भवन निर्माण अघि भूमिको सुधार जस्लाई (भूमिको शल्योद्धार पनि भनिन्छ)  गरिने एक महत्वपूर्ण प्रक्रिया हो । भूमिको शल्योद्धार गर्दा भूमिगत लुकेका अशुभ तत्व, हड्डी, कपाल वा दूषित पदार्थ हटाइन्छ, जसले भवन बनेपछि आउने रोग, बाधा र कष्ट कम गर्छ। वास्तुशास्त्रका प्राचीन ग्रन्थहरूमा भूमिको शल्योद्धारका विभिन्न विधिहरू उल्लेख छन्।

भूमिको शल्योद्धार

१. भूमिको शल्योद्धार को महत्व

भवन निर्माण गर्दा केवल दिशा र मापन मात्र हेरेर बनाउँदा पर्याप्त हुँदैन। यदि भूमिमा शल्य रह्यो भने त्यो गृहस्वामी र परिवारका लागि कष्टकारक बन्न सक्छ।

२. भूमिगत शल्य पहिचान गर्ने तरिका

वास्तुशास्त्र र ज्योतिष अनुसार भूमिमा शल्य छ कि छैन भन्ने थाहा पाउन विभिन्न संकेत प्रयोग गरिन्छ:

 

अरू पनि पढ्नुस्

वास्तु अनुसार दिशा पत्ता लगाउने सही तरिका

३. शल्योद्धार गर्ने विधि

भूमिको शल्य हटाउन प्राचीन समयमा निम्न विधिहरू प्रयोग गरिन्थे:

  1. गृहस्वामीको उचाइ बराबर गहिरो खाल्टो खन्ने।

  2. त्यसबाट निकालेको दूषित माटोलाई फ्याँक्ने र प्रयोग नगर्ने।

  3. त्यही स्थानमा नयाँ शुद्ध माटो भर्ने।

यदि भूमिको शल्य १० फिटभन्दा तल छ भने, आधुनिक वास्तुशास्त्रमा यसलाई हानिकारक मानिँदैन।

४. शल्योद्धारपछि भवन निर्माणको लाभ

भूमिको शल्योद्धार भवन निर्माण अघि गर्नाले भूमिगत अशुभ तत्व हटेर घर र परिवारको जीवनमा शान्ति र समृद्धि ल्याउँछ। वास्तुशास्त्र अनुसार, शल्य हटाइएको भूमिमा निर्माण गरिएका घरहरू दीर्घकालीन रूपमा सुख र शान्तिको प्रतीक मानिन्छन्।

नेपालको बेस्ट ज्योतिषी एप्प: meronepal.app

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Photographer with various Astrology Services Available!

X