१. पूर्व(East) – पूर्व दिशालाई अग्नि तत्वले प्रभाव पारेको हुन्छ । यो पितृ स्थानकोसूचक हो । यो दिशालाई बन्द गरिदिने हो भने सूर्यको किरण घरमा प्रवेश गर्नपाउँदैन, त्यसकारण यस्तो घरमा निवास गर्नाले विभिन्न प्रकारका व्याधिहरूकोसामना गर्नुपर्ने हुन्छ साथै उनीहरूको मान–सम्मानमा पनि हानि हुने गर्दछ ।व्यक्तिलाई जहिले पनि ऋणको बोझ बढिरहेको हुन्छ । अतः घर बनाउँदा सदैवपूर्व दिशा खुला राख्नु आवश्यक हुन्छ ता कि सूर्यको किरणले लगातार घरमाप्रवेश पाइरहोस् र व्याधि तथा सयटको रक्षा गरिरहोस् ।

२. पश्चिम (West) – पश्चिम दिशालाई वायु तत्वले प्रभाव पारेको हुन्छ । योदिशाका देवता वायुलाई मानिएको छ । वायु चञ्चलताको प्रतीक हो अतः घरको ढोका पश्चिमाभिमुखी रहन्छ भने त्यहाँ निवास गर्ने मानिसको मन सदैव चञ्चल हुन्छ । उसले कुनै पनि काममा सफलता प्राप्त गर्न सक्दैन, बच्चाहरूकोसफलतामा पनि रूकावट आउँछ । व्यापारिक वर्गले यसतर्फ ढोका राख्न सक्दछन् किनभने लक्ष्मीको आवास पश्चिम दिशामा हुन्छ ।

३. उत्तर (North) – यो दिशा मातृभावको हो । रातमा धु्रवतारा यसै दिशाबाट निस्कन्छन् । यो दिशालाई जल तत्व प्रधान मानिएको छ । उत्तर दिशामा खाली स्थान हुनु आवश्यक हुन्छ । यो दिशाका स्वामी कुबेरलाई मानिएको छ । उत्तरमुखी ढोका एवं झ्याल भयो भने कुबेरको दृष्टि सिधै पर्दछ । वास्तुशास्त्रमा उत्तर दिशालाई महत्वपूर्ण स्थान दिइएको छ ।

४. दक्षिण (South) – दक्षिण दिशालाई पृथ्वी तत्व र मृत्युका देवता यमको दिशा मानिएको छ । यो धैर्य एवं स्थिरताको प्रतीक हो । यो दिशाले सबै प्रकारकोखराबी नाश हुने सूचना दिन्छ । यो दिशामा शत्रुको डर र रोग लागिरहने डरहुन्छ । यो दिशालाई बन्द राख्ने हो भने धेरै किसिमको फाइदा हुन सक्दछ । दक्षिण दिशालाई उन्नत बनाउन सकियो भने त्यहाँबाट हुने दूषित प्रभावलाईसमाप्त पार्न सकिन्छ ।

५. ईशान कोण (North East)– उत्तर एवं पूर्व दुवै दिशा घरको बीचमा खुल्ला भयो भने त्यस्तोलाई पवित्र स्थान मानिएको छ । यो कोणले हामीलाई बुद्धि, ज्ञान, विवेक, धेर्य एवं साहस धर्माचरण प्रदान गर्दछ । यसले सबै प्रकारकोकष्टबाट मुक्त राख्दछ । भवनमा यदि यो कोण दूषित भयो भने त्यस भवनमा बस्ने मानिसले विभिन्न प्रकारका कष्टहरूको सामना गर्नुको साथै बुद्धि भ्रष्ट पनि हुने गर्दछ । भवनमा कलहपूर्ण बातावरण भैरहन्छ । प्रायः देखिएको छ कि ईशान कोण भारी भयो भने अथवा विकृत अवस्थामा छ भने त्यसको फलस्वरूप त्यो दिशा एवं कक्षमा बस्नेलाई विभिन्न प्रकारको रोग एवं मानसिक अशान्ति भैरहेको हुन्छ ।

६. आग्नेय कोण (South East)– पूर्व एवं दक्षिण दिशाको बीचमा हुने भएकोलेयो कोणलाई अग्नि तत्व प्रधान मानिएको छ । यो कोणको सम्बन्ध स्वास्थ्यसँग रहन्छ । भवनमा यदि यो कोण दूषित भयो भने त्यस भवनमा बस्ने प्रायः सबैसदस्यहरूको स्वास्थ्यमा कुनै न कुनै रूपले खराबी भैरहेको हुन्छ । प्रायः यो पनि पाइएको छ कि त्यस्तो भवनमा बस्ने मानिसको परिवारले कहिल्यै पनि रोगबाट मुक्ति पाएको हुँदैन । आग्नेय कोण दूषित भयो भने अग्निद्वारा हानि नोक्सानी भैरहन्छ । आग्नेय कोणमा शयन गर्नुहुँदैन त्यहाँ शयन गरियो भने अग्नि एवं आकस्मिक दुर्घटनाको सम्भावना रहन्छ ।

७. नैऋत्य कोण(South West)  – घरमा यदि यो भाग दूषित भयो भने त्यहाँ निवास गर्ने सबैको चरित्र प्रायः कलुषित हुने, शत्रुको डरको प्रभाव धेरै पर्दछ । घरमा भूत–प्रेत बाधाहरू उत्पन्न हुनुको साथै आकस्मिक दुर्घटना एवं अल्प–आयु हुने सम्भावना हुन्छ ।

८. वायव्य कोण(North West) – यो कोणलाई वायुको स्थान मानिएको छ । योकोणले दीर्घायु, सुस्वास्थ्य एवं शक्ति प्रदान गर्दछ । साथै व्यवहारमा परिवर्तन गर्नेसूचक पनि हो । घरमा यदि यो कोण दूषित भयो भने शत्रु बढ्ने शक्तिको ह्रास हुन्छ र आयु क्षीण हुनसक्दछ । व्यवहारमा परिवर्तन र भवनमा बस्ने मानिसमा घमण्डको मात्रा अत्यधिक हुन सक्दछ । यस्तो स्थानमा रहनाले मानिस प्रवासिनेर अनेक प्रकारको आरोप–प्रत्यारोपको शिकार पनि हुनुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Photographer with various Astrology Services Available!

X