
दिशा निर्धारण
कुनै स्थानको दिशा निर्धारण, दिशा-बोधक यन्त्र (Compass) द्वारा जमीनको केन्द्रमा राखेर जमीनको चारै दिशाको जानकारी प्राप्त हुन्छ । ठाउँकोदिशाज्ञान प्राप्त भएपछि उत्तरदेखि दक्षिणतर्फ एउटा रेखा तानेर भूखण्डलाई दुईभागमा विभाजित गर्नुपर्दछ । त्यसपछि त्यो भूखण्डको केन्द्रदेखि पूर्व एवं पश्चिमतर्फ२२. ५ डिग्रीको कोणमा रेखा तान्नुपर्दछ । त्यो रेखाले उत्तर एवं दक्षिण दिशा निर्धारण गर्दछ । यसपछि ४५ डिग्रीको कोणमा रेखा तानेर अन्य दिशा र विदिशाहरूकोनिर्धारण गरिन्छ ।

माथिको चित्रमा एउटा वर्गाकार जग्गामा दिशा निर्धारण गरिएको छ ।दिशा निर्धारणको एउटा अर्को विधाअनुसार भूखण्ड भवन अथवा कक्षको side लाई बराबरको पाँच भागमा विभाजन गरिन्छ । पूर्व दिशामा मध्यको भागएवं दुई भाग दायाँ र बायाँतर्फको भाग अर्थात् कुल पाँच भाग पूर्व अथवा मध्य-पूर्वहुन्छ । बायाँ र शेष दुई भाग पूर्वी ईशान र दायाँतर्फको शेष भाग पूर्व आग्नेय हुन्छ ।उत्तर दिशामा मध्यको भाग एवं दुई भाग बायाँ र दायाँको भाग अर्थात्कुल पाँच भाग उत्तर अथवा मध्य उत्तर हुन्छ । बायाँतर्फको दुई भाग उत्तरी वायव्यर दायाँतर्फको शेष भाग उत्तरी ईशान हुन्छ ।