प्राचीन भारतीय विज्ञानबाट धर्मलाई अलग गराउनु असम्भव कार्य हुन्छ । प्रत्येक धार्मिक कृत्यको पछाडि कुनै न कुनै कारण रहेको हुन्छ । लौकिक धर्मको कारणले समाज पनि तत्कालीन व्यवस्थासँग जोडिएको हुन्छ र आध्यात्मिक धर्मको सम्बन्ध विज्ञानसँग हुन्छ । यज्ञ, पूजा आदिलाई आस्थासँग जोडेर हेर्ने गरिन्छ तर प्राचीन विद्वान्हरूले यसमा केवल आस्थालाई मात्र समावेश गरेका थिएनन् । यसमा उनीहरूको वैज्ञानिक अनुसन्धान पनि लुकेको थियो । निम्नलिखित तथ्य अवलोकनीय छन्-
१. हिन्दू समाजद्वारा विभिन्न काठ, औषधि, अन्न, दही, मह, घ्यू इत्यादिबाट महिनामा १२ वटा हवन गर्ने गरिन्छ । पूजा नगरिकन पनि यी सामग्रीहरूलाई त्यसै विधिबाट वर्षभरि हवन गर्नाले वायु शुद्ध हुने गर्दछ र त्यसबाट विभिन्न सूक्ष्म विषालु जीवहरू मर्ने गर्दछन् ।
२. घरमा शङ्खको ध्वनिबाट मच्छर, विच्छी, विषालु किराका साथै सर्पहरू भाग्ने गर्दछन् ।

३. एउटा रसियन शोधअनुसार पृथ्वीमा एउटा कीटाणु यस्तो पनि छ जुन १५०० डिग्री फरेनहाइटको तातोले पनि मर्दैन तर त्यो शङ्खको ध्वनिले मर्दछ ।
४.पूजा विधिमा प्रयोगको प्रक्रिया हुन्छ । देवता भनेको त प्रतीक मात्र हो । यो प्रतीकको काम हाम्रो मानसिक तरङ्गबाट ब्राह्मणको त्यसै भावको तरङ्गलाई आमन्त्रित गर्दछ । त्यसकारण भनिएको छ कि यदि भाव हुँदैन भने पूजा पनि हुँदैन । यो भाव मानसिक एकाग्रताको हुनुपर्दछ । तथापि यस्तो नभए पनि पूजाबाट भौतिक परिणाम त प्राप्त भएकै हुन्छ ।

पूजा क्रम

१. भूमिमा सर्वप्रथम केही गर्नुभन्दा अगाडि त्यहाँ आफ्नो इष्टदेव श्रीगणेश एवं वास्तुपुरुषको षोडशोपचारले पूजा गर्नुपर्दछ ।

२. ज्यावल, सावेल, नाग, दशदिक्पालको पूजागर्नु पर्दछ ।

३. भूमिमा पहिलो इँट्टा राख्नुभन्दा पहिले इष्टदेव एवं वास्तुपुरुषको पूजा हुने गर्दछ । यदि सम्भव हुन्छ भने त्यसवेला पञ्चदेवताको पूजा पनि आवश्यक छ ।

४. दोष-शोधनसम्बन्धी पूजा वास्तुविद्को सल्लाहअनुसार गर्नुपर्दछ ।

५. पसल या कम्प्लेक्समा कहिल्यै पनि आँखा लाग्दैन । मन्दी आदि भौतिक कारण हुन सक्दछ तर त्यो कारण वास्तुदोष पनि हुन सक्दछ र व्यावसायिक पनि हुन  सक्दछ । यस्तो दोषलाई खोजेर निकाल्न सकियो भने सबै प्रकारले छुटकारा पाउन सकिन्छ ।

६. पूजा अर्चनामा केवल तिनै विधिको प्रयोग गर्नुपर्दछ जुन शास्त्रीय विधानमा हुन्छन् ।

