विभिन्न दिशादेखि विभिन्न विदिशाहरूमा भूखण्डको विस्तारको भिन्ना- भिन्नै प्रभाव पर्ने गर्दछ ।

१. यदि भूमिको खण्ड ईशान दिशातर्पm बढेको हुन्छ भने त्यस्तो प्रकारको स्थानमा निवास गर्ने मानिसलाई सुख-समृद्धि एवं शान्ति अवश्य प्राप्त हुन्छ ।

२. ईशानको अतिरिक्त अन्य कुनै पनि स्थान अथवा दिशामा बढेको भूखण्डलाई अशुभ मानिएको छ । विशेषतः नैऋत्य कोणको दिशामा बढेको भूखण्डलाई अशुभ फल दिने मानिएको छ । भूखण्ड किन्ने बेलामा यो आवश्यक हुन्छ कि यदि घरको मुख्य ढोका उत्तर, पूर्व, अथवा ईशानमा हुन्छ भने त्यसलाई सर्वश्रेष्ठ मानिएको छ । त्यसप्रकार पश्चिम, दक्षिण, आग्नेय तथा पश्चिम- वायव्यमा पनि मुख्य ढोका सडकतर्फ बाउण्ड्रीमा हुन्छ भने त्यसलाई पनि शुभ मानिएको छ तर पूर्व-आग्नेय, उत्तर-वायव्य, वा नैऋत्य कोणतर्फ मुख्य ढोका बनाइन्छ भने त्यो अशुभको सूचक हो ।

विधि एवं विन्यास
घर निर्माणको लागि भूखण्ड खरिद गर्ने बेलामा अवश्य निश्चित गर्नुपर्दछ जमीन कुन दिशाको सडकमा अवस्थित छ । किनभने प्रत्येक दिशाको लाभ भिन्ना- भिन्नै हुने गर्दछ ।
१. जुन भूमिको चारैतिर सडक हुन्छ त्यस्तो भूखण्डलाई सर्वश्रेष्ठ भूमि मानिन्छ ।
२. पूर्व, पश्चिम तथा दक्षिण तीनतर्फ सडक हुन्छ भने त्यस्तो भूमिलाई सामान्य मानिएको छ ।
३. उत्तर, पूर्व तथा पश्चिम तीन दिशामा सडक हुन्छ भने त्यसलाई पनि सामान्य श्रेणीको भूमि मानिन्छ ।
४. उत्तर, पश्चिम तथा दक्षिणमा सडक हुन्छ भने त्यसलाई पनि सामान्य श्रेणीको भूमिको रूपमा लिइन्छ ।
५. उत्तर पूर्वतर्फ सडक हुन्छ भने त्यसलाई सर्वश्रेष्ठ भूमिको रूप लिइन्छ ।
६. उत्तर, पूर्व तथा दक्षिण तीनतर्फ सडक हुन्छ भने त्यो पनि सामान्य श्रेणीको भूमि हुन्छ ।
७. पूर्व तथा दक्षिण दुईतर्फ सडक हुन्छ भने त्यो पनि सामान्य श्रेणीको भूमि हुन्छ ।
८. उत्तर, दक्षिण दुईतर्सफ डक हुन्छ भने त्यस्तो जमीन सामान्य प्रकारको हुन्छ ।
९. पश्चिम, उत्तर दिशामा सडक हुन्छ भने त्यो पनि सामान्य श्रेणीको भूमि हुन्छ ।
१० पश्चिम तथा दक्षिणतर्फ सडक हुन्छ भने पनि त्यसलाई सामान्य भूमिमा वर्गीरण गरिन्छ ।
११ पूर्व, पश्चिमतर्फ सडक भए पनि त्यस्तो भूमि सामान्य हुन्छ ।
१२ ईशान कोणले गोलाइ लिएको र उत्तर तथा पूर्वमा सडक हुन्छ भने पनि त्यो सामान्य भूमि हुन्छ ।
१३ दक्षिणतर्फ सडक हुन्छ भने त्यस्तो भूखण्डलाई अशुभ मानिएको छ । यस्तो जमीनलाई सित्तैमा पनि लिन हुँदैन ।
१४ पश्चिमतर्फ सडक हुन्छ भने त्यसलाई सामान्य भूमि मानिन्छ यस्तो भूमिलाई व्यावसायिक दृष्टिले उत्तम हुन्छ ।
१५ पूर्वतर्फ सडक हुन्छ भने त्यस्तो भूमिलाई सर्वश्रेष्ठ मानिन्छ ।
१६ उत्तर दिशामा सडक हुन्छ भने त्यस्तो भूमि सर्वश्रेष्ठ हुन्छ ।
१७ आग्नेय कोणतर्फ गोलाइ लिएको भूमि हुन्छ भने त्यो अशुभ हुने गर्दछ ।

