घरको वास्तु टिप्स

पूजा स्थल

पूजा कक्ष घरको मुख्य अङग हो। पूजन, भजन, कीर्तन, अध्ययन-अध्यापन सधैं उत्तर-पूर्व कोणमा गर्नु पर्छ। पूजा स्थलबाट वृद्धी, मनमा शुद्ध संस्कारको प्रभाव पर्छ। पूजा गर्ने समयमा व्यक्तिको मुख पुर्व दिशामा हुनु पर्छ। भगवानको मूर्तिको मुख पूर्वबाट पश्चिमतर्फ फर्किएको हुनु पर्छ। ब्रह्मा, विष्णु, शिव, इन्द्र, सुर्य, कार्तिकेयको मुख पूर्वबाट पश्चिमतर्फ हुनु पर्छ। गणेश, कुबेर, दुर्गा, भैरवको मुख सधैं दक्षिण दिशातर्फ हुनु पर्छ। हनुमानजीको मुख दक्षिण-पश्चिम कोणतर्फ हुनु पर्छ। ज्ञान प्राप्तिको लागि पूजागृहमा उत्तर दिशामा बसेर उत्तरतिर मुख गरेर पूजा गर्ने गर्नु पर्छ। धन प्राप्तिको लागि पूर्वतर्फ मुख गरेर पूजा गर्नु उत्तम हुन्छ।

भान्साघर

भोजन बनाउनको लागि भान्साको आवश्यकता हुन्छ। भवनमा भान्साघर पूर्व दक्षिणको बीच दक्षिण-पूर्व कोणमा बनाउनु पर्छ। भान्साघरमा चुलो या ग्यास दक्षिण-पूर्व कोणमा राख्नुपर्छ। ताजा हावाको पङ्खा उत्तर र पूर्व दिशामा लगाउनु पर्छ।

भोजन कक्ष/भोजनालय

कतिपय ठाउँमा भोजन भान्सा कोठामा नै गरिन्छ, तर भोजन गर्नका लागि एउटा अलग कक्षको व्यवस्था गर्नु राम्रो हुन्छ। हुन त स्थानको अभाव भयो भने भोजनालय भान्सा कोठाकै एउटा भागमा बनाउन सकिन्छ। भोजनालय दक्षिण-पूर्वमा हुनु पर्छ र डाइनिङ्ग टेबल कोठाको दक्षिण-पूर्वमा राख्नुपर्छ। भोजन कक्ष भवनमा पूर्व या पश्चिम दिशामा बनाउनुपर्छ।

भण्डार कोठा

प्राचीनकालमा पुरै वर्षभरिका लागि अन्नादिको संग्रह गर्ने गरिन्थ्यो र त्यसकारण घरमा भण्डार गृहको अलग व्यवस्था हुने गर्दथ्यो। परन्तु वर्तमान समयमा स्थानको अभाव हुने भएकाले भान्साघरमा नै खाद्यान्न राख्ने गरिन्छ। खाद्यान्न उत्तर-पूर्व र दक्षिण-पूर्व कोणको मध्य पूर्वी झ्याल सँगै राख्नुपर्छ। यदि स्थानको सुविधा हुन्छ भने भवनको उत्तर-पूर्व र दक्षिण-पूर्व कोणको मध्य पूर्वी भागमा भण्डार कोठाको निर्माण गर्नुपर्छ।

शौचालय

वास्तुशास्त्र अनुसार शौचालयको लागि दक्षिण-पश्चिम कोण र दक्षिण दिशाको मध्य या दक्षिण-पश्चिम कोण र पश्चिम दिशाको मध्य स्थानलाई सर्वाधिक उपयुक्त मानिएको छ। शौचालयको सिट बस्ने बेलामा हजुरको मुख पूर्व वा उत्तरतर्फ हुनुपर्छ।

स्नान गृह

वास्तुशास्त्र अनुसार स्नान गृह भवनको दक्षिण-पश्चिम कोण एवं दक्षिण दिशाको मध्य अथवा दक्षिण-पश्चिम कोण या पश्चिम दिशाको मध्यमा हुनुपर्छ, तथा पूर्वमा पनि बनाउन सकिन्छ। आधुनिक स्नानगृहमा गिजर आदिको पनि व्यवस्था हुने गर्छ। गिजरको सम्बन्ध आगोसंग हुने भएका कारणले गर्दा त्यसलाई सदैव दक्षिण-पूर्व कोणमा लगाउनु पर्छ। स्नान गृह या शौचालयको लागि छुट्टा-छुट्टै स्थान निश्चित गरिएको छ तर धेरै ठाउँमा स्थान सीमित हुने भएकाले यस्तो सम्भव हुन सकेन र स्नान गृह र शौचालय एकै ठाउँमा बनाउनु पर्यो भने भवनको दक्षिण-पश्चिम भागमा या उत्तर-पश्चिम कोणमा शौचालय बनाउनु पर्छ। यदि कुनै विकल्प छैन भने दक्षिण-पूर्व कोणमा शौचालय बनाएर त्यसको सँगै पूर्वतर्फ स्नान गृह समायोजित गर्न सकिन्छ।

स्वागत कक्ष

अतिथिको लागि स्वागत कक्ष उत्तर-पश्चिम या दक्षिण-पश्चिम कोणको मध्य या उत्तर-पूर्व या पुर्व दिशाको मध्यमा हुनुपर्छ। स्वागत कक्षमा सोफा, बेन्च, कुर्सी, चकटी, तकिया आदी दक्षिणतर्फ र पश्चिम दिशातर्फ राख्नुपर्छ। स्वागत कक्ष या बैठकमा जहाँसम्म सम्भव हुन्छ उत्तर र पुर्वतर्फ खुला ठाउँँ राख्नुपर्छ।

अध्ययन कक्ष

उत्तर-पश्चिम, दक्षिण-पश्चिम कोण र पश्चिमको मध्यमा अध्ययन कक्ष बनाउनलाई उचित मानिन्छ। उत्तर-पूर्व या पूर्व दिशामा पूजा गृहको साथै अध्ययन कक्ष बनाउनलाई सर्वोत्तम मानिन्छ। अध्ययन कक्ष सदैव उत्तर-पूर्व साथै पूर्व दिशामा हुनुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Photographer with various Astrology Services Available!

X