मानिसले आफ्नो शारीरिक मानसिक विसङ्गति एवम् रोगलाई शमन गर्नको लागि प्राचीनकालदेखि नै प्राकृतिक वस्तु तथा वनस्पतिको उपयोग गर्दे आएको पाइन्छ । यसै परिप्रेक्षमा रोगअनुसार रत्नको प्रयोग निम्न प्रकार गर्न सकिन्छ ।

शरीरमा यूरिक अम्लको सन्तुलन बिग्रदा घूडा तथा जोर्नीमा श्वेत पदार्थ जमेर त्यसलाई निस्क्रिय बनाउादछ । यस्ता रोगीले उठ्न, बस्न, हिाड्डुल गर्न सक्दैनन् । ४५ वर्ष उमेर पुगेपछि यो रोग विशेष गरेर सक्रिय हुन्छ । यो बुढेसकालको अत्यन्त कष्टकारी रोग हो । ज्योतिषको मतअनुसार मिथुन, तुला तथा वृष राशि हुनेहरूका लागि यसको प्रभाव बढी देखिन्छ । मकर, कन्या, मीन, सिंह र शनि, राहु, मङ्गलको योग र दृष्टिबाट यो रोगको सम्भावना बढी हुने देखिन्छ । यदि राहुको योग छ भने यो रोग झन् सक्रिय रूपमा देखापर्दछ ।

नपुंसकता :
पुरुषमा शारीरिक शक्तिहीन एवम् यौन शक्तिको कमीले जननेन्द्रीय विकार उत्पन्न हुन्छ । जसले वीर्य निर्माण पर्याप्त तथा शुद्ध नहुनाले सन्तानोत्पत्तिमा बाधा हुन्छ । अत्यधिक थकान, तनाव र चिन्ताको कारणले पनि नपुंसता आउन सक्दछ । शारीरिक नपुंसकता १० प्रतिशत मानिसमा पाइदैन । एकदम कम नै यस्तो मानिसमा हुने गर्दछ । व्यक्ति स्वयम्को सोचबाट यो रोग उत्पन्न हुन्छ अतएव मनोचिकित्सकको सल्लाह लिनु धेरै उपयोगी हुन्छ । ज्योतिषशास्त्र अनुसार यदि पञ्चम तथा सप्तम भावमा पापी ग्रह बसेको छ, भने शुक्र ग्रह मङ्गल या सूर्यबाट दुषित छ अथवा सप्तम भावमा शनि र बुध छ भने र शनिको दृष्टि लग्न या सप्तम भावमा छ भने पनि नपुंसकता हुने सम्भावना हुन्छ ।


उपाय : यस्तो स्थितिमा शुक्र सम्बन्धी रत्न हिरा धारण गर्नु एकदम लाभकारी मानिएको छ । बृहस्पतिको रत्न पहोलो हो र पुष्पराज पनि यसमा अत्यन्त उपयोगी सिद्ध हुन्छ ।

डण्डिफोर आदि खटिरा

किशोरावस्थामा डण्डिफोरको उत्पत्ति रक्त विकारबाट हुन्छ । यसको कारण शरीरको रसायनको सन्तुलन बिग्रनु हो । यसबाट अनुहारमा डण्डिफोर, गााठा, दाग आदि उत्पन्न हुन्छन् । स्वेद ग्रन्थिबाट श्रावित हुने तत्त्व यस रोगको प्रमुख कारण हो । चिल्लोमा धुलो माटोको कण जम्मा भएर रोमग्रन्थिलाई बन्द गरिदिन्छ तथा विकार स्वरूप डण्डिफोरको उत्पत्तिको कारण बन्दछ ।
ज्योतिष मतानुसार यसमा शत्रु ग्रहको दृष्टि छ भने डण्डिफोरको योग बन्दछ ।


उपाय : जातकले शुद्ध चाादीको औाठीमा ८ देखि १० रत्तीको मुगा या ४ देखि ६ रत्तीको सही मोती लगाउनु पर्दछ, साथै कान्छी औालामा लाजवर्द धारण गर्नुपर्दछ । मुगा अनुकूल हुन सकेन भने केवल चाादीको औाठीलाई पनि धारण गर्न सकिन्छ ।


एड्स(AIDS)

वर्तमान समयमा एड्स सबैभन्दा घातक रोगको रूपमा देखापरेको छ । यसलाई अङ्ग्रेजीमा ब्क्ष्म्क् –ब्त्रगष्चभम क्ष्mmगलभ म्भाष्अष्भलअथ क्थलमचयmभ) भनिन्छ । यो एच.आइ. भी. नामक भाइरसको संक्रमितबाट सर्ने गर्दछ । यसमा रोगीको शरीर असाधारण रूपमा कमजोर हुने गर्दछ । हुन त सामान्य रूपमा कुनै लक्षण देखापर्दैन । यो रोग सिरिन्जबाट औषधी लिनाले, समलैंगिक मैथुन एवम् वेश्यागमनको कारण बढी फैलने गर्दछ । यो जन्मजात रोग होइन तर यदि गर्भवती महिलालाई एड्स छ भने उसको हुनेवाला बच्चामा पनि यो रोग हुन सक्छ ।

ज्योतिष मतानुसार यदि शुक्र अथवा मङ्गल वृष या वृश्चिक राशिमा छ तथा त्यसमा राहुको कुदृष्टि छ भने जातकलाई अवाञ्छित सम्पर्कबाट यो रोग सजिलै हुन सक्दछ । यदि जातकको लग्नमा स्थित मङ्गल या शनि चन्द्रमाको सिधा दृष्टि छ भने यो रोग हुने सम्भावना रहन्छ ।
उपाय : यस्ता जातकको लागि फीरोजा, मून स्टोन या जर्कन र नीलम पनि धारण गर्न सकिन्छ । रत्नको शुद्धता हुनु पर्दछ अन्यथा अनुकूल परिस्थिति प्राप्त गर्न सकिदैन ।

पेप्टिक अल्सर(Peptic Ulcer)

पेटको घाउमा कुनै प्रकारको घाउ चोट आदिबाट गुल्म बन्ने कारणले पेप्टिक अल्सरको उत्पत्ति हुन्छ । यो प्राय: ४० वर्ष उमेर पुगेका महिला पुरुषलाई हुने गर्दछ । सामान्यतया अत्यधिक धुम्रपान, मदिरा सेवन र नशाको लतबाट पनि पेप्टिक अल्सरको निर्माण हुन्छ । यसको अलावा अनियमित खानपान, उत्तेजना, घवराहट, चिन्ता अथवा ऐस्पिरियनयुक्त औषधीको प्रयोगबाट पनि पेप्टिक अल्सर हुन सक्दछ । यो रोगमा पेटको माथिल्लो भागमा दुखाई हुन्छ र खाना खाइसकेपछि निको हुन्छ । प्रारम्भिक अवस्थामा यसको लक्षण स्पष्ट हुादैन ।

