भूमि गुणवत्ता विचार भवन निर्माण सुरु गर्नु अघि गर्ने महत्त्वपूर्ण चरण हो। सही भूमिको छनोट र परीक्षणले भविष्यमा घर, मन्दिर वा अन्य संरचनामा आउने सुख-दुःख निर्धारण गर्छ। वास्तुशास्त्रमा भूमिको गुण चार मुख्य आधारमा जाँचिन्छ– माटोको रंग, घाँस वा बोटको प्रकार, गन्ध र रस।

१. माटोको रङ्ग अनुसार भूमिको गुणवत्ता
वास्तुशास्त्रमा माटोको रङ्ग चार प्रकारमा विभाजन गरिएको छ, जसले भविष्यको फल संकेत गर्दछ।
-
सेतो माटो (ब्राह्मण भूमि) – शुभ, शान्ति र ज्ञान वृद्धि दिने।
-
रातो माटो (क्षत्रिय भूमि) – बल, प्रतिष्ठा र राज्य प्राप्तिमा सहयोगी।
-
हरियो माटो (वैश्य भूमि) – धन, धान्य र व्यापारिक लाभ दिने।
-
कालो माटो (शूद्र भूमि) – त्याग गर्नुपर्ने, अशुभ र समस्या निम्त्याउने।
२. घाँस र वनस्पति अनुसार भूमिको गुणवत्ता
माटोमा उब्जिएको बोटबिरुवाबाट पनि भूमिको गुण थाहा पाइन्छ।
-
कुशयुक्त भूमि – धार्मिक र आध्यात्मिक कार्यका लागि उत्तम।
-
मुञ्जयुक्त भूमि – सामान्यतया मध्यम फलदायी।
-
कुश–काशयुक्त भूमि – शुभ र स्थिर।
-
सर्वप्रकारको घाँसयुक्त भूमि – सामान्य वा मध्यम मानिन्छ।
३. गन्ध अनुसार भूमिको पहिचान
भूमिको गन्धले पनि यसको फल जनाउँछ।
-
सुगन्धयुक्त भूमि (ब्राह्मण) – शान्ति र समृद्धिदायी।
-
रक्तगन्धयुक्त भूमि (क्षत्रिय) – बल र प्रतिष्ठादायी।
-
अन्नगन्धयुक्त भूमि (वैश्य) – धन, धान्य र कृषियोग्य।
-
गन्धहीन वा दुर्गन्धयुक्त भूमि (शूद्र) – अशुभ, कष्टकारक।
अरू पनि पढ्नुस्
४. रस अनुसार भूमिको मूल्याङ्कन
भूमिको स्वाद वा रस छुन र चाखेर पनि गुण निर्धारण गरिन्छ।
-
मधुर रसयुक्त भूमि (ब्राह्मण) – सुख र शान्ति दिने।
-
कषाय रसयुक्त भूमि (क्षत्रिय) – बल र साहस दिने।
-
अमिलो रसयुक्त भूमि (वैश्य) – कृषि र सम्पत्ति वृद्धि गर्ने।
-
कडुवा वा नीरस भूमि (शूद्र) – अशुभ र त्यागयोग्य।
भूमि गुणवत्ता विचार पुरानो परम्परा मात्र नभई वैज्ञानिक दृष्टिले पनि महत्वपूर्ण छ। माटोको रङ्ग, बोटबिरुवा, गन्ध र रसको आधारमा शुभ-अशुभ निर्धारण गरेर मात्र भवन निर्माण गर्दा दीर्घकालीन शान्ति, समृद्धि र स्वास्थ्य लाभ प्राप्त हुन्छ।