माण घरको बाहिर नैऋत्य कोणमा गर्नुपर्दछ । यस्तो सम्भव छैन भने नैऋत्य कोणको जमीनमा पनि भण्डारण गर्न सकिन्छ ।

शयन कक्ष

शयन मानिसको एउटा अति आवश्यक क्रिया  हो । शयनले मानिसलाई ताजा र फुर्तिलो राख्दछ । यदि मानिसले ठीकसँग शयन गर्न पाउँदैन भने उसलाई अनेक प्रकारको रोग लाग्ने गर्दछ र कुनै पनि काम गर्नको लागि उसले आफ्नो क्षमताको प्रयोग गर्न सक्दैन । पहिले पनि भनिसकिएको छ कि मानिसको शरीर पनि एक प्रकारको चुम्बक हो र शीर उत्तर धु्रव हो भने खुट्टा दक्षिणी धु्रव हो । अतः शयन गर्दा शरलाई दक्षिण दिशातर्फ पार्नुपर्दछ ता कि चुम्बकीय तरङ्गको प्रवाह ठीकसँग हुन सकोस् । चुम्बकीय प्रवाह शरीरमा उचित प्रकारले भयो भने राम्रोसँग निदाउन सकिन्छ र शरीर पनि स्वस्थ रहन्छ ।

शयनकक्षको लम्बाइ र चौडाइको गुणानफललाई नौ ले गुण गरेर आठल भाग दिंदा तीन या पाँच शेष बच्नुपर्दछ । शेष तीन बच्यो भने दक्षिण दिशामा बनाइएको शयनकक्षको आकारको फल शत्रुको हार हुने हुन्छ, आर्थिक एवं शारीरिक सुख-प्राप्ति हुने गर्दछ । पाँच शेष बच्यो भने पश्चिम दिशामा बनाइएको शयनकक्षको आकारको फलले आर्थिक सम्पन्नता ल्याउने गर्दछ । तल दिइएको चित्रमा √ रहेको स्थानमा शयनकक्ष बनाउनको लागि उचित हुन्छ एवं • भएको स्थानलाई अनुचित मानिएको छ ।

शयनकक्षसम्बन्धी वास्तु सिद्धान्त एवं वास्तुदोष निवारण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Photographer with various Astrology Services Available!

X