ज्योतिष मतानुसार लग्नेश अथवा लग्नको शनि या मङ्गलको दृष्टिबाट बोधित हुादा यो रोगको उत्पत्ति हुने गर्दछ । यसको अतिरिक्त कर्कट अथवा कन्या राशिमा शनि या केतु आक्रान्त हुादा तथा सिंह राशिमा शनि राहुको युतिबाट पनि यस्तो हुन्छ ।

उपाय : जातकले यसको निराकरणको लागि पन्ना तथा नीलम क्रमश: बीचको साइाली औालामा धारण गर्नुपर्दछ । गम्भीर स्थितिमा रोगीले मुगा या माणिक्यको भस्म सेवन गर्न सक्दछन् । यसको अतिरिक्त उपायमा मून स्टोन, गोमेद, स्फटिक आदिलाई पनि धारण गर्न सक्दछन् । लाजवर्दलाई बीचको औालामा धारण गर्नु पनि हितकर मानिएको छ ।


दाँत एवम् गिाजाको रोग

गिजाको रोगबाट दाात खराब हुने गर्दछ । फलत: फोहोरले गिजा सुनिन्छ । यसले गर्दा रगत र पीप आउन थाल्दछ । यस्तो स्थितिमा दाातलाई नियमित सफा गर्नु अति आवश्यक हुन्छ ।
ज्योतिषशास्त्रको मतानुसार जातकको शुक्र र मङ्गल नीच भएको बेलामा विभिन्न प्रकारले दाातको रोग निको हुने गर्दछ । किनकि शुक्र र मङ्गलले दन्त विकार पैदा गर्दछ । कन्या लग्न तथा नीचको बृहस्पति मङ्गल या चन्द्र लग्नमा हुादा दन्त विकारको सम्भावना बढ्दछ ।
उपाय: बृहस्पतिलाई शान्त गर्नका लागि यसको रत्न पहोलो पुष्पराज या गोमेद धारण गर्नुपर्दछ ।

हृदय रोग: (heart problem)

हृदय रोग एक प्रकारले घातक मानिन्छ । विभिन्न प्रकारको रोग लागेका बिरामीलाई यसमा गनिन्छ । साधारणतया: हृदयघात, हृदयको गति बन्द हुनु या नशामा छिद्र हुनु र नलिमा रगत जम्नु आदि विभिन्न प्रकारका विषय यसैअन्तर्गत आउादछन् । हृदयघातको समयमा छातीको मध्यमा तीव्र पीडा हुन्छ तथा दुखाई कुम (हातको फेद) भन्दा माथि आएको प्रतीत हुनु यसको प्रमुख लक्षण हो । यो दुखाई लगभग आधाघण्टासम्म हुन्छ । यदि व्यक्तिलाई तुरून्त सुविधा हुन सकेन भने यो धेरै घातक सिद्ध हुन सक्दछ, वान्ता हुनु, शारीरिक शिथिलता हुनु तथा सास तान्दा समस्या हुनु यसका लक्षण हुन् । यस्तै भयो भने जातकलाई बेचैनी जस्तो हुन थाल्दछ । यस्तोमा तुरून्त चिकित्सा सुविधा उपलब्ध गराउनु पर्दछ अथवा कुनै उपयुक्त औषधी रोगीलाई दिनुपर्दछ । ज्योतिष मतानुसार यदि जातकको कुण्डलीमा सूर्य चन्द्रमामा राहुको कुदृष्टि छ भने ४०–४५ वर्षको उमेरमा यस्तो समस्या हुने गर्दछ । हृदयस्थलमा कर्कट र सिंह राशिको नियन्त्रण हुन्छ । जसका ग्रह क्रमश: चन्द्रमा र सूर्य हुन् । यदि राहुको साथमा मङ्गल पनि छ भने जातकले मादक पदार्थ सेवन गर्न थाल्दछ । जसबाट उसलाई छिट्टै नै शिकायत सुरू हुन थाल्दछ । यदि सूर्य या चन्द्रमाबाट दृष्टि बृहस्पति लग्नमा बसेको छ भने मोटाएर पनि हृदय रोग हुन थाल्दछ ।

उपाय : यस्ता जातकका लागि मुगा या पुष्पराज धारण गर्नुपर्दछ । यदि लाभ भएको अनुभव भएन भने पन्ना लगाउनाले लाभ प्राप्त हुन्छ ।


टाउको दुखाई (headache)

सामान्यतया: व्यक्तिले मानसिक थकान अथवा शरीरमा भएको कुनै अन्य खराबीले टाउको दुखेको शिकायत गर्दछ । यसलाई रोग मान्न सकिादैन । जब यो निरन्तर तथा समयवद्ध ढङ्गले हुन थाल्दछ भने यसको कारण ले रोगीको दिनचर्या प्रभावित हुन जान्छ । ऊ काम गर्नमा असक्षम हुन्छ । टाउको दुखेको कारणले तनाव, चिन्ता, राति निद्रा नलाग्ने, अति मैथुन एवम् घाममा हिाड्ने आदि हुन्छ । यसको कारणले आाखा कमजोर हुन्छ ।

ज्योतिषशास्त्रको मतानुसार यदि जातकको कुण्डलीमा चन्द्रमा लग्न पापी ग्रहबाट दृष्ट छ भने टाउको दुखाइको शिकायत हुन्छ । मङ्गल, राहु तथा सूर्य शनिको योग पनि यो रोगको कारण हुन्छ ।
उपाय : जातकले यस्तो अवस्थामा नीलम या पुष्पराज धारण गर्नु पर्दछ । नवरत्नको लकेट घााटीमा धारण गर्नुलाई सबैभन्दा उत्तम मानिएको छ । यसको अतिरिक्त माणिक्य, मोती या पन्ना पनि लगाउन सकिन्छ ।