७. गृह प्रवेशको समयमा इष्टदेवता कुल, पितृ, वास्तु एवं सबै देवताहरूको पूजा गर्नुपर्दछ ।

८. वास्तुशास्त्र पूजाको अर्थ सम्पूणर् भौतिक एवं मानसिक विधिले भूमि वा भवनलाई दोषमुक्त पार्नुपर्दछ ।

भूमि पूजन

भूमि परीक्षण एवं शोधनपश्चात् भूमिमा निर्माण गर्नुभन्दा पहिले भूमि पूजा गर्नुपर्दछ । कुनै पनि कामको शुभारम्भ एवं निर्विघ्नपूर्वक समाप्तिको लागि गणेश पूजनको विधान छ । त्यसपछि वास्तुपुरुषको पूजा हुनुपर्दछ । नेपालीय मान्यताको आधारमा भूमिलाई गौरूप समान मानिन्छ, त्यसकारण भूमिलाई षोडशोपचारबाट गणपतिको स्मरणका साथै इष्टदेव एवं कुलदेवतालाई प्रणाम अभिवादन एवं अर्चनोपरान्त पूजा गर्ने गरिन्छ । पूजाको विधि-विधानलाई आफ्नो कुल-पौरोहित या कुनै विद्वान् ब्राह्मणद्वारा सम्पादित गर्नुपर्दछ ।

विधि एवं प्रकृया

१. पूजा स्थान आदिको निर्धारण वास्तुशास्त्रअनुसारको हुनुपर्छ ।

२. वास्तुविदद्वारा बताइएको स्थानको भवनमा प्रत्येक महिना हवन-पूजा गराउनुपर्दछ ।

३. विधि एवं प्रक्रियामा शुद्धता ल्याउनको लागि पूजा गराउने ब्राह्मणको सहायता लिनु आवश्यक छ । वास्तुशास्त्रअनुसार आवश्यक पूजन यति नै हो । हुन त पूजनलाई प्रत्येक कार्य प्रारम्भ गर्नुभन्दा पहिले गर्न सकिन्छ । जतिपटक पूजा गराइन्छ त्यति नै भूमिको दोष एवं वातावरणमा भएको दोष टाढिएर जान्छ ।

शिलान्यास विधि एवं विचार

शिलान्यास भन्नाले गृहनिर्माण कार्य आरम्भ गर्नुभन्दा पहिले निर्दिष्ट समय एवं मुहूर्तमा गरिने कर्मलाई भनिन्छ । गृहनिर्माण मुहूर्तको तात्पर्यलाई शिलान्यासबाट नै बुझिन्छ । शिलान्यासको लागि भूमि खन्ने काम गरिन्छ । भूमि खन्नको लागि भाद्र महिनामा पूर्व दिशा, मार्गशीर्ष, पौष, माघमा दक्षिण दिशा, फाल्गुणमा पश्चिम तथा जेष्ठ महिनामा उत्तर दिशाको तीन भागमा माथि एवं अधोभागमा क्रमशः मध्य भागमा खन्नुपर्दछ । किनभने उत्तरको भागमा खन्नाले मृत्यु, पछाडि खन्नाले रोगी तथा चरण भागमा खन्नाले तुष्टि (सन्तोष) अभय एवं कुक्षिभाग (साइड) मा खन्नाले तुष्टि (सन्तोष) अभय एवं कुक्षिभाग (साइडमा) खन्नाले गृहस्वामीलाई पुत्रलाभ आदि हुने गर्दछ । वास्तुशास्त्रमा भनिएको छ कि वास्तुपुरुषको शिर, पुच्छर दक्षिण कुक्षि र पृष्ठभागमा दीर्घायुको अभिलाषा राख्ने पुरुषले त्यसतर्फ खाल्टो बनाउनु हुँदैन । त्यसकारण बायाँतर्फको दिशामा केही भाग छाडेर जगको लागि खाल्टो खन्नलाई शुभ मानिएको छ ।

