ज्ञान-विज्ञानको शुभारम्भ गर्ने समयमा सर्वप्रथम ईश्वरको स्मरण गर्ने गरिन्छ । यही विज्ञान अथवा कला जब अध्यात्मसँग सम्बन्धित हुन्छ तब मानव मात्रको लागि कल्याणकारी हुने गर्दछ । कुनै पनि विज्ञान तथा कला जुन अध्यात्मबाट शून्य हुन्छ भने त्यो कोरा तथा सुख्खा कला हुन्छ जुन सुकेको काठ जस्तै हुन्छ ।

मिश्रका मानिस विज्ञान तथा कलामा निपूणर् हुनुका साथै आध्यात्मिक प्रवृत्तिका हुन्छन् । उनीहरूमा जडीबुटीको राम्रो ज्ञान थियो । उनीहरूले विद्युत् चुम्बकका साथै भूमध्य रेखाको प्रभावलाई पनि राम्ररी बुझेका थिए । धेरै समयसम्म यहाँका मानिसहरू अग्निको उपासक पनि रहे । ग्रीक भाषामा अग्निलाई एबथबचयभनिन्छ । उनीहरू अग्निलाई ऊर्जाको रूपमा मान्दछन् । उनीहरूको घरमा बेकरी आदि घरेलु प्रचलन पनि थियो । अतः उनीहरूलाई अग्निबाट उत्पन्न हुने ऊर्जाकोपनि राम्रो ज्ञान थियो । त्यसैले उनीहरूले ‘अग्नि+मध्यमा’को सिद्धान्तबाट प्रेरित भएरपिरामिडको संरचना गरे जसको अर्थ हुन्छ payaro अग्नि तथा omid आकारहुन्छ ।

अनुसन्धानबाट थाहा पाइन्छ कि कसरी पिरामिडको विद्युत् चुम्बकीय शक्ति केन्द्रिभूत भएर भित्र राखिएको पदार्थलाई संरक्षण गरेको छ । ठीक त्यसैप्रकार अग्नि पात्रमा पनि त्यही शक्ति अन्तरिक्षमा निर्मित हुने प्रचण्ड शक्तिको विकेन्द्रिकरण भएरत्यसलाई वायुमण्डलमा प्रसारित गर्दछ । जसबाट वातावरण शुद्ध एवं प्रदूषणरहित हुन्छ । नेपाली संस्कृतिमा यशको विधान पनि ठीक भवन या कक्षको मध्य जहाँ ब्रह्रमस्थान हुन्छ त्यहीं गरिने परम्परा छ, सम्भवतः यो मध्य अग्निको विधान वैदिक कालदेखि मिश्रका मानिसहरूले स्वीकार गरेका रहेछन् । इजिप्ट (मिश्र) मा पिरामिड एउटा विशेष माप तथा अनुपातले बनाइएको छ । जसलाई यदि उत्तर-दक्षिण दिशामा राख्ने हो भने खाद्य पदार्थलाई धेरै दिनसम्म सुरक्षित राख्न सकिन्छ ।

नेपालीमा अध्यात्म विज्ञान एवं कलाको अदभूत् संगम छ । नेपालमा कुटी बनाउने प्रचलन आदिकालदेखि चलिआएको छ । ऋषि-मुनि वन तथा जङ्गलमा साधना गर्नको लागि कुटी बनाउँदथे, ठीक त्यस्तै पिरामिड बनाउने गर्दथे । हवनकुण्डलाई यदि उल्टो पारेर राख्ने हो भने त्यो पनि पिरामिडको एउटा उदाहरण हुन्छ ।

हवनबाट वातावरण प्रदूषणमुक्त हुन्छ । साथसाथै हवन कुण्ड तामाको हुन्छ किनभने तामाको साइडको आकार ठीक पिरामिड जस्तै हुन्छ ।

पिरामिडाकार कुटीमा विचित्र शक्तिहरूले भ्रमण गर्दछन् । मानसिक रूपलेअशक्त भएको व्यक्ति पनि ऋषिमुनिसँग गएर कुटीमा बस्नासाथ शान्तिको अनुभव गर्दथे । यतिमात्र नभएर, कुटी अथवा पिरामिडभित्र बस्ने, सुत्ने तथा साधना गर्नालेसमय अनुकूलको वातावरण निर्मित हुन्छ । त्यहाँ बस्नाले टाउको दुखेको तुरुन्तैनिको हुन्छ । रोगीले चाँडै स्वास्थ्य लाभ प्राप्त गर्दछ तथा मोटो मानिसको भार पनि सन्तुलित हुने गर्दछ । बिरूवामा पनि पिरामिडको प्रभाव पर्दछ तथा त्यो चाँडै बढ्न थाल्दछ । खाद्य पदार्थ तथा जल पनि प्रदूषित हुँदैन ।

नेपालमा यो आवश्यक छ कि भौतिक वैज्ञानिक अनुसन्धानको अतिरिक्त पिरामिड आकारको भवनमा जुन अन्तरिक्षको अलौकिक शक्तिलाई आफुमा सजाएरराख्ने क्षमता हुन्छ त्यसमा पनि गहन अनुसन्धान गरिनुपर्दछ जसबाट पिरामिड तथा कुटीको निर्माणद्वारा प्राणीहरूको कल्याणको लागि वास्तुशास्त्र र त्यसमा लुकेररहेको मूलतत्वलाई जान्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Photographer with various Astrology Services Available!

X