भान्साघर प्ष्तअजभल घरमा भान्साघरको निर्माण आग्नेय कोणमा गर्नुपर्दछ । यदि आग्नेय कोणमा भान्साघर बनाउन सम्भव हुँदैन भने पश्चिम दिशामा पनि बनाउन सकिन्छ । भान्साघरको लम्बाइ एवं चौडाइको गुणन फलमा नौले गुणा गरेर आठले भाग गर्दा शेष दुई आउनुपर्दछ ।

भान्साघरसम्बन्धी वास्तु सिद्धान्त एवं वास्तुदोष निवारण
- भान्साघरलाई आठ दिशा एवं विदिशामा विभाजित गरेर यस्तो व्यवस्था मिलाउनु पर्दछ चुलो भान्साघरको आग्नेय कोणमा हुनुपर्दछ ।
- ईशान कोणमा चुलो राख्न वर्जित गरिएको छ यस्तो गरियो भने अर्थहानि हुनुको साथै वंश-वृद्धि रोकिन्छ ।
- यदि निर्मित घरमा चुलो ईशान कोणमै राखिएको छ भने त्यसलाई स्थान परिवर्तन गरेर आग्नेय कोणमा स्थापित गर्नुपर्दछ ।
- स्थान परिवर्तन गर्न सम्भव छैन भने एवं चुलो स्ल्याबमा राखिएको छ भने स्ल्याबको भुइँमा तामाको पानीले भरिएको ठूलो जलपात्र सँधैं राख्नुपर्दछ र त्यसमा प्रत्येक दिन बिहान बेलुका पानी बदलिरहनु पर्दछ । भोजन बनाइसकेपछि त्यो स्थान तुरन्तै सफा गर्नुपर्दछ । आग्नेय कोणमा एउटा बल्ब बालेर राखनुपर्दछ जसमा रातो रङ्गको कभर हुनुमा राम्रो । यदि चुलो भुइँमा राखिएको छ भन जलपात्र चुलोको नजिकै राख्नुपर्दछ ।
- ईशान कोण या उत्तर दिशाको अतिरिक्त कुनै अन्य कोण अथवा दिशामा चुलो राख्नाले कुनै हानि हुँदैन परन्तु आग्नेय कोणमा लसम्बन्धी काम हुन्छ भने अवश्य हानि हुन्छ । भन्नुको मतलव यो हो कि आग्नेय कोणमा अग्निसम्बन्धी काम भएन भने अग्निभय सम्भव हुन्छ । अतः आग्नेय कोणमा अग्निसम्बन्धी काम हुनु आवश्यक हुन्छ । यदि आग्नेय कोणमा अग्निसम्बन्धी काम जस्तो विद्युत् उपकरणको सञ्चालन आदि भइरहेको छ भने चुलो ईशान या उत्तरको अतिरिक्त जता पनि राख्न सकिन्छ ।
- यदि भोजन गर्ने व्यवस्था पनि भान्साघरमा नै हुन्छ भने त्यस्तो भान्साघर पश्चिमतर्फ हुनुपर्दछ ।
- भान्साघरमा गहु्रङ्गो सामान, भाँडा आदि दक्षिणी भित्तातर्फ राख्नुपर्दछ ।
- भान्साघरमा पिउने पानी ईशान कोणमा अथवा उत्तर दिशामा राख्नुपर्दछ ।
- भान्साघरमा टाँड आदि दक्षिणी एवं पश्चिमी भित्तामा नै बनाउनुपर्दछ परन्तु आवश्यकताअनुसार चारै भित्तामा पनि बनाउन सकिन्छ ।
- भान्साघरमा फ्रीज पनि राख्ने हो भने त्यसको लागि आग्नेय दक्षिण, पश्चिम अथवा उत्तर दिशामा राख्नलाई उचित मानिएको छ । यसलाई नैऋत्य कोणमा राख्नु हुँदैन नैऋत्य कोणमा राखियो भने त्यसले खराब हुन्छ ।
भोजन कक्ष
आजकाल घरमा भोजनकक्ष बनाउने पनि प्रचलन छ । भोजन कक्षका लागि वास्तुशास्त्रअनुसार पश्चिम दिशा उपयुक्त हुन्छ । भोजन कक्षको व्यवस्था भान्साघरको पश्चिम दिशातर्फ पनि बनाउन सकिन्छ ।

भोजनकक्षको सम्बन्धमा वास्तुको सिद्धान्त
- भान्साघरभित्र नै भोजन गर्ने व्यवस्था छ भने त्यस्तो व्यवस्था भान्साघरको पश्चिम दिशातर्फ हुनुपर्दछ ।
- भोजन कक्ष घरको पश्चिम दिशामा भयो भने असीम सुख, शान्ति एवं सन्तोष प्राप्त हुने गर्दछ ।
- भोजन कक्ष पश्चिम दिशाको अतिरिक्त कुनै अन्य दिशामा बनेको छ भने त्यो कक्षमा पश्चिमतर्फ बसेर भोजन गर्नुपर्दछ ।