पुराणमा देवीको आराधना गरेर ऐश्वर्यकामी राजा सुरथले अखण्ड साम्राज्य पाएको बताएको छ। यस्तै, वैश्यले वैराग्यबाट दुर्लभ ज्ञान पाइ मोक्ष प्राप्ति गरेको कथन छ। दुर्गा सप्तशतीमा भगवती दुर्गालाई सर्वमान्य माताका रूपमा विशेष प्रेमपूर्वक श्रद्धा अर्पण गरिन्छ। श्रद्धाभक्तिका साथ जगदम्बा दुर्गाको आराधना गर्नु बडादसैँको एक महìवपूर्ण पक्ष हो।

दुर्गा सप्तशतीमा पहिलो अध्यायमा १०७, दोस्रो ६९, तेस्रोमा ४४, चौथोमा ४२, पाँचौँमा १२९, छैठौँमा २४, सातौँमा २७, आठौँमा ६२, नवौँमा ५६, दशौँमा ३२, एघारौँमा ५५, बाह्रौंँमा ७२, तेह्रांँमा २८ श्लोक रहेका छन्। यी श्लोकमध्ये मार्कण्डेयऋषिले भने, वैश्यले भने, राजाले भने ब्रहृमाले भने, भगवान्ले भने, देवीले भनिन्, देवताले भने, दूतले भन्यो ५४ श्लोकका विभिन्न अध्यायमा छन्। अर्द्धश्लोक विभिन्न अध्यायमा ४२ रहेका छन्। दुर्गा सप्तशती उवाच-६, अर्द्धश्लोक-११, श्लोक-१२, एवं २९, श्लोक ५३२ अवरानादि ६६ गरी ७०१ श्लोक रहेका छन्। यसमा १ हरफे श्लोक पनि रहेका छन्।

दुर्गा सप्तशतीको प्रथम अध्यायमा मेघाऋषिले राजा सुरथ र समाधिको प्रसङ्गमा भगवतीको महिमा बताइ मधु-कैटभ दानवको बध गरेको सुनाइएको प्रसङ्ग छ। दोस्रो अध्यायमा देवताहरूको तेजसमेतले देवीको प्रादुर्भाव र महिषासुरका सेनाका बधको कुरा उल्लेख छ। अध्याय तीनमा देवीबाट महिषासुर सेनापति र स्वयं महिषासुरको बधको सविस्तार वर्णन छ। अध्याय चारमा इन्द्र आदि देवताहरूद्वारा देवीको स्तुति गरिएको छ। अध्याय पाँचमा देवताहरूद्वारा चामुण्डाद्वारा देवी अम्बिकाको रूपको प्रशंसा सुनेर बिहेको प्रस्ताव साथ दूत पठाएको प्रसङ्ग छ। अध्याय छैठौँमा देवीद्वारा धुम्रलोचन बधको उल्लेख्य छ। अध्याय सातौँमा चण्ड र मुण्डको बध र अध्याय आठौँमा रक्तबीजको बध र सविस्तार उल्लेख छ। अध्याय नवौंमा निशुम्भको बध अध्याय दशौँमा शुम्भ बधको कुरा वणिर्त छ। एघारौँ अध्यायमा देवताहरूद्वारा देवीको स्तुति र देवीद्वारा देवताहरूलाई वरदान दिएको कुरा उल्लिखित छ। अध्याय बाह्रमा देवी चरित्रको पाठ -स्तुति) महात्म्य, अध्याय तेह्रमा राजा सुरथ र व्यापारी वैश्यलाई देवीबाट प्राप्त बरदानका बारेमा उल्लेख गरिएको छ।

दुर्गा सप्तशतीमा पहिलो अध्यायमा १०७, दोस्रो ६९, तेस्रोमा ४४, चौथोमा ४२, पाँचौँमा १२९, छैठौँमा २४, सातौँमा २७, आठौँमा ६२, नवौँमा ५६, दशौँमा ३२, एघारौँमा ५५, बाह्रौंँमा ७२, तेह्रांँमा २८ श्लोक रहेका छन्। यी श्लोकमध्ये मार्कण्डेयऋषिले भने, वैश्यले भने, राजाले भने ब्रहृमाले भने, भगवान्ले भने, देवीले भनिन्, देवताले भने, दूतले भन्यो ५४ श्लोकका विभिन्न अध्यायमा छन्। अर्द्धश्लोक विभिन्न अध्यायमा ४२ रहेका छन्। दुर्गा सप्तशती उवाच-६, अर्द्धश्लोक-११, श्लोक-१२, एवं २९, श्लोक ५३२ अवरानादि ६६ गरी ७०१ श्लोक रहेका छन्। यसमा १ हरफे श्लोक पनि रहेका छन्।

विजया दशमीमा दुर्गा सप्तशतीको पाठलाई अत्यन्त महìवपूर्ण पक्ष मानिन्छ। माता पार्वती देवी महात्म्यमा श्लोक, अर्धश्लोक, उवाच, गरी सम्पूर्ण सात सय मन्त्र रहेका छन्। यी मन्त्रहरूबाट जगदम्बाले अर्थ, धर्म, काम, मोक्ष गरी चार पुरुषार्थ प्रदान गर्ने कार्य हुन्छ भन्ने विश्वास रहेको छ। महाकाली दशभुजा, महालक्ष्मी अष्टादश भुजा, महासरस्वती, अष्टभुजा रहेको प्रचलित धारणा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Photographer with various Astrology Services Available!

X