होली हिन्दुहरुको लागि प्रमुख चाड हो।

होली फाल्गुन मास पूर्णिमाका दिन मनाईन्छ। यो चाडको धार्मिक, पौराणिक र सामाजिक महत्व रहेको छ। प्राचीनकालमा हिरण्यकश्यप नामक असुर राजाले आफ्नो पुत्रको भगवान प्रतिको आस्थालाई खण्डन गर्न असफल भएपछि तब हिरण्यकश्यपले आफ्नी बहिनी होलिकालाई आदेश दिए कि प्रह्‌लादलाई काखमा लिएर आगोमा बस्नु। किनकि होलिकालाई आगोबाट नजलने वरदान प्राप्त थियो। तर प्रह्‌लादको भगवान प्रति आस्था र विश्वासका कारण आगोले भक्त प्रह्‌लादलाई हानी पुराउन सकेन र उल्टै होलिका जलेर मृत्यु हुनपुग्यो।

त्यसबेला देखी नै फाल्गुन मास पूर्णिमाको दिन होली मनाईन्छ। यसदिन बच्चा, बूढा सबै आ-आफ्नो दु:ख बिर्सेर एक-अर्कालाई विभिन्न रंग लगाएर खुसी साटासाट गर्ने गर्छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Photographer with various Astrology Services Available!

X