दम

रोगहरूमा दमलाई सबैभन्दा बढी कष्टकारी मानिएको छ । दमको रोगी जीवनभर यसैको बिकार भइरहन्छ । प्राय: दम वंशानुगत हुन्छ । धुलोको कारणले युक्त फोहोर वातावरणमा पनि यसको कारण बन्दछ । यही कारण हो कि पत्थरको खानीमा काम गर्ने मजदूर विशेष गरेर यसको शिकार बनेको हुन्छ । स्वास नलीमा अवरोध हुनाले रोगीले सास तान्न नसक्ने हुन्छ तथा धेरै खोकीले दमको रोगीलाई प्रभावित पार्दछ ।
ज्योतिष मतानुसार अस्त या वक्री बुध अथवा नीच या शत्रु राशिको शनि दम रोगको कारक हो । यदि सिंह या कर्कट राशिमा शनिको उपस्थिति चौथो भावमा छ भने खानपानको असावधानीको कारण दम रोग हुने गर्दछ । मिथुन या सिंह राशिमा चन्द्रमाको उपस्थिति वक्री बुधले यसको प्रमुख संयोग बनाएमा सहयोग हुने गर्दछ ।
उपाय :
दमबाट पीडित व्यक्तिका लागि ६ रत्तीको मून स्टोन, ५ रत्तीको पुष्पराज ७ रत्तीको पन्ना धारण गर्नु पर्दछ ।


रगतको कमी

वर्तमान समयमा विश्वका अधिकांश देशमा मानिस दूषित वातावरण तथा दूषित भोजनको शिकार हुने गरेका छन् । फलत: शरीरमा पाचक रसायनको निर्माण प्रभावित हुनाले खाना पच्ने तथा रगत बन्ने प्रक्तिया कम हुने गर्दछ । यसैकारण शरीरमा रक्त कणिकाको कम हुन थाल्दछ । प्राय: महिलामा मासिक धर्मको समयमा धेरै रगत जाने कारण या दुर्घटना आदिमा लागेको चोटबाट रगत नोक्सान हुने हुादा यो रोग लाग्दछ । यसबाट व्यक्तिको अनुहार कालो एवम् कान्तिहीन हुन्छ ।

ज्योतिषशास्त्र मतानुसार सूर्य तथा शनिको पीडित अवस्थामा पाचन शक्ति कमजोर हुने हुादा रगत कम बन्दछ । मुख्य रूपले त्रिकोण भाव भएको ग्रहमा केतुको योग छ भने रगत बन्द हुन्छ । यसको अलावा वृष, कुम्भ तथा सिंह राशिमा राहु केतुको उपस्थितिले धेरै रगत बग्ने कारणले पनि यसको उत्पत्ति हुन्छ ।
उपाय : कुपित ग्रहको शान्तिका लागि ५ या ७ रत्तीको पुष्पराज सुन अथवा चाादीको औाठीमा लगाउनु पर्दछ ।


क्यान्सर(Blood cancer)

घातक रोगमा ब्लड क्यान्सरको गणना गर्ने गरिन्छ । विभिन्न औषधीले उसलाई क्षणिक आराम त दिन सक्दछ तर विषाक्त जीवाणु शरीरभित्र गएर रगतलाई दूषित पार्दछन् । यही दूषित रगतले क्यान्सरलाई जन्म दिन्छ । रोगीको रगतमा सेतो कणको मात्रा बढ्दछ तथा रातो कणिका बन्न अवरूद्ध हुन्छ ।
ज्योतिषशास्त्रका मतानुसार मङ्गल रगतको नियन्त्रक हो । मङ्गलमा शनि, राहु या केतुको दृष्टि रक्तदोषको कारण बन्दछ । तुलाको शनि र सूर्यले पनि रोगलाई प्रश्रय दिन्छ ।
उपाय : मङ्गलको रत्न मुगा धारण गर्नु विशेष लाभदायक हुन्छ ।

तालु खुइलिनु:


कपाल झर्ने रोग मानसिक चिन्ता या थकान आदिको कारणले हुने गर्दछ । चिकित्सा जगतमा यसलाई असाध्य रोग मानिएको छ । ज्योतिष मतानुसार सूर्य लग्न, तुला या मेष राशिमा छ र शनि दृष्ट छ भने सम्बन्धित रत्न धारण गर्नाले तालु खुइलिनुबाट मुक्ति पाउन सकिन्छ ।
उपाय : यसको लागि जातकले ८ रत्तीको नीलम या ५ रत्तीको पन्ना धारण गर्न सक्दछन् । पुष्पराज तथा माणिक्यलाई एकै साथ धारण गर्नाले पनि तालु खुइलिनुबाट मुक्ति पाउन सकिन्छ ।


मस्तिष्क विकार :

मानसिक सन्तुलन अव्यवस्थित हुने विभिन्न कारण पाइएको छ । रोगी विक्षिप्त जस्तो हुन्छ तथा आफ्नो होश गुमाउादछ । उसले अनैच्छिक क्रिया देखाउन थाल्दछ । यो रोग अत्यधिक चिन्ता, मानसिक आघात एवम् स्नायु विकारको कारणले हुने गर्दछ । कुनै व्यक्तिमा यो मादक पदार्थको सेवनबाट पनि हुने भएको पाइन्छ ।
ज्योतिष मतानुससार शनि, बुध तथा चन्द्रमा मानव मस्तिष्कको सञ्चालक हो । लग्नदेखि तेस्रो या नवौ भावले पनि मस्तिष्कलाई प्रभावित गर्दछ । मिथुन, कुम्भ र कन्या राशिको प्रभाव पनि मस्तिष्कमा पर्दछ । यी ग्रहबाट पीडित हुने या चन्द्रमासाग शनि अथवा राहुको दशा हुादा पनि यो विकार हुन सक्दछ ।

उपाय : पन्ना र पुष्पराज धारण गर्नाले मानसिक शान्ति पाइन्छ । साथै रातो मुगा सहायक रत्नको रूपमा धेरै हितकारी हुन्छ ।


Eye problem

यो आँखामा हुने एक प्रकारको गम्भीर रोग हो । प्रदूषित वातावरणमा रहने व्यक्ति खास गरेर यसको शिकार हुन्छन् । काठ या अन्य प्रकारका धूवायुक्त इन्धनमा खाना पकाउने महिलालाई पनि यो रोगले आफ्नो चपेटामा लिन्छ । यो रोगमा आँखाबाट निरन्तर पानी जस्तो थोपा खसिरहन्छ र दृष्टि धमिलो हुन्छ । नेत्र रातो भएर सुन्निन थान्दछ । गम्भीर रोगको स्थितिमा टाउको दुख्ने, पेट दुख्ने, वान्ता आउने लक्षण स्पष्ट देखिन्छन् । यो स्थिति यदि लामो समयसम्म रहने हो भने अन्धोसमेत हुन सक्दछ । ज्योतिष शास्त्रअनुसार यदि लग्नदेखि दोस्रो भावमा पापी ग्रह बसेको छ या त्यसको दृष्टि छ अथवा सूर्य र चन्द्रमा एकै अंशमा स्थित छन् भने यो रोग हुने आशंका रहन्छ ।
उपाय : यस्तो स्थितिमा मोती धारण गरेर लाभ प्राप्त गर्न सकिन्छ ।


