कुनै घरको निर्माण गर्नुभन्दा पहिले त्यसको प्रारूप तयार गर्नुपर्दछ । यसमा घरको विभिन्न भागलाई कुन आकारको एवं कुन दिशामा बनाउने हो त्यो कुरालाई दर्शाउनु पर्दछ । यसै प्रारूपको आधारमा घर निर्माण गर्ने गरिन्छ । जस्तो कि पहिल्यै भनिसकिएको छ वास्तुशास्त्रमा घरको विभिन्न भाग एवं कक्षको लागि अनुकूल दिशा निर्धारण गरिएको हुन्छ ।
भवन प्रारूप तयार पार्ने बेलामा यो कुरालाई विशेष ध्यान दिनुपर्दछ साथै वास्तुअनुसार भनिएको दिशामा नै भवनको विभिन्न भाग र कक्षको निर्माण गर्नुपर्दछ ।
भवन प्रारूप तयार पार्नको लागि सबैभन्दा पहिले भूखण्डलाई आठ दिशामा बाँडेर विभिन्न दिशा र विदिशाहरूको जानकारी लिनुपर्दछ ।
यदि भवनको कुनै भाग अथवा कक्षलाई हामीले चाहेर पनि त्यसको अनुकूल दिशामा बनाउन सक्दैनौँ भने जस्तो कि भान्साघरको लागि आग्नेय कोण अनुकूल दिशा हो तर हामीले त्यसलाई आग्नेय कोणमा बनाउन नसक्ने अवस्था भयो भने त्यसलाई पश्चिममा बनाएर आठ दिशामा बाँडेर त्यसको आग्नेय कोणमा अग्नि अर्थात् चुलोको स्थान निश्चित गर्दछाैँ तथा त्यसमा अन्य गह्रुङ्गो सामान दक्षिण तथा पश्चिमतर्फको झ्यालको सहारामा राख्नुपर्दछ ।
घरमा विभिन्न कक्षको लागि अनुकूल दिशाहरू


आकारानुसार चयनित भूखण्ड
