श्रीकृष्ण जन्माष्टमी

हिन्दू धार्मिक कथन अनुसार हरेक वर्षको भाद्र कृष्ण अष्टमीको दिन मध्यरातमा भगवान् विष्णुको आठौं अवतारका रुपमा श्रीकृष्ण भगवानको जन्म भएको शुभ-अवसरमा हिन्दू धर्मावलम्बीहरुले मनाउने वार्षिक पर्व हो –श्रीकृष्ण जन्माष्टमी |हिन्दू धर्मशास्त्र अनुसार ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रेणेता भगवान श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई जनभाषामा श्रीकृष्ण जन्माष्टमी,वा रातलाई मोहरात्री भन्ने गरिन्छ | श्रीकृष्ण जन्माष्टमीलाई गोकुलष्टमी,अष्टमी रोहिणी, श्रीकृष्ण जयन्ती वा श्री जयन्ती इत्यादिको नामले पनि सम्बोधन अर्ने गरिन्छ

हिन्दू धर्म शास्त्रको प्राचीन अभिलेखहरुको आधारमा द्वापार युगमा अर्थात् इसापूर्व ३२२८ मा देवकी तथा वासुदेवका आठौं सन्तानको रुपमा भएको थियो र इसापूर्व ३१०२सम्ममा यस धर्तीमा रही स्वर्गवास भएका थए भने उल्लेख भएको छ | कंशले कारागारमा बन्दी बनाएको अवस्थामा माता देवकी तथा पिता वासुदेवको आठौं पुत्रको रुपमा जन्मिएका श्रीकृष्ण बन्दी आमा-बुवाभन्दा टाढा गोकुल-वृन्दावनमा यसोदा माताको रेखदेखमा हुर्केर पछि ठूलो भएपछि मथुरा आई आफ्ना दुष्टमामा कंशको संहार गरी अन्याय, अत्याचार, अधर्म र दानवी प्रवृतिको अन्त्य गरी मानव जतिको कल्याण गरेको स्मृति पनि गरेर धर्मको रक्षा गरेको धार्मिक कथनको स्मृति पनि श्रीकृष्ण जन्माष्टमीको दिन गरिन्छ |

श्रीकृष्ण जन्माष्टमीको दिन नेपाल अधिराज्यक विभिन्न कृष्ण मन्दिरहरुमा श्रद्धालु हिनु धर्मावलम्बीहरुको भीड-मेला लाग्ने र भगवान श्रीकृष्णको पूजा-आराधना, भजन,कीर्तन गर्नुका साथै महिलाहरु व्रत बसी रातभर जाग्राम बस्ने चलन छ | यस दिन विशेष गरी काठमाडौँ भित्रका नेवार समुदायका बस्तीहरुमा घर-घरबाट ल्याएका कृष्णका तस्वीरहरु टांगी, झिलिमिलि बत्ति बालेर रातभर नांचगान, कृष्ण भजन-कीर्तन गर्ने परम्परा चलनचल्तीमा रहेको देखिन्छ भने भोलिपल्ट भगवान श्रीकृष्णको रथयात्रा गरी समापन गरिन्छ | यसो गरेमा भगवान श्रीकृष्ण प्रसन्न भएर मनोवान्चित फल प्राप्त हुने धार्मिक विश्वास रहेको छ | काठमाडौँ नजिक पाटनमा अवस्थित प्रसिद्ध कृष्ण मन्दिरमा पनि श्री कृष्णको जन्माष्टमीको दिन विशेष मेला लाग्ने गर्दछ |

यस दिन ब्रत बस्नाले  घरमा लक्ष्मी स्थिर हुने, पाप काटिने सवै कार्य सिद्ध हुने  शान्ती हुने छ्। यस दिन सबै वर्णकाले ब्रत बस्न सक्छन।
कृष्णअस्टमी ब्रत बस्नेले अघिल्लो दिन सप्तमीमा एक छाक खिर खाएर आफ्नी इन्द्रियलाई जितेर बसी अस्टमीका दिन बिहानै नदीमा तिलको पिनाले सनान गरेर राम्रो संग सिङारिएको देवकिको सुतिका गृह बनाएर बिचमा कृष्णलाई स्तनपान गराउने र सुतेकी देवकिको सुन चादि आदिले बनेको प्रतिमलाई मन्चमा राखेर बिधी पुर्वक पूजा गर्नु पर्दछ।
त्यस्तै गरि अरु देवी देवताको पनि पूजा गर्ने, नाच गाना गर्ने, भजन किर्तन गर्ने र अस्टमिको पुरै रात जाग्राम बस्नु पर्ने हुन्छ। अनी भोली पल्ट नवमिको दिन भागवतीको पूजा गर्ने, दीन दुखीहरुलाई बस्त्र, अन्न दान गरिसके पछी मात्र आफुले खान पर्ने हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Photographer with various Astrology Services Available!

X