चोटपटक(Accident)

सडकमा गाडीबाट या खेलकुदमा भाग लिनेलाई अक्सर कुनै न कुनै चोट लाग्ने गर्दछ । दुर्घटनाको कुनै समय निश्चित हुादैन, यो जहिले पनि हुन सक्दछ । सानोतिनो चोट त केही दिनमा ठीक हुन्छ तर गम्भीर चोट लाग्दा या फ्याक्चर हुादा सावधान रहनु आवश्यक छ ।
ज्योतिष मतानुसार चर लग्न तथा राशिका जातकलाई चोट लाग्ने प्रवल आशङ्का रहन्छ । लग्न अथवा दोस्रो भावमा राहु मङ्गलको युति हुादा पटकपटक दुर्घटनाको योग बन्दछ । लग्नको शनि माथिल्लो भागबाट लड्ने (खस्ने) कारक हो जबकि लग्नस्थ मङ्गल शिर र मस्तिकमा भाव चिन्हको सूचक हो । चन्द्रमादेखि केन्द्र या त्रिकोणको मङ्गल पनि दुर्घटनाको सूचक हो । यदि तेस्रो भावमा शनि मङ्गलको स्थिति छ भने बाहन तथा यात्रामा दुर्घटना हुुने योग बन्दछ । पञ्चम भावमा शनि सूर्य या शनि मङ्गलको युति छ भने हातपाई र मारपिटमा घाइते हुने आशङ्का रहन्छ । यदि चतुर्थ या अष्टम भावमा कुनै पापी ग्रह एकत्र छ भने धेरै दुर्घटना हुने योग बनाउादछ ।
उपाय : पुष्पराज या मुगा लगाउनाले पनि दुर्घटनाको सम्भावना कम हुन्छ । मुगा घाउ निको पार्नमा सहायक हुन्छ जबकि पुष्पराजले छालालाई सामान्य स्थितिमा ल्याउन मदत गर्दछ ।


शीत ज्वरो(cold Fever)

यो रोगमा पुरै शरीरमा कम्पनका साथै तीव्र ज्वरोको लक्षणलाई स्पष्ट देख्न सकिन्छ । यो मलेरिया ज्वरोको विकृत रूप हो । जुन मलेरियामा उचित उपचार नभएको कारणले हुन्छ । शरीरमा रातो रक्त कणको कम हुनाले शीत ज्वरो हुने गर्दछ । यसको अतिरिक्त टी.बी., एड्स तथा क्यान्सर आदि रोगको प्रारम्भिक लक्षण शीत ज्वरोको रूपमा नै प्रकट हुने गर्दछ । जुन जातकको चन्द्रमा लग्न या जन्म लग्न क्षीण छ त्यसलाई शीत ज्वरो हुने सम्भावना धेरै हुन्छ । मङ्गल र सूर्यको दुष्प्रभावले शप्त ज्वरोको योग्य बनाउादछ । छैठौा, आठौा तथा बाह्रौा भावमा बसेको बृहस्पतिले पनि यो रोगलाई बढाउादछ ।
उपाय : ७ देखि ८ रत्तिको माणिक्यलाई चाादीको औाठीमा धारण गर्नु लाभदायक हुन्छ ।


परागज ज्वरो :–

रुघा या एलर्जीको कारणले यो ज्वरो हुने गर्दछ । प्रदूषित वातावरणमा रहने तथा काम गर्नेलाई ज्वरोले धेरै सताउादछ । सर्दिमा यसको प्रकोप बढ्दछ । भोजनप्रति अरूचि हुनुका साथै शरीर कमजोर हुन थाल्दछ । नाक बन्द हुन्छ तथा स्नायुमण्डलको कार्य क्षमता कम हुन्छ ।

ज्योतिष मतानुसार औासीको आसपास उत्पन्न जातक यो ज्वरोबाट धेरै पीडित हुने गर्दछन् । यदि मकर, कुम्भ राशि या मङ्गल नीचको छ र बुध सूर्यको स्थिति कमजोर छ भने यो रोगले आफ्नो प्रभाव बढाउाछ । छैटौा या बाह्रौो भावमा शनि मङ्गलको योग पनि यो रोग कारक हुन्छ ।

उपाय : यस्ता जातकले रत्नको भस्म सेवन गर्नुपर्दछ । छ/सात क्यारेटको पन्ना तथा माणिक्य धारण गर्नाले पनि लाभ हुन्छ । श्वास नलिमा सानोसानो टुक्रा गिल्टीको रूपमा हुन्छ । यो शरीरको रोग प्रतिरोधक अङ्ग हो । जसले कीटाणुलाई नाकदेखि घााटीसम्म जानबाट रोक्दछ । यो प्राय: सानो बच्चालाई हुने रोग हो । बच्चालाई निरन्तर सर्दि भइरहने हुनाले यो गिल्टी सुनिन्छ । सुाघ्ने शक्ति कम हुन्छ । स्वाद कम तथा भोजनप्रति अरूचि हुने गर्दछ ।

ज्योतिष शास्त्र अनुसार वृष, तुला तथा वृश्चिक राशिमा जन्मेका या गोचर कालमा मङ्गलको उपस्थिति हुादा यो रोग हुने हुन्छ । शुक्र नीच राशिमा हुादा सप्तम भावमा, पापी ग्रहको स्थितिबाट तथा पूर्ण मङ्गल दोषको योग पनि यो रोगको कारक हो ।
उपाय : पुष्पराज अथवा सुनैला चोरी औालामा धारण गर्नु पर्दछ । मुगा या पुष्पराजलाई घााटीमा लकेट बनाएर पनि लगाउन सकिन्छ ।

एलर्जी(allergy)

