अचानक शरीरको अङ्ग फुरफुर गर्नु वा फरफराउने भयो भने तपाइलाई लाग्छकी के भएको होला भनेर। सरल ज्योतिष शास्त्र अनुसार, शरीरका विभिन्न अङ्गहरू फरफराउँदा भविष्यमा केही विशेष घटना घट्न सक्छ भन्ने संकेत दिन्छ र यो पोस्ट मा हामी शरीरको कुन भाग फरफराउँदा के फल मिल्छ भनेर कुरा गर्नेछौ।

कुन शरीरको अङ्ग फरफराउँदा के फल मिल्छ?

अङ्ग फरफराउँदा

माथिल्लो शरीर (Upper Body)

अङ्ग (स्थान) फल (अर्थ)
कपाल भूमि लाभ
मस्तक सुख प्राप्ति
निधार महान सुख
आँखी भौ स्त्री प्राप्ति
भौको बीचमा प्रिय दर्शन
परेला लक्ष्मी लाभ
नेत्र (आँखा) लाभ
आँखा कुना सन्तान लाभ
ओठ मधुर भोजन
चिउँडो प्रिय प्राप्ति
रुद्र घण्टी धनागमन
गर्दन द्रव्यलाभ
मुख विजय
काँध इष्ट सिद्धि
छाती उत्तम
हृदय प्रिय समागम
कोख राज्य लाभ
पीठ विजय
हात भोग, समृद्धि
हत्केला महाभय
कम्मर अभ्युदय
नाइटो मुनी स्थान लाभ

तल्लो शरीर (Lower Body)

अङ्ग (स्थान) फल (अर्थ)
कटी पाश्र्य उत्तम प्राप्ति
लिङ्ग स्त्री लाभ
योनी पति प्राप्त
चाक सवारी लाभ
तिघ्रा वस्त्र लाभ
घुँडा शत्रु वृद्धि
जाँघ स्वामी प्राप्ति
खुट्टा स्थान लाभ
पैताला नृपत्व वृद्धि
पैतालामाथि स्थान लाभ
पेट उत्तम प्राप्ति

दायाँ कि बायाँ?

अङ्ग फरफराउँदा अशुभ संकेत आएमा के गर्ने?

यदि शरीरको अशुभ अङ्ग फरफरायो भने, परम्परागत विश्वास अनुसार दानपुण्य गर्नु, सकारात्मक कर्म गर्नु, वा धार्मिक कार्य गर्नु उचित मानिन्छ। यसले अशुभ असरलाई कम गर्ने विश्वास गरिन्छ।

अरू पनि पढ्नुस्

पूजाघर

निष्कर्ष

शरीर फरफराउनु केवल शारीरिक प्रतिक्रिया मात्र नभई, ज्योतिष शास्त्र अनुसार भविष्यका घटनाहरूको संकेत पनि हुनसक्छ।यदि तपाईं संस्कृतिमा विश्वास गर्नुहुन्छ भने, यी संकेतहरूलाई बेवास्ता गर्नु भन्दा बुझेर जीवनमा मार्गदर्शन लिन सकिन्छ।

नेपालको बेस्ट ज्योतिशी अप्प :- meronepal.app

FAQ

1) कुन अङ्ग फरफराउँदा धन लाभ हुन्छ?

:- ओठ, आँखा, र गर्दन फरफराउँदा धन वा द्रव्य लाभ हुने विश्वास गरिन्छ।

2) पुरुषको कुन पक्ष शुभ मानिन्छ?

:- पुरुषको दायाँ अङ्ग फरफराउनु शुभ मानिन्छ।

3) अशुभ अङ्ग फरफरायो भने के गर्नु पर्छ?

:-धार्मिक विश्वास अनुसार दान, पूजा, वा सकारात्मक कार्य गरेर अशुभ असर घटाउन सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Photographer with various Astrology Services Available!

X