खाल्टो निणर्य सूर्य सङ्क्रान्तिकाअनुसार गर्नुपर्छ । अतः निम्नानुसार शिलान्यास तथा शेषको मुखको निणर्य गर्नुपर्दछ- कन्या, सिंह, तुला सङ्क्रान्तिमा शेषको मुख ईशान कोणमा हुने गर्दछ,त्यसकारण आग्नेय कोणमा खाल्टोको शिलान्यास गर्नुपर्दछ । शिलान्यास कुम्भ, मीन,
मेषको सूर्यमा शेषको मुख नैऋत्य कोणमा भयो भने वायव्य (पश्चिम-उत्तर) कोणमा हुने भएकोले नैऋत्य कोणमा (दक्षिण-पश्चिम) मा शिलान्यास गर्नुपर्दछ ।

शिलान्यास गृहारम्भको निणर्य

यसको अतिरिक्त सबै दिशालाई छोडेर तथा कुनै पनि समयमा केवल ईशान कोणमा नै शिलान्यास गर्नुपर्ने उल्लेख छ, जुन नेपाली वास्तुशास्त्रअनुसार सान्दर्भिक त छैन तर यस्तो ज्ञान हुन्छ कि त्यो केवल ईशान कोणको महत्वलाई आधार मानेर नै उल्लेख गरेको हुनुपर्दछ ।

निर्माणे मन्दिराणां च प्रवेश त्रिविधेऽपि च ।
वास्तुपूजा च कत्र्तव्या यसमात्तां कथमम्यतः ।।

गृह निर्माणको समयमा र अरू तीन प्रकारको प्रवेशको समयमा वास्तुपूजा गर्नुपर्दछ । यस्तो शास्त्रीय वचनअनुसार भूखननपश्चात् गृहनिर्माणकर्ताले आफ्नो नित्यकर्म स्नान, सन्ध्यादि कर्मबाट निवृत्त भएर नूतन अथवा धौतवस्त्र लगाएर शुभ- मुहूर्तअनुसार शुद्ध आसनमा बस्नुपर्दछ । पत्नीले दक्षिण भागमा एवं दायाँ हातमा जल लिएर तीनपटक आचमन र प्राणायाम गर्नुपर्दछ । सर्वेषु धर्म कार्येषु पत्नी दक्षिणतः
शुभा ‘वाराह‘ कोअनुसार पत्नीलाई दक्षिण भागमा राख्नुपर्दछ । आचार्यले माङ्गलिक तिलक तथा पति-पत्नीलाई ग्रन्थी बन्धन गर्नुपर्दछ ।

ॐ अपवित्रः पवित्रो वा सर्वावस्थां गतोऽपिवा ।
यः स्मरेत् पुण्डरीकाक्षं सबाह्यभयन्तरः शुचिः ।।

त्यसपछि उपर्युक्त मन्त्रको उच्चारण गरेर आफ्नो शरीरमा जलले छर्कने र पूजन सामग्रीलाई प्रोक्षण गर्नुपर्दछ । हातमा अक्षता, पुष्प लिएर स्वस्तिवाचन पढ्नुपर्दछ एवं गणेशादि देवतालाई स्मरण गरेर उनीहरूलाई प्रणाम गर्दै र गुरुका पादाभिनन्दन गर्नुपर्दछ । यथाशक्ति शरीर शुद्धिको लागि प्रायश्चित्तको लागि आफ्नो द्रव्य जल, चन्दन, अक्षता, पुष्प, दूवो, पुङ्गीफल (सूपारी) आदि लिएर देशकाल (स्थान, तिथि, गोत्र, वार एवं कर्म तथा नाम) आचार्य या विद्वान्को वचनानुसार उच्चारण गरेर गौदान अथवा द्रव्य दानको सङ्कल्प गर्नुपर्दछ । प्रायश्चित सङ्कल्पपश्चात् शिलान्यास कर्मको लागि देशकालको पुनः उच्चारण गर्दै शिलान्यास एवं कर्मको निर्विघ्नताको लागि गणेश, स्वस्ति, पुण्याह वाचन, मातृका पूजन, आचार्य वरण, नवग्रह, प्रधान वास्तु देवता एवं शिला, भूमिपूजन एवं शिलान्यासको सङ्कल्प गर्नुपर्दछ । वरुण एवं दीप-पूजनपूर्वक गणेश पूजादेखि लिएर आचार्य वरणपर्यन्त गृहशान्ति अनुसार देवताहरूको आह्वान एवं षोडशोपचार अथवा उपलव्ध भएका सामग्रीले अर्चना गर्नुपर्दछ । वास्तुमा कश्यप, मत्स्य, नाग- नागिनीको प्राण-प्रतिष्ठा एवं पूजापश्चात् एवं प्राणायाम गरेर शरीर शुद्धिको लागि पुरुष सूक्त मन्त्रको पाठ गर्नुपर्दछ र बायाँ हातमा पहेँलो सरस्यूँ लिएर दाहिने हातले आच्छादन गर्दै निम्नलिखित मन्त्रको उचारण गर्नुपर्दछ—