एलर्जी खासगरेर सबैलाई कुनै न कुनै रूपमा हुने गर्दछ । यसमा खाने वस्तु विशेष प्रति अरूचि या मन नपर्दा हुने हुन्छ । यो कुनै पनि चिजबाट हुन सक्दछ । एन्टिवायोटिक औषधी, वासना, खुर्सानी, मसला आदि यस्ता धेरै वस्तु हुन्छन्, जुन एलर्जीको कारण बन्न सक्दछन् । खाद्यपदार्थबाट पनि एलर्जी हुन सक्दछ । यो रोगमा एक्जीमा, तीव्र ज्वरो, मूच्र्छा तथा टाउको दुख्ने लक्षण स्पष्ट देखिन्छ । ज्योतिष शास्त्र अनुसार यदि चन्द्रमा, बृहस्पति तथा सूर्य नीच राशिमा छन् या चन्द्रमा बलवान छन् तर राहु शनि साथमा छ भने एलर्जीको सम्भावना बढी रहन्छ ।

उपाय : यस्ता व्यक्तिले शीतल प्रकृतिको रत्न धाण गर्नुपर्दछ । उत्तम रङको माणिक्य वा पुष्पराज धारण गर्नु पनि हितकर हुन्छ ।


कुकुर खोकी:

कुकुर खोकी प्राय: बच्चालाई हुने रोग हो, जुन मौसम परिवर्तन तथा चिसो बढ्नाले हुने गर्दछ । यो सङ्क्रामक रोग हो । जुन अर्को बच्चामा पनि तुरून्त सर्ने गर्दछ । सामान्य उपचारबाट यो रोग १० देखि १५ दिनमा ठीक हुने हुन्छ । ज्योतिष मतानुसार यदि जन्म समयमा तुला या मिथुन राशिमा बुध आक्रान्त छ भने यो रोग हुन सक्दछ । यदि ज्वरो पनि छ भने मङ्गल यसको कारक हुन्छ ।


उपाय : बच्चालाई रातो कपडा र तामाको सिक्री कम्मरमा या घााटीमा धारण गराउादा राम्रो हुन्छ ।


स्मृति दोष:–

अत्याधिक डर त्रास या तनावपूर्ण परिस्थितिका कारण यो रोग हुन सक्दछ । यो एउटा विशिष्ट प्रकारको स्नायविक दोष हो । यसमा बितेका घटनाक्रम व्यक्तिलाई सम्झना हुादैन । यो दोष बढ्दै जाादा दिनचर्या तथा खानपानमा सन्तुलित गर्नु आवश्यक हुन्छ । ज्योतिष मतानुसार यदि लग्न या लग्नेशलाई पापी ग्रहले पीडित गरेको अथवा सूर्य, बुध मेष राशिमा शनि शुक्रबाट पीडित छ भने स्मृतिदोष हुने गर्दछ । मेष राशिमा सूर्य, मङ्गल तथा शनिको योग पनि यो रोगको एउटा कारक हो । शनिको महादशा या साढेसातीमा पनि यो रोगले पीडित गराउादछ ।


उपाय : मोती या माणिक्यलाई घााटीमा लकेट बनाई धारण गर्नु पर्दछ । एक हातमा ६ रत्तीको पन्ना तथा अर्कोमा ७ देखि ९ रत्तीको मुगा चाादीको औाठीमा धारण गर्नुपर्दछ । चाादी, सुन, तामा या मिश्रित धातुको बाला लगाउनुलाई पनि हितकारी मानिएको छ ।

सेतो दाग:–

चर्मरोगहरूमा सेतो दाग एक विशेष प्रकारको रोग हो । यस्तो स्थितिमा न त शरीरको आन्तरिक संरचनामा कुनै परिवर्तन हुन्छ न त कुनै प्रकारको कष्ट तर विस्तारै विस्तारै यो दाग शरीरमा फैलन्छ । हाम्रो शरीरमा मेलानिन नामक तत्त्वले छालाको रङ निर्धारण गर्दछ । यो तत्त्वको परिवर्तन हुादा नै यो रोग लाग्ने गर्दछ तर यो कुष्ट रोग भने होइन ।
ज्योतिष मतानुसार यदि चन्द्रमा, मङ्गल तथा शनिको युति मेष या वृष राशिमा छ भने यो रोग हुन्छ । यदि शनि बाह्रौा भावमा, मङ्गल दोस्रो भावमा, चन्द्रमा लग्नमा तथा सूर्य सप्तमस्थ छ भने यो रोग हुने गर्दछ । यदि कुनै पनि जल राशिमा चन्द्रमा एवम् शुक्रको योग छ, चन्द्रमा, मङ्गल या लग्नको स्वामी राहु केतु युक्त छ भने पनि सेतो दाग हुने सम्भावना रहन्छ । यदि बुध शत्रु राशिमा, अस्त या वक्री छ अथवा शुक्र नीच राशिमा अस्त, वक्री या शनि राहुको बीच छ भने पनि यो रोग हुन सक्दछ ।
उपाय : एक या दुई रत्तीको हिरा, ७–८ रतीको ओपल तथा ३ रतीको मोती धारण गर्नाले यसमा लाभदायक हुन्छ । विशेष प्रकारको रोगको परिस्थितिमा ४ देखि ७ रतीको पुष्पराज लगाउनु फाइदाजनक हुन्छ ।


मलेरिया (Malaria)

मलेरिया लामखुट्टेको टोकाइबाट हुने एउटा सामान्य रोग हो । गर्मी तथा वर्षाद्को मौसममा यो व्यापक रूपले फैलन्छ । रोगीलाई तीव्र चिसो हुनुका साथै तेजज्वरो आउादछ । यो रोगमा शरीर कमजोर हुन्छ । ज्योतिष मतानुसार यदि सूर्य तुला, मकर या धनु राशिमा छन् र मङ्गल कर्कट या वृश्चिकमा अथवा यी राशिमा दुवै ग्रहको गोचर छ भने यो रोग हुने प्रवल सम्भावना रहन्छ ।
उपाय : ५–६ रतीको शुद्ध मोती, ६,८ रतीको मून स्टोन या मुगामध्ये कुनै एउटा रत्न धारण गर्नु हितकर हुन्छ ।

एपेंडिसाइटिस (appendicitis)