सडक, जग्गा एवं त्यसको सुधार
१. पूर्वदेखि आग्नेय कोणतर्फ बढेको जमीन छ भने त्यस्तो भूमिलाई अशुभ मानिन्छ । यस्तो भूमिको ईशानकोणबाट आग्नेय कोणलाई ९० डिग्रीमा विभाजन गर्ने तथा सडकको साथमा काटिएको भागलाई जोड्ने अथवा कुनै अन्य व्यक्तिलाई काटिएको भाग दिने हो भने त्यस्तो भूमिको सुधार गर्न सकिन्छ ।

२. दक्षिण दिशाबाट आग्नेय कोणतर्फ बढेको भूखण्ड हुन्छ भने त्यस्तो भूमि अशुभ हुन्छ । यस्तो भूखण्डलाई नैऋत्य कोणबाट आग्नेय कोणतर्फ ९० डिग्रीको कोण बनाउने तथा उक्त भागलाई सडकमा जोडिदिने अथवा कुनै अन्य व्यक्तिलाई दिने । यसरी टुक्रा पारेको खण्डलाई आफैंले राख्न हुँदैन ।

३. वायव्य कोणमा दुवैतर्फ बढेको जुन भूखण्ड हुन्छ त्यस्तो बढावलाई अति अशुभ मानिएको छ । यस्तो भूखण्डलाई आयतनाकार बनाउने सबै कोण ९० डिग्रीको हुनुपर्छ र शेष भूखण्डलाई आफुले प्रयोग गर्नु हुँदैन ।

४. जुन भूखण्ड ईशान कोणमा बढेको हुन्छ त्यस्तो बढेको भाग अत्यन्त शुभ हुने गर्दछ ।

५. जुन भूमि उत्तर-पश्चिमी-वायव्य कोणतर्फ बढेको हुन्छ त्यो अत्यन्त अशुभ हुन्छ दक्षिण-पश्चिम नैऋत्यकोण तथा उत्तर-पश्चिम वायव्य कोणलाई क्रमशः ९० डिग्री गर्ने । शेष भूमि अन्य कसैलाई दियो भने त्यस्तो भूखण्डमा सुधार हुन्छ ।

सडक
यस्तो विभिन्न स्थान हुन्छ र जहाँ विभिन्न दिशाबाट आउने कच्ची बाटो या सडक निर्माणस्थलको नजिक भएर जाने गरको हुन्छ । त्यसलाई सडक या मार्ग भनिन्छ । गृह निर्माणका लागि भूखण्ड खरीद गर्ने बेलामा सडक कुन दिशामा छ हेर्नुपर्छ । उत्तर, पूर्व, पश्चिम या दक्षिण- किनभने प्रत्येक दिशाको फल फरक-फरक हुने गर्दछ ।

धेरै भूखण्डको नजिक मन्दिर, देवालय, स्तम्भ आदि हुन्छन् भने त्यसमा विभिन्न प्रकारको भेद दोष हुन सक्दछ ।

शुभ निर्माण स्थल
१. जब सडक दक्षिण या पूर्वतर्फ हुन्छ भने त्यस्तो निर्माण स्थललाई शुभ मानिएको छ ।