यदत्र संस्थितं भूतं स्थानमाश्रित्य सर्वदांम् । स्थानं त्यक्त्वा तु तत्सर्वं यत्रस्यं गत्र गच्छतु ।।
अपसर्पन्तु ते भूता ये भूता भूमि संस्थिताः । ये भूता विघ्नकर्तारः ते नश्यन्तु शिवाज्ञया ।।
अपक्रामन्तु भूतानि पिशाचाः सवर्ता दिशः । सर्वेषामविरोधेन न्यासकर्म समारभे ।।
भूतानि राक्षसा वाऽपि येऽत्रतिष्ठन्ति केचन । ते सर्वेऽपिप्यगच्छन्तु न्यासकर्म करोम्यहम् ।।

तथा सबै दिशामा अभिमन्त्रित सरस्यूँको विकीणर् गर्नुपर्दछ र शिला एवं सरस्यूँलाई सुस्थानमा स्थापित गर्नुपर्दछ ।

शड्ढुलक्षण
स्नग्धाधि भू-भाग समुत्थितानां, न्यग्रोध बिटब-दु्रम खादिराणाम् ।
शमी-वटोदुम्बर देवदारु, क्षीर-स्वदेशोत्थ फल द्रमुणाम् ।।

चिल्लो माटोमा उत्पन्न, खयर, शमी, देवदारु, बर, डुम्री तथा आफ्नो क्षेत्रमा उत्पन्न हुने फल तथा दूध आउने रूखको आधा हात तथा एक बित्ताको हाँगाको टुक्रालाई शङ्कु भनिन्छ ।

शिला प्रमाण
स्त्रमा शिलाको प्रमाण एवं प्रयोग वणर्अनुसार गर्नुपर्ने उल्लेख छ-

आजभोलि शिलालाई प्रमाणअनुसार प्रयोग गरेको भने पाइँदैन र पाँच पाषणको शिलालाई शास्त्रीय प्रमाणअनुसार होइन जस्तो शिला तत्काल उपलब्ध हुन्छ त्यसैलाई प्रयोग गर्ने गरेको पाइन्छ । ढुङ्गाको घरमा पाषाण शिला, पहाडी घरमा ढुङ्गा तथा इँट्टाको घरमा इँट्टाको शिलाको  पना  नुपर्दछ तथा काठको घरमा इच्छानुसार शिला स्थापित गर्न सकिन्छ ।
जगमा पाँच शिला सुन्दर एवं बलियो हुनुपर्दछ र त्यसमा कुनै प्रकारको दोष हुनुहुँदैन तथा त्यसको लम्बाइ-चौडाइ र ऊचाइ माथि उल्लेख परिमाणभन्दा कम या बढी हुनहुँदैन र कालो शिलाको प्रयोग पनि निवमा गर्न  दैन ।

