भवन निर्माण गर्नुभन्दा अगाडि दिशाहरुको ज्ञान राख्नु आवश्यक हुन्छ । वास्तुशास्त्रका अनुपम सिद्धान्त पञ्चतत्वमा आधारित छन् । प्राचीनकालमा दिशा ज्ञानको लागि अनेक साधन प्रचलित थिए, जस्तो सूर्य उदाउने दिशा, धु्रव ताराकोस्थितिको दिशा आदि । वास्तु ज्ञानमा चार दिशा र त्यसको सहायक कोण, अर्थात् विदिशाको विशेष महत्व हुन्छ । हाम्रा ऋषि–मुनिहरूले आधुनिक विज्ञान विकसित हुनुभन्दा हजारौं वर्ष अगाडि, सूर्यको रश्मिमा निहीत जीवन तत्वलाई पत्ता लगाएका थिए । त्यसकारण उनीहरूले आवासलाई पूर्वोन्मुखी बनाउने विधान बनाए साथैअन्य कोणका देवता अनुरूप गृह–निर्माणको योजना पनि बताए ता कि मनुष्यकोसुख–समृद्धि एवं आरोग्य वृद्धिमा उनीहरू सदैव सहायक बन्न सकून् । दिशाहरू आठवटा हुन्छन्– पूर्व, आग्नेय, दक्षिण, नैऋत्य, पश्चिम, वायव्य, उत्तर र ईशान ।
बिहान सूर्य उदाएको समयमा त्यतातिर फर्केर उभिदा अगाडिको भागलाईपूर्व दिशा भनिन्छ भने पछाडिको भागलाई पश्चिम दिशाले जानिन्छ साथै दाहिन हाततर्फकाे दिशा दक्षिण हुन्छ भने देव्रेतर्फकाे भागलाई उत्तर दिशाको नामले चिनिन्छ ।
क. आग्नेय कोण– दक्षिण–पूर्वको कोणलाई आग्नेय कोण भनिन्छ । पूर्व दिशाको दक्षिण भागलाई पूर्वी आग्नेय तथा दक्षिण दिशाको पूर्वतर्फलाई दक्षिण आग्नेय भनिन्छ ।
ख. नैऋत्य कोण– दक्षिण–पश्चिमको कोणलाई नैऋत्य कोणको नामले जानिन्छ । दक्षिण दिशाको पश्चिमतर्फको भागलाई दक्षिण नैऋत्य तथा पश्चिमतर्फको भागलाई पश्चिम नैऋत्य कोण भनिएको छ ।
ग. वायव्य कोण– उत्तर–पश्चिमको कोणलाई वायव्य कोण भनिएको छ । पश्चिम दिशाको अगाडिको भागलाई पश्चिम–वायव्य तथा उत्तर दिशाको पछिल्लो भागलाई उत्तर–वायव्य कोण भनिन्छ ।
घ. ईशान कोण– उत्तर–पूर्वको कोणलाई ईशान कोण भनिन्छ । पूर्व दिशामा उत्तरतर्फ ईशानकोणको स्थानलाई पूर्वी ईशान तथा उत्तर दिशाको पूर्वीतर्फ स्थित स्थानलाई ईशान कोण भनिन्छ ।
दिशाअनुसार भवन निर्माण गरिएको छ भने त्यहाँ निवास गर्नेलाई सुख समृद्धि प्राप्त हुनुका साथै मानसिक शान्ति समेत प्राप्त हुने गर्दछ । दिशा र विदिशाको जानकारीको लागि त्यसको विवरण तथा त्यसमा अवस्थित स्वामीहरू यसप्रकारका हुन्छन्–