प्रदाह तथा शोथको स्थितिलाई नै एपेंडिसाइटिस भनिन्छ । यो रोगमा तीव्र दुखाई हुन्छ । शरीरको क्रियाहीन भित्री अंग फुल्ने वा पाकेर फुट्नेसम्म हुन सक्छ । यो रोगको उग्र अवस्थामा पेटलाई फुलाउने खालको र ज्यानसम्म लिने पनि हुन सक्दछ । अत: शल्यक्रियाद्वारा निकाल्नु नै एकमात्र सफल उपचार हो । रोगीमा यसका विभिन्न प्रकारका लक्षण हुन्छन् ।
ज्योतिष मतानुसार मङ्गल यस रोगको प्रधान कारक हो । मङ्गल दूषित हुनु, कन्या, तुला तथा वृश्चिक राशिमा शनि र राहुको मङ्गलको साथ योग हुनु एपेंडिसाइटिस हुने सम्भावनालाई दर्शाउादछ । मेष, तुला तथा मकर लग्नका जातक यो रोगबाट धेरै पीडित हुने गर्दछन् ।
उपाय : यो रोगका बिरामीले साहिली औलामा पुष्पराज धारण गर्नुपर्दछ । रातो मुगा घााटीमा लगाउनुका साथै हिरा तथा माणिक्यलाई पनि धारण गर्न सकिन्छ ।


अदूरदृष्टि (Mepubia


जुन व्यक्तिले नजिकको वस्तु तथा टाढाको वस्तु अस्पष्ट देख्दछ भने त्यो अदूरदृष्टिको रोगी हुन्छ । यो रोग वंशाणुगत पनि हुन सक्दछ । डाक्टरको सल्लाहमा आाखामा चश्मा या कन्टेक्ट लेन्स बनाएर यो दोषबाट छुट्कारा पाउन सकिन्छ । ज्योतिष मतानुसार आाखासाग सम्बन्धित सबै रोगको कारक ग्रह सूर्य तथा चन्द्रमा मानिन्छ


उपाय : सेतो मोती, मून स्टोन या मुगा लगाएर यो रोगको प्रभावलाई कम गर्न सकिन्छ ।


बवासिर

यो रोगमा मलद्वारमा सानोसानो खटिरा निस्कन्छ । जुन मल त्याग गर्ने समयमा फैलन्छ । फलत: अत्यधिक दुखाई र कहिलेकाहीा रक्तस्राव पनि हुन्छ । लगातार कब्जियत भइरहनु यो रोगको प्रमुख कारण हो । यसको एकमात्र उपचार परहेज या शल्यक्रिया हो । ज्योतिष शास्त्र अनुसार कुण्डलीमा सप्तम भाव यसको कारक हो । यदि यस भावमा पापी ग्रह बसेको छ र मङ्गलको दृष्टि पनि छ भने बवासिर हुने निश्चित हुन्छ । वृश्चिक राशि पापग्रस्त हुनु पनि यसको एउटा कारण हो । अष्टम भावमा स्थित शनि र राहु, बाह्रौा भावको केन्द्र तथा चन्द्र र सूर्य योगले पनि बवासीरको आशङ्कालाई बढाउादछ ।
उपाय : यो रोगबाट बच्नको लागि सेतो मोती, मून स्टोन अथवा रातो मुगा धारण गर्नुपर्दछ ।

ब्रेन ट्यूमर(Brain Tumor)

आजको दौडधूप र तनावपूर्ण जीवनमा अति व्यस्तताको कारणले गर्दा मस्तिष्कभित्र गााठो जस्तो निस्कन्छ र त्यसले विस्तारै एउटा फोकाको रूप धारण गर्दछ । प्रारम्भमा यो रोगको कुनै लक्षण देखा पर्दैन । ट्यूमर बढ्दै जाादा शिरमा तिव्र पीडा, बेहोसी, वान्ता, चक्कर आउने आदि लक्षण हुन थाल्दछन । आाखाको अगाडि आध्यारो देखिन्छ । यसप्रकारको रोगी केवल शल्य चिकित्साबाट नै ठीक हुन सक्दछ । यसमा पनि उसको बााच्ने आशा कमै रहन्छ ।
ज्योतिष मतानुसार दिमागमा बुधको अधिकार रहन्छ । यदि बुधमा कुनै पनि पापी अथवा क्रुरग्रहको प्रभाव छ भने यसको सिधा असर मस्तिष्कमा पर्दछ । मेष राशिको शुक्र पनि ब्रेन ट्युमरको कारक हो । यदि मेषको मङ्गल पूरै पापी ग्रहको प्रभावमा छ भने यो रोग हुने सम्भावना रहिरहन्छ । मेष राशिमा शनि, राहु तथा केतुको योग पनि ब्रेन ट्यूमरको कारक हुन सक्दछन् ।
उपाय : हरियो पन्ना, पहोलो पुष्पराज तथा रातो मुगा यी तीनै रत्नलाई समान मात्रामा लकेट बनाएर पनि लगाउन सकिन्छ । रत्नको भस्म सेवन गर्नाले पनि यो रोगमा लाभ प्राप्त गर्न सकिन्छ ।


अनिद्रा (Insomnia)

आजको आधुनिक युगमा अधिकांश मानिसमा निद्रा नलाग्ने बिरामीले व्यापकता लिएको पाइन्छ । यदाकदा यस्तो हुनुलाई त सामान्य भन्न सकिन्छ तर लगातार अनिद्राको स्थिति रहिरहनु भनेको चिन्ताको विषय हो । चिन्ता तथा तनाव यसको प्रमुख कारण मानिन्छ । ज्योतिष मतानुसार निद्रामा शुक्रको अधिकार हुन्छ । यदि शुक्र पीडित भयो भने अनिद्राको शिकार हुन सक्दछ ।


उपाय : अनिद्रा निवारणको लागि फीरोजा, जर्कन, सेतो ओपल या मोती धारण गर्नु लाभदायक हुन्छ । पहोलो पुष्पराजलाई पनि लगाउन सकिन्छ । बाह्रौा भावको स्वामीको रत्न धारण गर्नु पनि हितकर मानिएको छ ।


जन्डिस (Jaundice)