पञ्चशिला स्नान
पाँच शिलालाई सुस्थानमा राखिसकेपछि त्यसलाई शुद्ध जलले धुनुपर्दछ र ॐ अग्नि मुद्र्धादिवः मन्त्रले माटो लगाएर यज्ञायज्ञ वोऽअग्नयेः मन्त्रको साथ जलले स्नान गराउनु पर्दछ त्यसपछि आयं गोमन्त्रद्वारा गोबर ले अश्वत्थे वो निषदनम् गायत्री मन्त्र तथा गन्धद्वारा दुराधर्षां मन्त्रले क्रमशः अमलाको जल, गोबर एवं गोमूत्रले स्नान गराउनुपर्दछ ।

त्यसपछि दूध, दही, घ्यू , मह एवं सक्खरले शिलालाई अलग-अलग तथा पञ्चामृतले स्नान गराउनु पर्दछ । पञ्चामृत स्नानपश्चात् कुश, जल, चन्दनयुक्त जल सर्वोषधि, फलको रसले पञ्चशिलाको स्नान गर्नुपर्दछ । गोश्रृङ्गिको जल, धान्य, जल, जौ मिश्रित तिलोदक तीर्थजलले स्नान गराउनुपर्दछ ।

पञ्चशिलाको स्नानपश्चात् त्यसमा श्रीखण्ड, कुमकुम सिन्दूर र चन्दन लगाएर वस्त्रले सिँगार्नुपर्दछ र नाममन्त्रले पूजा गर्नुपर्दछ । नन्दायै नमः, भद्रायै नमः, जयायै नमः रिक्तायै नमः, पूणर्ायै नमः भनी पाँच शिलाको पूजन गर्नुपर्दछ तथा नन्दा नामक शिलामा कमलको आकृति, भद्रामा सिंहासन, जयामा तोरणको छाता, रिक्तामा

कूर्म (कछुवा) र पूणर्ा नामको शिलामा चार हात भएको विष्णु भगवान्को उल्लेख गर्नु पर्दछ । यी पाँच शिलाहरूमा क्रमशः ब्रह्मा, विष्णु, रुद्र, ईश्वर र साम्बसदाशिवको आह्वान गरेर ॐ ब्राह्मणे नमः, ॐ विष्णवे नमः, ॐ रुद्राय नमः, ॐ ईश्वराय नमः ॐ साम्बसदाशिवाय नमः मन्त्र उच्चारण गर्नुपर्दछ तथा षोडशोपचार विधिले शिलाको पूजन गर्नुपर्दछ र मन्त्रको साथमा पाँचै शिलामा पाँच देवतालाई अभिषेक गर्नुपर्दछ ।

नन्दा आदि पाँच शिलाको अगाडि, पद्म, महापद्म, विजय र सर्वतोभद्र नामबाट पाँच कलश स्थापित गर्नुपर्दछ । पद्मायै नमः, महापद्माय नमः, शङ्खाय नमः, विजयाय नमः, सर्वतोभद्राय नमः भनेर आह्वान एवं पूजन गर्नुपर्दछ । शिलान्यास कर्ममा पद्धतिकारले हवनको उल्लेख पनि गरिएको छ परन्तु धेरै मानिसहरूले हवन नगरिकन केवल शिला-पूजन गरेर नै शिलान्यास कर्म गर्ने गर्दछन् । यसपश्चात् कुशकण्डिका विधिले अग्निस्थापन गरेर आधा राज्य भाग एवं गणेशाम्बिकाको लागि आहुति प्रदान गरेर ग्रहको लागि आहुति दिनुपर्दछ । यो मन्त्रबाट १०८ आहुति अग्निलाई प्रदान गरेर प्रधानदेवताको लागि हवन गरिन्छ ।

ॐ त्रयाम्बकं यंजामहे सुगधिंपुष्टिबर्धनम् ।
ऊर्वारुकमिव बन्धनात् मृत्योर्मुक्षिय मामृतात् ।।

