यदि कुनै पनि रत्न, दुष्ट चिन्हले युक्त, चोरेको, हिंसा हत्या गरेर लुटेको, संस्कार विहीन । प्राण प्रतिष्ठारहित, वर्जित वर्णको, कृतिम, अशुभ मुहूर्त अथवा पातकी एवम् दुर्भाग्यग्रस्त व्यक्तिबाट प्रदत्त छ भने त्यस्तो रत्न सर्वथा त्याज्य हुन्छ । यस्तो रत्न धारण गर्नाले सदैव हानिको आशङ्का रहन्छ । विभिन्न रत्नसँग सम्बन्धित जानकारी निम्नानुसार छन् :

माणिक्य : मिथुन लग्नका व्यक्तिको लागि माणिक्य शुभ हुँदैन । कन्या लग्नका जातकलाई माणिक्य धारण गर्नु हानिकारक हुन्छ । तुला लग्नका लागि माणिक्य अनुकूल हुँदैन । मकर तथा कुम्भ लग्न भएका जातकको लागि माणिक्यको प्रतिक्रिया कष्टप्रद रहन्छ । जातकले औँठीमा माणिक्यको साथ गोमेद, नीलम अथवा हिरा लगाउनु हुँदैन ।

मोतीवृष लग्न, सिंह लग्न, मकर लग्न, कुम्भ लग्नमा मोती धारण गर्ने जातकको लागि यो प्रतिबन्ध छ । अनुकूल ग्रह र लग्न भए तापनि उनीहरूले हिरा, पन्ना, नीलम या गोमेद धारण गर्नु हुँदैन ।

मुगावृष लग्न, मिथुन लग्न, कन्या लग्न, कुम्भ लग्न भएका व्यक्तिले मुगा धारण गर्दा अति कष्ट हुन्छ ।

पन्ना : मकर लग्न, कुम्भ लग्न, वृष तुला लग्न भएकाको लागि पन्नाले अनिष्ट गर्दछ । पन्नाको साथ कुनै पनि स्थितिमा मोती अथवा मुगा लगाउनु हुँदैन ।

पुष्पराज : मेष लग्न र मिथुन लग्न भएकाको लागि पुष्पराजले भीषण यातना (मृत्यु सम्म) दिन सक्दछ । कन्या लग्न, तुला लग्न, मकर एवम् कुम्भ लग्न भएकाको लागि पनि पुष्पराज धारण गर्नु शुभ फलदायक हुँदैन । पीतवर्ण भएको पुष्पराजको साथ कुनै पनि स्थितिमा हिरा या नीलम लगाउनु हुँदैन ।

हिरा : मेष लग्न भएका जातकले हिरा धारण गर्नाले प्राण संकटको स्थिति उत्पन्न हुन सक्दछ । अतः यस्ता मानिसको लागि हिरा धारण गर्नु अनुपयुक्त हुन्छ । कर्कटसिंह लग्नमा हिराले उनीहरूको जीवनमा अनेक प्रकारको विसङ्गती उत्पन्न गर्दछ । यदि वृश्चिक या धनु लग्नका जातकले हिरा लगाउने हो भने उनीहरूले अनेक प्रकारका आपतबाट आक्रान्त हुनुपर्दछ । अतः यस्ता व्यक्तिको लागि हिरा धारण गर्न निषेध गरिएको छ । मीन लग्न भएका व्यक्तिले भुलेर पनि हिरा धारण गर्नु हुँदैन । जुन व्यक्तिलाई हिरा धारणाको लागि स्वीकृति दिइएको छ उनीहरूलाई यो कुरामा सचेत गरिएको हुन्छ कि हिराको साथ माणिक्य, मोती अथवा पहेँलो पुष्पराज धारण नगर्नु । यस्तो रत्नको संयोग अमङ्गलकारी हुन्छ ।