जन्डिस रोगीको छाला तथा आाखा पहोलो रङको हुने गर्दछ । मूत्र पनि पहोलो रङको हुने गर्दछ । यो पित्ताशय तथा प्राकृतको कमजोरीले हुने गर्दछ । शरीरमा रातो रक्तकणको मात्रा कम हुनु ज्वरो, पेट दुख्ने आदि लक्षणले जन्डिस हुने सूचना दिन्छ । ज्योतिष मतानुसार जन्डिसको कारक ग्रह बृहस्पति हो । यदि शनि, राहु र केतु जस्ता पापी ग्रहको दृष्टि बृहस्पतिमा छ भने जन्डिस हुनु स्वभाविक हुन्छ । यदि सिंह र कन्या राशिमा राहु, केतु तथा बुध शनि या मङ्गलबाट दूषित छ भने पनि जन्डिस हुन सक्दछ । यदि चन्द्रको साथ चौथो, पााचौा तथा सातौा भावमा कमजोर ग्रह छ या औासीमा जन्म भएको छ भने सूर्य र चन्द्रमा बृहस्पतिको दृष्टि छैन अथवा लग्नमा राहु एवम् सप्तममा चन्द्र र केतुको योग छ भने पनि जन्डिस हुने योग बन्दछ ।
उपाय : पन्ना ६ रत्ती, गाढा रातो मुगा ८ रत्ती, पहोलो पुष्पराज ५ रत्ती, औाठी या लकेट निर्माण गरेर धारण गर्ने हो भने जन्डिसबाट सुरक्षा हुन सक्दछ ।

क्यान्सर(cancer)

क्यान्सर एउटा असाध्य रोग हो, जुन शरीरको कुनै पनि भागमा हुन सक्दछ । खास गरेर पुरूषमा मुखको र महिलामा गर्भाशयमा भएको क्यान्सर सर्वाधिक पाइएको छ । शरीरभित्र कुनै पनि भागमा अवाञ्छित ग्रन्थि निस्कन्छ । जुन कहिलेकाहीा रोगको उग्रावस्थामा फुटेर बाहिर निस्कन्छ । यो रोगमा मुखभित्र यस्तो घाउ निस्कन्छ, जुन कहिल्यै पनि निको हुादैन । यसको अतिरिक्त अपच, वान्ता, भोजन निल्न नसक्नु, आवाजमा परिवर्तन आउनु आदि लक्षण देखिन्छ ।
ज्योतिष मतानुसार चन्द्रमा कुनै पनि राशिको छैटौा, आठौा या बाह्रौा भावमा छ तथा त्यसमा तीन पापी ग्रहको दृष्टि छ भने निश्चित रूपले क्यान्सर मानिन्छ । यदि शनि र बृहस्पति कर्कट या मकर राशिमा छ भने जहिले पनि क्यान्सर हुने सम्भावना रहन्छ । यदि शनि, केतु र बृहस्पतिमा नीच चन्द्रमा या नीच राशिमा मङ्गलको पूर्ण दृष्टि छ बृहस्पति, केतु र शुक्रको कुनै पनि राशिमा योग छ अथवा चन्द्रमा, केतु, शनि तथा चन्द्रमा, केतु, मङ्गल या चन्द्रमा राहु कहीा पनि एकैसाथ बसेका छन् भने क्यान्सर हुने योग बन्दछ । यसको अतिरिक्त छैटौा भावमा स्थिर राशिको मङ्गल तथा यसै भावमा द्विस्वभाव राशिका शनि पनि क्यान्सरको कारक मानिएको छ ।
उपाय : बीचको औालामा सुनको या तामाको औाठीमा माणिक्य अथवा साहिाली औालामा नीलम धारण गर्नुपर्दछ । क्यान्सरको शल्यक्रियाको उपरान्त ५ देखि ७ रतीको पुष्पराज र ६/८ रतीको मुगा लगाउनाले पनि लाभ हुन्छ ।


छारे रोग:–

यस रोगमा रोगीलाई मूर्छा पर्ने र केही बेरको छटपटहट पछि होश आउने हुन्छ । अत्यधिक मदिरापान, गहिरो चोट आदिले मस्तिष्कमा प्रभाव पारेको हुन्छ तथा भावनात्मक असन्तुलन यो रोगको प्रमुख कारण हो ।
ज्योतिष मतानुसार कमजोर लग्नेश मेष, सिंह या धनुका जातकलाई यो रोगले धेरै सताउने गर्दछ । मस्तिष्कको स्वामी मेष हो साथै बुध र चन्द्रले पनि मस्तिष्कलाई प्रभाव पार्दछन् । चन्द्र, बुध, राहुबाट पीडित हुादा तथा केतुसाग चन्द्रमा बुधको योग हुादा यो रोग हुने गर्दछ ।
उपाय : यो रोगको निवारणार्थ पन्ना र मून स्टोन लगाउनु पर्दछ साथै लग्नेशको रत्न धारण गर्नुलाई पनि हितकारी मानिएको छ ।


पत्थरी (stone cancer)

पित्ताशयमा प्राय: अत्यन्त सूक्ष्म आकारको ढुङ्गा जम्मा हुने गर्दछ जुन शरीरमा भएको कोलेस्ट्र्रोल तथा चूनको अंश हो । यो नै पत्थरीको कारण बन्दछ । रोगको उग्रावस्थामा पेट दुख्ने, वान्ता आउने आदि लक्षण हुन्छन् । पित्ताशय सुन्निने र पाचन शक्ति कमजोर हुने हुन्छ । शल्यक्रियाद्वारा नै यो रोगबाट मुक्ति पाउन सकिन्छ ।
ज्योतिष मतानुसार यदि लग्न या सातौं भावमा पापी ग्रह या नीच राशिको छ भने यो रोगले धेरै सताउादछ । कर्कट राशिमा शनि तथा मकर राशिमा धेरै ग्रह बसेका छन् भने पनि पत्थरी हुने प्रबल सम्भावना रहन्छ ।
उपाय : यो रोगबाट छुट्कारा पाउनका लागि नीलो पुष्पराज, रातो मुगा तथा मून स्टोन धारण गर्नुपर्दछ । दुखाई कम भएन भने माणिक्य या मोती धारण गर्नु यसको निवारणमा सहायक हुन्छ ।


मोतीबिन्दु (cataract)

यो रोगले प्राय : प्रौढ तथा बृद्धालाई हुने गर्दछ । यसमा आाखाको पुतलीमा एउटा पातलो जालो देखिन्छ । यस्तो स्थितिमा सबै चीज धमिलो हुन्छ । एउटा सानो तथा सामान्य अप्रेशनले यसबाट छुटकारा पाउन सकिन्छ ।
ज्योतिष मतानुसार वृष र मीन राशिले क्रमश: दायाा र बायाा आाखाको प्रतिनिधित्व गरेको हुन्छ । यदि छैटौा, आठौा या बाह्रौा भावमा शुक्र र बृहस्पति एकैसाथ बसेका छन् भने मोती बिन्दु हुने निश्चित मानिएको छ । यदि मङ्गल, बृहस्पति तथा शुक्र एकैसाथ कहीा पनि बसेका छन् भने पनि कालो या सेतो मोतीविन्दुको सम्भावना हुन्छ ।
उपाय : पन्नाले आाखाको ज्योति बढाउादछ र मोतीले गुमेको ज्योतिलाई प्राप्त गर्नमा सहायक बन्दछ । रोगको उपचारको समयमा माणिक्य धारण गर्नु, गर्मीमा माणिक्यको ठाउामा रातो मुगा लगाउनु, मोती तथा पन्ना ५, ७ रतीको एउटै औाठी या लकेटमा धारण गर्नु लाभदायक हुन्छ ।