प्रधान देवताको लागि हवन गरिसकेपछि ती शिलाहरूलाई नन्दा, भद्रा, जया, रिक्ता, पूणर्ाको नामक्रमले प्रत्येकको लागि २८-२८ आहुति एवं कलशको लागि ५ नामबाट प्रत्येकको लागि एक-एक आहुति दिनुपर्दछ । आहुतिपश्चात् अग्निको पूजन गरेर सम्पूणर् हवनीय अवशिष्ट द्रव्य एकैसाथ ‘ॐ अग्नेय स्विस्टकृते स्वाहा‘ भनेर हवन गर्नुपर्दछ तथा ९ आहुति घ्यूको दिनुपर्दछ । हवनपश्चात् दिक्पाल एवं क्षेत्रपाललाई गन्धादिलेले पूजन गर्दा बेसार, दही, मास आदि द्रव्यले बलि दिएर प्रार्थना गर्नुपर्दछ-

नमो वै क्षेत्रपालस्त्व भूतप्रेतगणै सह । पूजां बलिं गृहाणेदं सौभ्यो भवतु सर्वदा ।।
पुत्रान् देहि धन देहि सर्वान् कामांश्च देहिमे । आयुरारोग्यं मे देहि निर्विघ्नं कुरु सर्वदा ।।

यसपछि पूणर्ाहुति एवं वसोधारा हवन गर्नुपर्दछ तथा हवनकृत भष्मलाई निधार, घाँटी, दाहिने हातको जोर्नी एवं मूलभाग हृदयमा लगाउनु पर्दछ । ब्रह्माको पूणर् पात्रदान एवं बर्हि होम आदि कर्मपश्चात् ती पाँच कलशहरूको जलले शिलाको मूल एवं अग्रभागमा जलाभिषेक गर्नुपर्दछ । भूमिलाई लिपेर चार स्थानमा गणेश, कूर्म, शेष र बराहको पूजन गर्नुपर्दछ ।

 

शिलान्यास 
शुभ लग्नअनुसार मङ्गलगीत एवं वाद्यादि सहित यी पाँच शिलाहरूलाई तल (आधार) अतिरिक्त शिला राखेर पूर्व, पश्चिम, उत्तर, दक्षिण तथा मध्यमा अक्षतालाई स्थापित गर्नुपर्दछ तथा मह, घ्यू, सुवणर्, रत्न, फल, पुष्प तथा मालाले सुशोभित गर्नुपर्दछ र आह्वानपूर्वक पूजन गरि यिनीहरूलाई कुम्भ जस्तै माटो या चूना राखेर पूर्वमा नन्दा नामक शिला, दक्षिणमा भद्रा, पश्चिममा जया, उत्तरमा रिक्ता शिला तथा मध्यमा पूर्णा शिला आदिको पूजन एवं स्थापना गर्नुपर्दछ । शिलान्यासपश्चात् आग्नेय कोणबाट सस्यँु रोपण निम्नलिखित मन्त्रले गर्नुपर्दछ —

विशन्तु भूतले नागा लोकपालश्च सर्वतः ।
अस्मिन् गृहवे तिष्ठन्तु आयुर्बलकराः सदा ।।

विश्वकर्मा पूजन
शिलान्यासभन्दा अगाडि या त्यसपछि विश्वकर्मणे नमः भनेर विश्वकर्माको गन्धादिले पूजा गर्नुपर्दछ । निर्माण कार्यमा प्रयोग हुने औजार आदिको पूजा गरेर देव विसर्जन एवं तिलक आशीर्वाद ग्रहण गर्नुपर्दछ ।

गच्छ-गच्छ सुर श्रेष्ठ स्वस्थानं परमेश्वर ।
यत्र ब्रह्मादयो देवाः तत्र गच्छ हुताशन ।।

आशीर्वाद ग्रहण गरिसकेपछि ब्राह्मणलाई भोजन एवं दक्षिणा आदि गरेर आफ्नो इष्टमित्र, बन्धु-बान्धवलाई प्रसाद ग्रहण गराउनुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Photographer with various Astrology Services Available!

X