२. जब कुनै भूखण्डको चारैतर्फ सडक हुन्छ भने त्यस्तो भूखण्डलाई ब्रह्मस्थल भूखण्ड भनिन्छ । यस्तो भूखण्डले गृहस्वामीलाई अत्यन्त वैभव तथा प्रभावशाली बनाउँदछ र स्वास्थ्य तथा सम्पत्तिमा पनि निरन्तर वृद्धि गराउने गर्दछ ।

३. उत्तर एवं उत्तर-पूर्व सडक भयो भने त्यस्तो भूखण्ड शुभ निर्माण स्थल मानिएको छ ।

४. जुन भवनमा सडक पूर्व, उत्तर-पूर्वतर्पm भयो भने शुभ निर्माण स्थल हुन्छ ।

५. जब सडक निर्माण स्थलको पश्चिम,उत्तर-पश्चिममा हुन्छ भने त्यस्तो निर्माण स्थललाई शुभ हुन्छ ।

६. घरलाई सदैव भूमिको दक्षिण-पश्चिम (नैऋत्य कोण) मा बनाउनु पर्दछ ।

७. भूखण्डको दक्षिण तथा पश्चिममा क्रमशः ७ फिट स्थान खालि छाड्नु पर्दछ तथा उत्तर-पूर्वमा यथासम्भव धेरै जमीन खाली हुनुपर्दछ साथै नैऋत्य कोणमा भवन निर्माण गर्नुपर्दछ । यसरी बनाइएको भवन लक्ष्मीको मन्दिर जस्तै हुन्छ ।

८. ईशान भूखण्ड- जुन भूखण्डका उत्तर एवं पूर्वमा बाटो अथवा सडक हुन्छ भने त्यस्तो भूखण्डलाई ‘ईशान भूखण्ड‘ भनिन्छ । यस्तो भूखण्डमा निर्माण भएको घरमा निवास गर्नाले मानिसहरू सुखी, समृद्ध एवं स्वस्थ रहन्छन् । गृहस्वामी तथा उसको सम्पूणर् परिवार सदैव आनन्दपूर्वक रहन सक्दछन् । यो गृह निर्माणमा ईशान भागलाई सदैव नैऋत्य भागभन्दा तल राख्नुपर्दछ ।

९. ईशान एवं आग्नेय भूखण्ड- ईशान भूखण्ड हुन त आग्नेय भूखण्डबाट सँधैं शुभ हुने मानिएको छ, परन्तु यो भूखण्ड ईशान तथा आग्नेय कोणमा गोलाइमा सडकको साथ स्थित हुन्छ भने यो अशुभ हुन्छ । यस्तो घरमा निवास गर्ने प्राणी जहिले पनि उच्चाटनको अवस्थामा रहनु पर्दछ । बूढो मानिस अशान्त एवं अस्वस्थ्य हुन्छन् अतः यस्तो भवनको भूखण्डको गोलाइलाई हटाउनुपर्दछ । बाँकी रहेको भागलाई सडकमा मिलाउनु पर्दछ या कसैलाई दिनुपर्दछ तर कुनै पनि हालतमा स्वयंले प्रयोग गर्नुहुँदैन । यस्तो गरियो भने त्यसमा रहेको भू-दोष समाप्त हुन्छ ।

१० नैऋत्य भूखण्ड— यस्तो भूखण्ड जसको दक्षिण तथा पश्चिममा सडक हुन्छ, त्यसलाई नैऋत्य भूखण्ड भनिन्छ । यस्तो भूखण्ड अधिकारी वर्ग एवं व्यापारी वर्गको लागि अत्यन्त शुभ, मङ्गलमय तथा ऐश्वर्यदाता हुने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Photographer with various Astrology Services Available!

X
Before exploring casinos like Love Casino, check licensing, game variety, payment options, and support quality to find a trusted iGaming experience.
Ontdek welke bonusvoorwaarden en betaalmethodes Lizaro casino biedt voordat je een account aanmaakt en verantwoord gaat spelen.
Bij Vegas hero online casino ontdek je een breed aanbod aan spellen, roulette en andere spannende casino-ervaringen voor Nederlandse spelers.