मधुमेह (diabetes)

मधुमेह एउटा वंशाणुगत रोग हो तर अधिकांश मामिलामा यो रोग लागेपछि पूर्णरूपमा निको हुने सम्भावना कम हुन्छ । औषधीको माध्यमबाट यसलाई केवल नियन्त्रणमा राख्न सकिन्छ । शरीरमा जब इन्सुलिनको कमी हुन्छ, तब यो रोग हुन्छ । लामो समयसम्म यो रोग लागेको थाहा पनि हुादैन ।
ज्योतिष मतानुसार यदि कर्कट, वृश्चिक या मीन राशिमा दुई या धेरै पापी ग्रह छन् भने मधुमेहको सम्भावना हुन्छ । यदि बृहस्पति लग्नेशको साथ छैटौा भावमा छ या तुला राशिमा धेरै पापी ग्रह छन् भने पनि मधुमेह हुने आशङ्गा हुन्छ । दूषित शुक्र र चन्द्रमाले पनि मधुमेहको सङ्केत गर्दछ । चन्द्र, शुक्रमा मङ्गल सूर्यको योगले पनि मधुमेहको सम्भावना व्यक्त गर्दछ । यदि छैटौ भावको स्वामी अष्टममा र अष्टमको स्वामी छैटौा भावमा छ भने पनि मधुमेह हुन सक्दछ ।
उपाय : मधुमेह निवारणको लागि लग्नेशको रत्नधारण गर्नु उपयोगी हुन्छ । रातो मुगा तथा पहोलो पुष्पराज लगाउनुलाई पनि कल्याणकारी मानिएको छ ।

हिस्टेरिया

हिस्टेरिया हुादा व्यक्ति स्वयम् नियन्त्रणमा हुादैन । उसले नानाप्रकारको हरकत गर्न थाल्दछ । यो एउटा मानसिक रोग हो जसमा रोगी अन्तत: बेहोस हुन्छ । यो रोग लाग्नुभन्दा अगाडि कुनै पनि प्रकारको लक्षण देखिादैन । रोगीलाई यसको असर जहिले पनि हुन सक्दछ ।
ज्योतिष मतानुसार चन्द्र, बुध र शनिले स्नायुतन्त्रमा प्रभाव पार्दछन् । लग्नेशदेखि पञ्चम तथा नवम भावले पनि मस्तिष्कलाई प्रभावित गर्ने गर्दछ । यदि लग्न पञ्चम या नवम भावमा पापी ग्रह छ भने जातकलाई हिस्टेरिया हुने आशंका रहन्छ ।
उपाय : लग्नेशको रत्नको साथै पुष्पराज धारण गर्नाले रोगको तीव्रतामा अङ्कुश लाग्दछ । यो रोगमा मून स्टोन तथा मोती लगाउनु पनि उत्तम मानिन्छ ।

High blood pressure

आजको तनावपूर्ण तथा भागदौडको युगमा यो रोग लगभग धेरै मानिसमा देखापरेको छ । तनाव, अत्यधिक परिश्रम, क्रोध आदिका कारण रक्तचापको स्तर तुरून्त बढ्दछ र हेर्दाहेर्दै यो बिरामीले घातक रूप धारण गर्दछ । सामान्यतया यो रोगको कुनै लक्षण स्पष्ट देखिादैन तर रक्तचाप धेरै बढेका कारण टाउको दुख्ने, मुच्र्छा पर्ने तथा श्वास प्रश्वासको लक्षण देख्न थालिन्छ । यो रोग वंशाणुगत पनि हुन सक्छ ।
ज्योतिष मतानुसार हृदयको कारक चन्द्रमा हो । यदि कर्कट राशिमा सूर्य, शनि, चन्द्र, राहु या मङ्गलले युक्त छ भने कुनै अन्य रोगको कारण उच्च रक्तचाप हुन सक्दछ । मिथुन राशिमा पापी ग्रह छ भने पनि उच्च रक्तचापको कारण बन्दछ । चन्द्रमा शनि र राहु केतुको योगले पनि रक्तचापलाई अनियन्त्रित गरिदिन्छ । यदि दुई या त्योभन्दा बढी पापी ग्रह मिथुन, कर्कट, सिंह, कन्या या कुम्भ राशिमा एकत्र भएका छन् भने पनि रक्तचाप हुन सक्दछ ।
उपाय : यो रोगबाट बच्नको लागि लग्नेशको रत्न धारण गर्नु पर्दछ । ८/९ रत्तीका रातो रङ शुद्ध मुगा धारण गर्दा शुभ हुन्छ । सहायक रत्नको रूपमा पन्ना, मोती र मून स्टोन भिन्ना भिन्नै औालामा लगाउनु पनि हितकारी हुन्छ ।


पक्षाघात

पक्षघात स्नायुतन्त्रमा उत्पन्न हुन्छ । रक्त वाहिनीमा दोषको कारण जव शरीरका कुनै अङ्गलाई रक्त आपूर्तिमा बाधा पर्दछ भने त्यो अङ्ग शिथिल भएर बेकारको हुन्छ । यस्तो अवस्थामा व्यक्ति अपाङ्ग भएर जीवन व्यतित गर्न बाध्य हुन्छ । बृद्धावस्थामा यो रोग हुनु स्वभाविक हो तर अपवाद, अत्यधिक तनाव तथा मानसिक चिन्ताको कारण अन्य व्यक्तिलाई पनि पक्षघात हुन सक्दछ ।
ज्योतिषको मतानुसार स्नायुमण्डलको सञ्चालक ग्रह बुध हो । यो कुपित भएको बेलामा जातक पक्षघातबाट पीडित हुन्छ ।
उपाय : पक्षघात कम गर्नका लागि मुगा तथा माणिक्य धारण गर्नु राम्रो हुन्छ । अतिरिक्त रत्नको रूपमा मून स्टोन पनि लगाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Photographer with various Astrology Services Available!

X