भण्डारगृह बनाउनुको दुईवटा उद्देश्यहरू हुन्छन्— वर्षभरिको लागि अन्नादिको भण्डारण एवं अनुपयुक्त तथा अतिरिक्त सामानको भण्डार । यदि घरमा स्थान छ भने दुवै उद्देश्यलाई छुट्टा-छुट्टै भण्डारगृहको निर्माण गर्नुपर्दछ र स्थानाभाव छ भने एउटै भण्डारगृहमा पनि दुवै उद्देश्य पूर्ति गर्न सकिन्छ ।
अन्नादि भण्डारको लागि वास्तु सिद्धान्त
- वायव्य कोणमा बनाइएको अन्नादि भण्डारगृहमा कहिल्यै पनि अन्नादिको कमी हुँदैन ।
- अन्नादि भण्डारगृहको निर्माण घरमा उत्तर दिशा अथवा वायव्य कोणमा बनाउनु पर्दछ ।
- अन्नादि भण्डारगृहको ढोका नैऋत्य कोणको अतिरिक्त कुनै पनि दिशा अथवा विदिशामा बनाउन सकिन्छ । नित्य प्रयोगको लागि चाहिने अन्नादिलाई कक्षको उत्तर-पश्चिमी भागमा राख्नुपर्दछ ।
- अन्नादि भण्डारगृहमा राखिने कुनै डिब्बा आदिलाई खाली राख्नु हुँदैन । अन्नादि प्रयोगपश्चात् त्यसमा पूरै खाली हुन नदिई त्यसमा केही शेष अन्न अवश्य राख्नुपर्दछ ।
- अन्नादिको वार्षिक संग्रह दक्षिणी अथवा पश्चिमी भित्ताको समीप हुनुपर्दछ ।
- अन्नादि भण्डारगृहको ईशान कोणमा शुद्ध एवं पवित्र जलले भरिएको माटो अथवा तामाको एउटा भाँडो राख्नुपर्दछ । त्यो भाँडो कहिल्यै पनि खाली हुनुहुँदैन ।
- अन्नादि भण्डारगृहमा पूर्वी भित्तामा लक्ष्मीनारायणको चित्र राख्नुपर्दछ ।

भण्डारगृहको लागि वास्तु सिद्धान्त

- गहु्रङ्गो बाकस आदिलाई दक्षिणी भित्ता एवं पश्चिमी भित्तामा दक्षिण दिशातर्फ राख्नुपर्दछ ।
- भण्डारगृह घरभित्र दक्षिणी अथवा पश्चिमी भागमा बनाउनु पर्दछ ।
- कक्षको ढोका उत्तर अथवा पूर्व दिशामा हुनुपर्दछ, साथै एउटा झ्याल पनि त्यसै दिशामा हुनुपर्दछ ।
- अनुपयोगी सामानको लागि घरभन्दा बाहिर ढोकाको नजिक फोहोरघर बनाउनुपर्दछ, परन्तु फोहोरघर बनाउन सम्भव छैन भने भण्डारगृहमै ती सामानहरू राख्न सकिन्छ यस्तो अवस्थामा कक्षको नैऋत्य कोणलाई प्रयोग गर्नुपर्दछ ।
संयुक्त भण्डारगृहका लागि वास्तु सिद्धान्त

- संयुक्त भण्डारगृहमा फोहोर अर्थात् त्यस्तो वस्तुहरू राखिनु हुँदैन जुन प्रयोगमा आएका हुँदैनन् ।
- संयुक्त भण्डारगृहको ईशान कोणमा पानीको भाँडो हुनुपर्दछ ।
- संयुक्त भण्डारगृहको पूर्व, उत्तर अथवा पश्चिम दिशा अथवा यिनीहरूको कोणमा कुनै एउटा झ्याल अवश्य हुनुपर्दछ ।
- संयुक्त भण्डागृह भवनको पश्चिमी अथवा उत्तर-पश्चिमी भागमा बनाउनुपर्दछ ।
- संयुक्त भण्डारगृहमा अन्नादि भण्डारणको लागि वायव्य कोणतर्फ बनाउनुपर्दछ ।