वास्तुमा दिशासँगै आउने अर्को शब्द कोण हो । जुन १८००, ९००, ४५० बढी मात्रामा र अन्य कोणको आकार आवश्यकअनुसार बनाइएको हुन्छ । जसरी कालिगढले ढुङ्गालाई कुँदेर निश्चित आकारको मूर्ती बनाएको हुन्छ त्यसैगरि वास्तुविदहरुले आकारको सजावट आकारको भौतिक निर्माण गरेको हुन्छ । वास्तुविदहरुले कोणलाई केन्द्र बिन्दु बनाएर घरमा कस्तो ठाउँमा कस्तो सामान, भान्छा घर, चर्पी, सयन कक्ष आदि बनाएका हुन्छन् । यसर्थ कोण प्रयोगसिद्ध वास्तुको सिद्धान्तमा आउने आधारभूत कुरा हो । कोणको आवश्यकता तल चित्रमा छ ।

माथिको घरमा पिलरमा ९००, छानामा ४५०, जमीनको सतहमा १८००, घरको गह्रामा ९०० र ३६०० र अन्य आकृति प्रयोग भएको छ ।

दिशाअनुसारको निर्माण

Building based on Directions

स्नानागारं दिशि प्राच्यां आग्नेयां च महान सम् ।
वायव्यां शयनागारं नैऋत्यां वस्त्र मन्दिरम् ।।
वारुण्यां भोजन गृहं वायव्यां पशु मन्दिरम् ।
एतन्यतानिशास्त्रानि स्वस्वाये स्वस्वदिवपि ।।

पूर्वमा                                               स्नानघर
आग्नेय                                              भान्साघर
दक्षिण                                              गौशाला, प्रसाधन–कक्ष एवं वस्त्र भण्डार, गृहस्वामी कक्ष
वायव्य                                              कोषागार
ईशान                                               देवस्थापन, पूजा–अर्चना
पश्चिम                                              भोजन कक्ष, शौचालय

यसप्रकार आफ्नो निवास घरमा विभिन्न कक्षको लागि स्थान निश्चित गरिने हो भने वास्तुशास्त्रअनुसारको उत्तम फल प्राप्त गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Photographer with various Astrology Services Available!

X