वास्तुशास्त्र केवल व्यवस्थित एवं राम्रो भवनको निर्माण मात्र होइन, यद्यपि यसले घरमा बस्ने मानिसलाई सुख शान्ति एवं मानसिक शान्ति पनि प्रदान गर्दछ । परन्तु यदि भवन निर्माण गर्ने समयमा भूलवश वास्तु नियमको पालना गरिएन भने व्यक्ति सर्वनाशको स्थितिमा समेत पुग्न सक्दछ । यस्तो स्थितिमा भवनको बृहद् तोड-फोड विधि विधानको विरूद्ध हुन्छ ।

मुख्य ढोका

यदि घरको मूल ढोका सानो भएमा त्यसलाई हटाउने तथा तोड-फोड गर्नु हुँदैन । केवल तैलीय रङ्गबाट ढोकामा पूmल-पत्तिको आकृति बनाएर अग्लो या ठूलो बनाउनुपर्दछ । मुख्य ढोकामा गणपतिको मूर्ति एवं चित्र स्थापित गर्ने हो भने परिवारका सवै सदस्यको कष्ट निवारण हुन्छ तथा दुर्घटनाबाट बचाउ हुन्छ । मुख्य ढोका यदि दक्षिण दिशामा छ भने त्यस्तो भवनमा एउटा ढोका उत्तर-पूर्व दिशामा अवश्य पनि बनाउनु पर्दछ । उत्तर दिशामा अशोक जस्तो वृक्ष पनि लगाउनाले अवश्य लाभ प्राप्त गर्न सकिन्छ ।

भान्सा

यदि तपाईंले अज्ञानवश आफ्नो भान्सा दक्षिण-पूर्व दिशामा नभई कुनै अन्य दिशामा बनाउनु भएको छ भने त्यहाँ निवास गर्ने सबै सदस्यमा पेटसम्बन्धी रोगले सताउनेछ । यस्तो अवस्थामा भान्सामा चुलो दक्षिण-पूर्व दिशामा राख्नुपर्दछ तथा पूर्वफर्की खाना बनाउनुपर्दछ ।

शौचालय

शौचालयको निर्माण कहिल्यै पनि ईशान कोणमा बनाउनु हुँदैन । यदि बनाउनु परेमा शौचालयको एउटा फुव्वाराको व्यवस्था उत्तर दिशामा गर्नुपर्दछ तथा दक्षिणतर्फ मुख पारेर शिकार गरिरहेको एउटा बाघको फोटो शौचालयको बाहिर राख्नुपर्दछ जसले गर्दा घरमा कुनै प्रकारको दुरात्माले प्रवेश गर्न सक्दैन । घरको दक्षिण-पश्चिम झ्यालमा एउटा ऐना राख्नु पर्दछ ।

झ्याल

घरको झ्यालहरुलाई कहिल्यै पनि फोहोर या भद्दा रङ्गको बनाउनु हुँदैन ।कक्षको झ्यालमा बढी जाली आदि लगाउनु हुँदैन । अन्यथा घरमा आक्रोश, निराशा, वैमनश्य जस्तो दुःखदायी वातावरण हमेसा रहन्छ ।

फर्निचर

घरमा फर्निचरको निर्माण अत्यन्त आवश्यक हुन्छ । फर्निचरको काठ किन्ने समयमा मौसम र स्थानलाई ध्यान दिनुपर्दछ । काठ कहिल्यै पनि पञ्चक नक्षत्रमा, शनि, मङ्गलबार नपारी, धमिरोयुक्त र श्मशान भूमिको काठ प्रयोगमा ल्याउनु हुँदैन, नत्र घरमा प्रेत-बाधाका साथै चिन्ता, सुख-यश नाश हुने गर्दछ ।

भुइँ एवं झ्याल

ईशान कोण अर्थात् पूर्वोत्तरमा फर्शमा ढल राख्नु हुँदैन, यदि त्यस्तो गरियो भने सदैव आर्थिक चिन्ता एवं अस्वस्थतामा रहनुपर्दछ । भुइँको ढल उत्तर दिशामा राख्नु अति उत्तम हुनुका साथै लाभप्रद पनि हुने गर्दछ । भुइँमा यदि कालो रङ्गको ढुङ्गाको प्रयोग गरिएको छ भने त्यहाँ सधंै ‘राहु‘ को प्रभावले चिन्तित बनाउने गर्दछ । पहिलो सेतो रङ्गको ढुङ्गाको पनि धेरै प्रयोग गर्नुहुँदैन अन्यथा यदि शुक्र निर्बल भयो भने सधंै अशुभ हुने गर्दछ । वृहस्पति निर्बल छ भने सेतो र पहेँलो रङ्गको झ्याल या फर्श बनाउन हुँदैन अन्यथा परिवारमा विरोध बढने गर्दछ र आत्म क्लेश पनि हुन्छ ।