नीलम: नीलम शीघ्र प्रभावी र सम्वेदनशील रत्न हो, जुन सर्वाधिक क्रुर ग्रह शनिसँग सम्बन्धित छ । यसले अनुकूल तथा प्रतिकूल दुबैमा आफ्नो प्रभावको चरम सीमा देखाउँदछ । ज्योतिर्विदका अनुसार नीलमलाई धारण गर्नुभन्दा अगाडि प्रयोगात्मक रूपमा यसको प्रभावको परीक्षा गर्नु पर्दछ । त्यसपछि अनुकूल सिद्ध भयो भने मात्र यसलाई धारण गर्न सकिन्छ ।

त्यस्ता व्यक्तिको लागि जसको जन्म कर्कट लग्नमा भएको हुन्छ । तिनीहरूले नीलम कहिल्यै पनि धारण गर्नु हुँदैन । नीलमले उनीहरूको लागि प्राण सङ्कटको स्थिति उत्पनन गर्दछ । सिंह लग्न भएका जातकले नीलम धारण गर्नाले सङ्कटको सीमामा पुग्न सक्दछन् । कन्या लग्नको लागि केही विद्वान्ले नीलमलाई वर्जित गरेको पाइन्छ जब कि केही अन्य ज्योतिषिले शनिको महादशामा यसलाई लगाउने स्वीकृति दिएका छन् । वृश्चिक लग्न भएका व्यक्तिको लागि पनि नीलम धारण गर्नु राम्रो हुँदैन । धनु लग्न भएकाको लागि नीलमले प्रतिकूल परिणाम दिन्छ । मीन राशिका जातकले नीलम धारण गरेमा अनेक प्रकारका अप्ठेरोमा पर्न सक्दछ । नीलमको साथामा कुनै पनि स्थितिमा मुगा, पहेँलो पुष्पराज, मोती अथवा माणिक्य लगाउनु हुँदैन । स्वभाव विरूद्ध ग्रहले नीलमको विपरीतता कहिलेकाँही घातक रूप धारण गर्दछ ।

गोमेद : जुन व्यक्तिको कुण्डलीको दोस्रो, सातौँ, आठौँ या बाह्रौँ भावमा राहु आसन जमाएर बसेको हुन्छ । त्यस्तोमा गोमेद धारण गर्नु कष्टकर सिद्ध हुन्छ । गोमेदको साथ मोती, मुगा, माणिक्य अथवा पहेँलो पुष्पराज धारण गर्न वर्जित गरिएको छ ।

लहसुनिया :  केतु रत्न लहसुनियाको सम्बन्धमा विभिन्न प्रकारका व्याख्या भएका छन् । जसको जन्म कुण्डलीमा केतु दोस्रो, सातौँ, आठौँ या बाह्रौँ भावमा राहु बसेको हुन्छ । तिनीहरूका लागि लहसुनिया धारण गर्न वजित गरिएको छ किनकि राहु र केतु दुबै छाया ग्रह हुन् । अतः प्रभाव एवम् निषेधको सङ्केत पनि दुबैको एक समान हुन्छ । यसप्रकार लहसुनियाको साथमा पनि गोमेद जस्तै मोती, मुगा, माणिक्य या पहेँलो पुरष्पराज धारण नगर्ने परामर्श दिइएको छ । यसप्रकार रत्नको प्रभाव शक्ति असन्दिग्ध छ तर त्यसको सुलभता र वास्तविकता सन्दिग्ध छ । यसको शुद्धतामा ठूला ठूला स्वर्णकार पनि आश्वस्त हुन सक्दैनन् । कारण आजको युग मिसावट, कृतिमता एवम् छद्मको हो । भौतिक विज्ञानको नृत्य नयाँ आविष्कारले यस्ता कृतिम रत्नको निर्माण गरेको हुन्छ कि त्यसको चमकदमकको अगाडि असली रत्न छायामा परेको छ ।

यो रूपश्री हेर्दा भलै मोहक किन नहोस्, त्यस दिव्य अलौकिक प्रभावको सृष्टि आंशिक रूपमा पनि गर्न सक्दैन, जुन प्रकृतिजन्य रत्नमा विद्यमान हुन्छ । कृत्रिम रत्न चाहे जति चम्किलो होस् त्यसले औषधीय प्रभाव एवम् सञ्जीवनी शक्ति दिन सक्दैन । दुष्प्रयोबाट यो मारक अवश्य बन्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Photographer with various Astrology Services Available!

X