श्रावण शुक्ल पूर्णिमा (जनैपूर्णिमा)

हिन्दुहरूको धार्मिक तथा साँस्कृतिक पर्व श्रावणीपूर्णीमाका दिनअध्यायोपाकर्म वेदोपाकर्म वा वेदारम्भ कर्म गरी मनाइन्छ| यसै दिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्म(सूर्य)बाट वेद प्राप्त गरेका थिए|अतः यस दिनलाई वेदजयन्तीको रुपमा पनि चिनिन्छ|यसै दिनलाईजनैपूर्णिमापनि भनिन्छ|नयाँ यज्ञोपवित तथा रक्षाबन्धन धारण गरी यस पर्वलाई धुमधामका साथ मनाइन्छ। वैदिक सनातन वर्णाश्रमधर्म मान्ने तागाधारी जातिहरूले अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने,त्यस दिन बिहानै नित्यस्नान,प्रातःसन्ध्योपासना गरी सम्भव भए मध्याह्नमा नदी,तलाउमा गई सम्भव न भए घरकै पवित्र जलले अपामार्ग,गाईको गोबर तथा चोखो स्थानको माटो कुशपानी आदि लगाई विधिपूर्वक श्रावणी निमित्तक मध्याह्न स्नान,सन्ध्योपासना आदि सम्पन्न गर्दछन् |

त्यस पछिजौ तिल कुश साथमा लिई अविच्छिन्न वंशपरम्परा जोगाएका उपाध्याय वैदिक ब्राह्मणहरूलाई गुरु थापी विधिपूर्वक आफ्ना शाखाका वेद-वेदांगको पाठ गर्दछन् वा सुन्छन्|त्यस पछि आ-आफ्ना गोत्र,प्रवर र ऋषिगणहरूको तथा वर्तमान समयका अरुन्धतिसहित सप्तर्षिमण्डलको विधिपूर्वक पूजा गरी ऋषितर्पणी,यज्ञोपवीताभिमन्त्रण (जनै मन्त्रने काम)गर्दछन् | उपाकर्मणिचोत्सर्गे गतेमासचतुष्टये| नवयज्ञोपवीतानि धृत्वाजीर्णानि संत्यजेत् ||अर्थात् उपाकर्म,उत्सर्ग र लगाएको चार महिना भएपछि वैदिक विधिपूर्वक मन्त्रिएको नयाँजनै (यज्ञोपवीत)फेर्ने चलन छ | यसदिन मन्त्रेको यज्ञोपवीत (जनै) वर्षदिनभर लगाउन भण्डारण गर्ने चलन छ|

रक्षा बन्धन

14012287_741024669369253_1075556380_nरक्षा बन्धनहिन्दूधर्मावलम्बीहरूले मनाउने एउटा पवित्र दिन हो । रक्षाबन्धन शब्दमा दुई शब्द जोडिएको छ । यो चाड श्रावण शुक्ल पूर्णिमाको दिन मनाईन्छ । जनै लगाउनेहरू यस दिन पुरानो जनै फेरेर नयाँ जनै लगाउने गर्दछन् । यस दिन बर्षभरीका लागि आवश्यक पर्ने जनै तयार गरी मन्त्रेर राख्ने गरिन्छ । यस दिन नेपालमा ब्राह्मणहरूहरू नुहाई-धुवाई गरेर पूजा पाठ गरि सके पछि पवित्र धागो जसलाई रक्षाबन्धन व रक्षासूत्र पनि भन्छन् बोकेर गाँउ गाँउ गएर सबै जनालाई रक्षाबन्धन बाँधेर टिका लगाईदिने गर्छन। बदलामा शिष्य-यजमानहरू ब्राह्मणलाई दक्षिणा(रूपयाँ पैसा)वस्त्रादि उपहार दिने गर्छन ।यो पर्व भारतमा अलगै प्रकारले मनाईन्छ ।

यस दिन बहिनीहरूले आफ्नो भाईको हातमा पवित्र धागो रक्षाबन्धन(राखी)बाँधेर, टिका लगाएर मिठाई खुवाउछन । भाईले बहिनीलाई केही उपहार अथवा दक्षिणा पैसा दिन्छन् तथा बहिनीको रक्षा गर्ने वचन दिन्छन् । पौराणिक कथाको अनुसार देवराज इन्द्र र दैत्यराज वृत्तासुरका साथ १२ वर्षसम्म भयकंर युद्ध चलेको थियो । यस युद्धमा असुरहरुले देवताहरुमाथि विजय प्राप्त गरेका थिए । पराजित देवगण धर्म एवं संस्कार विहीन भएर जीवनयापन गर्न लागे । यसरी गौरवहीन जीवनदेखि देवराज इन्द्र बांच्नु भन्दा मर्नु नै श्रेयस्कर सम्झेर असुरसंग अन्तिम युद्ध गर्ने संकल्प लिनुहुन्छ । त्यो दिन श्रावण शुक्ल चतुर्दशीको दिन थियो । अतः देवगुरु वृहस्पतिले अघिल्लो दिन इन्द्रको कल्याण एवं विजय कामना होस् भनी श्रावणमासको पूर्णिमाको शुभमूहूर्तमा इन्द्रलाई रक्षाबन्धन बाँधेर वल प्रदान गरेका थिए |त्यसैका आज पनि ब्राह्मण वा आचार्य गुरूहरू शिष्य-यजमानहरू लाई -येन बद्धो वलिः राजा दानवेन्द्रो महावलः|तेन त्वां प्रतिबध्नामि रक्ष मा चल मा चल ।।अर्थात् जुन रक्षासूत्रले अत्यन्तवलशाली राजा वलि बाँधिए पछि सारा देवगण सुरक्षित भए,म त्यही रक्षासूत्रले बाँधी तिमिलाई सुरक्षित गर्दछु |” तत्पश्चात् इन्द्राणीले इन्द्रको दाहिने हातमा रक्षासूत्र बांध्नुहुन्छ । त्यो कुन रक्षासूत्र थियो त रु जुन रक्षासूत्र बांध्नाले देवराज इन्द्र विजयी बने । वास्तवमा त्यो पवित्रताको रक्षासूत्र थियो । जसको भावार्थ यही हो कि यदि मानिसले आफ्नो आसुरी वृतिहरुमाथि विजय प्राप्त गर्न चाहन्छ भने आफ्ना धर्मपत्नीसंग पनि रक्षासूत्र अवश्य बांध्नु पर्दछ । मन, वचन र कर्मलाई पवित्र बनाउनु पर्दछ । एक अन्य शास्त्र कथा अनुसार जब यमदूतले आफ्नो बहिनी यमुनासंग राखी बांध्ने समयमा भनेको हुन्छ कि जसले यस पवित्रताको राखी बांध्दछ उ यमदूतको सजाय अथवा भयबाट मुक्त हुन सक्दछ । रक्षाबन्धन एक धार्मिक उत्सव पनि हो । जसको सम्बन्ध जीवनमा श्रेष्ठता एवं निर्विकारितासंग छ । यसकारण यस पर्वलाई विषतोडक पर्व पनि भनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Photographer with various Astrology Services Available!

X