रङ वस्तुको बाहिरी रूप र स्वरूप हो, यसको चिकित्सा विज्ञानमा महत्त्व छ । हालसम्म यसको कुनै सही, ठोस र निश्चित परिभाषा पाइएको छैन । यसलाई बाहिरी लेप भन्न सकिन्छ । पहिले यसको गुणमा ध्यान केन्द्रित गरौा । हाम्रा ऋषिहरूले विधानमा ९ ग्रह १२ राशि, कुण्डलीमा १२ घर र रङ पनि १२ नै छन् । हुन त यसको मिश्रणबाट धेरे रङहरू बनाउन सकिन्छ ।
जब सुतेका व्यक्तिमा रङ्गीन प्रकाश दिादा उनीहरूको मनोदशा, शारीरिक स्थिति र सपनामा परिवर्तन हुन थाल्यो । केही व्यक्तिले बेचैनी अनुभव गरे । कसैको टाउको दुख्न थाल्यो र कसैको शरीरमा स्फूर्ति र हल्कापन भयो । यसप्रकार यो कुरा स्पष्ट भयो कि प्रत्येक रङको आफ्नो गुण प्रकाश र प्रभावको क्षमता हुन्छ ।

कुनै रङ या रत्न एक व्यक्तिको लागि लाभ प्रद हुन्छ भने अर्कोको लागि हानि कारक पनि हुन सक्छ । यसको कारण यो हो कि रत्नको रङ मानवको प्रकृति, शारीरिक संरचना तथा सौर्यमण्डलमा स्थित ग्रहको प्रभावसँग सम्बन्ध हुन्छ । रत्नको रङ एकप्रकारको विकिरणीय व्यवस्थाबाट अनुप्राणित हुन्छ । त्यसको आफ्नो अनुकूल ग्रहको किरणसाग संयोजन तथा भिन्न रङको किरणसाग सङ्घर्ष गरिरहन्छ । यस प्रक्रियाको प्रभाव मानव जीवनमा प्रत्यक्ष या परोक्ष रूपमा परिरहेको हुन्छ ।
रत्नशास्त्रीका अनुसार हाम्रो शरीरमा रङको सन्तुलन बिग्रनाले विभिन्न प्रकारका रोगहरूले जन्म लिने गर्दछन् । शरीरमा रङको सन्तुलन हाम्रो जन्मकुण्डलीमा विभिन्न ग्रहको स्थिति अनुसार बन्ने र बिग्रने गर्दछ । अत: रत्नको प्रयोगले शरीरको रङलाई सन्तुलित पार्न सकिन्छ । यसप्रकार हामी विभिन्न रोगबाट बच्न सक्छौा ।
रत्नशास्त्रीको मान्यता छ कि प्रत्येक रत्नको आफ्नो एउटा विशिष्ट रङ हुन्छ, जुन निम्न प्रकारका छन् :

यसलाई एउटा उदाहरणमा बुझौ । मानौ कुनै व्यक्तिको जन्मकुण्डलीमा सूर्य प्रतिकूल छन् । यसको मतलव यो हो कि उसमा रातो किरणको कमी भयो । यो कमीको कारणले उद्भासित शक्ति गुण क्षीण भयो । अत: उसलाई ज्वरो या खोकी आदि रोगले दु:ख दिन थाल्दछ । यस्तो स्थितिमा सूर्यको रातो किरणमा तीव्रताका साथ आफुमा आत्मसात गर्न सक्ने रत्न धारण गर्नुपर्दछ । यसको लागि उचित रत्न माणिक्य हो । माणिक्य धारण गर्नाले त्यो व्यक्ति रोगमुक्त हुन्छ ।
रङ चिकित्सा अनुसार घाटीको रोग, स्वरभङ्ग, गलगााड र फोक्सो सुन्निएर उत्पन्न ज्वरो, गाठागुठी, दाद, हिस्टेरिया तथा मुटुको धड्कन आदिमा आकाशे रङको आवश्कता पर्दछ । अत: यस्तो रोगको लागि पुष्पराजबाट निर्मित गोली अत्यन्त लाभदायक हुन्छ । एक रङबाट अर्को रङ मिसाएर मिसावटयुक्त रङहरू बन्दछ । जसले रङहरूको रूपलाई परिवर्तन गर्दछ ।
नवरत्नको जस्तै उपरत्नको पनि चिकित्साको क्षेत्रमा औषधीय महत्त्व छ । यसको उपयोग हामी दैनिक जीवन र विभिन्न रोगमा प्रयोग गरेर फाइदा उठाउन सक्दछौ । यदि हामीलाई रत्नको गुणको बारेमा जानकारी छ भने । केही उपरत्नसँग सम्बन्धित संक्षिप्त तर ठोस जानकारी छ जुन तपाईंको लागि हरेक प्रकारले लाभकारी र उपयोगी सिद्ध हुनेछ ।