भुइँमा लेखन
भुइँको निर्माण गर्ने वेलामा भुइँमा पशु-पंक्षी, बाघको आकृति, शङ्ख, चक्र, देवी-देवता, गदा, पुष्प, मुकुट, तोरण, लेखनी, मृदङ्ग, स्वस्तिक आदि बनाउनु हुँदैन, बनाइयो भने परिवारको लागि अनिष्ट हुन्छ । परिवारमा विरोध एवं वैचारिक असमानता बढ्दछ साथै विकासको बाटो पनि बन्द हुन सक्दछ ।

उपचार
जब माथि बताए बमोजिमको स्थिति उत्पन्न हुन्छ भने आफ्नो जन्म कुण्डलीमा ‘गृह नक्षत्र’अनुसार रङ्गको चयन गर्नुका साथै सोहीअनुरूपको निर्माण गर्नु पर्दछ । यदि निर्मित भवन छ भने झ्यालमा मिलाएर उपयुक्त रङ्गअनुसारको कार्पेट राख्नुपर्दछ । त्यसो गरियो भने अवश्य लाभ प्राप्त हुन्छ ।

भित्री कक्षको आयतन
गृह निर्माण गर्ने बेलामा भवनको भित्री कोठाको आयतनलाई विषम राख्नु हुँदैन । आयतन विषम छ भने परिवारमा सुख शान्ति हुँदैन । त्यसको  अतिरिक्त आम्दानी कम र खर्च धेरै हुने गर्दछ, जसले गर्दा ऋण लिनुपर्ने हुन्छ र सँधैं आर्थिक चिन्ता भइरहन्छ । कुनै कारणवश भित्री कक्षको आयतन विषम भएको छ भने कक्षमा आयतन समतल बन्ने गरेर काठको आलमारी राख्नुपर्दछ । यसको अतिरिक्त आयतन छ भने गमलामा हरियो पात भइरहने बिरूवा राखेर पनि स्थान मिलाउन सकिन्छ ।

घरमा अशान्ति र धन-हानि
घरमा अशान्ति, धन-हानि या अपयशको वातावरण छ भने निम्न कुराहरूमा ध्यान दिनुपर्दछ तथा वस्तुहरूको स्थापना पनि निम्न दिशानुकूल बनाउन सकिन्छ ।

१ धन, आभूषण, डाफ्ट आदिलाई सदैव यस्तो दराजमा राख्नुपर्दछ जसको ढोका उत्तर दिशातर्फ खुल्ने होस् ।

२ तुलसीको बोट यदि घरमा लगाइएको छ भने सदैव खुशीको वातावरण भइरहन्छ र वास्तु सन्तुलनमा रहन्छ ।

३ घरमा कुनै सदस्य लामो समयदेखि बिरामी छ भने उसलाई दक्षिणतर्फ टाउको पारेर सुताउने, उसको कोठामा कछुवा राख्ने तथा रात्री उसको पलङ्गको शिरानको तल चाँदीको भाँडामा केशरयुक्त जल भरेर राख्ने त्यसो गर्नाले स्वास्थ्य लाभ हुन्छ ।

४ मानसिक उच्चाटन छ भने पलङ्गमा मृगको छाला ओच्छ्याएर सुत्ने गर्नुपर्दछ ।

५ टेलिफोनलाई सदैव आग्नेय कोण या ईशान कोणमा राख्नुपर्दछ ।

६ महत्वपूणर् फाइलहरूलाई ईशान कोणमा राख्नुपर्दछ ।

७ सुख समृद्धि एवं शान्तिको लागि घरमा हरियो एवं फूलदार बिरूवा राख्नुपर्दछ वा भाँडामा जल भरेर राख्नुपर्दछ ।

८ यदि कुनै केश जित्नु छ भने पूजा-स्थलको तल आफ्नो केश फाइल राख्नुपर्दछ । त्यसो गर्दा निणर्य तपाईंको पक्षमा नै हुनेछ ।

९ त्ख् लाई सँधैं आग्नेय कोणमा राख्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Photographer with various Astrology Services Available!

X