वास्तुशास्त्रअनुसार भवन चाहे त्यो आवासीय अथवा औद्योगिक नै किन नहोस् भवनको निर्माण नेपाली वास्तुशास्त्रका प्राचीन ऋषिमुनिद्वारा निर्दिष्ट सूत्र एवं सिद्धान्तको आधारमा नै गरिएको हुनुपर्दछ । वास्तुशास्त्रको प्रादुर्भाव वस्तुतः जनकल्याणको लागि नै भूमिमा भएको छ । वास्तुशास्त्रमा निर्दिष्ट सूत्र र भवन- निर्माण विधिहरूको उल्लेख यस विषयका पूर्वाचार्यहरूले गरेका छन् । जुन कुरा अत्याधिक मनन-चिन्तन र गहन अनुभवको आधारमा प्रतिपादित भएको पाइन्छ ।

धेरै मानिसहरूले यस्तो भन्ने गरेको पाइन्छ कि वास्तुशास्त्रअनुसार भवन निर्माणपश्चात् पनि हामी उस्तै स्थितिमा छौँ जस्तो पहिले थियौं । यस्तो अवस्थामा ती महानुभावहरूमा यो विनम्र अनुरोध छ कि आपूmद्वारा गरिएको कामको पूणर्तया

समीक्षा गरिदिनुहोस् किनभने वास्तुशास्त्र सामान्य शास्त्र त हुँदैहोइन र भूमि क्रमदेखि लिएर भवन निर्माण र भवनमा प्रवेश गर्दासम्मको यात्राको सबैतर्फ र समयलाई ध्यानमा राखेर त्यो भवन निर्माण प्रकरणमा विचार गर्नुपर्ने आवश्यकता हुन्छ ।

भवन निर्माण गर्नुभन्दा पहिले शिलान्यास गर्नुपर्दछ । शिलान्यासको तात्पर्य भवन निर्माणारम्भले बुझिन्छ जसको समय एउटा मुहूर्त कुनै विद्वान्ज्यो तिषिको परामर्श र सल्लाहबाट निर्धारित गर्नुपर्दछ । शिलान्यासको क्रममा पञ्चशिलाको स्थापना गरिन्छ । जुन दिशामा शिलान्यास गरिन्छ त्यसको निणर्य सूर्य सङ्क्रान्तिका आधारमा दुई दिशाको मध्य भाग मानिएको छ, जुन निम्नप्रकार छन् ।

गृहारम्भको लागिः

शिलान्यासको लागि पाँच शिलाको स्थापना गरिन्छ । स्थापनाभन्दा अगाडि यथासम्भव देवार्चन र शिलापूजन गर्नुपर्दछ । शिलालाई स्नानादिपश्चात् निर्धारित मुहूर्तमा स्थापना गर्नुपर्दछ तथा शंकुरोपणपश्चात् भवन निर्माण कार्य आरम्भ गर्नुपर्दछ ।

भवन निर्माणको लागि यो आवश्यक हुन्छ कि भवनमा निर्मित गरिने कक्षको माप र दिशाको विवरण तथा निर्माण योगक्षेत्र पूर्वमा रेखाङ्कन चित्र स्वयं अथवा आर्किटेक्टद्वारा तयार गराउनु उचित हुन्छ र sideplan लाई आधार मानेर भवन निर्माण गर्नुपर्दछ । भित्ता सिधा र एकप्रकारको आकृति दिने खालको हुनुपर्दछ । कहीं बाक्लो कही पातलो भित्ता भयो भने त्यो गृहस्वामीको लागि कष्टकारक हुन्छ । माटोको भित्ताभित्र तथा ढुङ्गा अथवा इँट्टाको भित्ता बाहिरी भित्री लगाउनुपर्दछ । भवनमा कक्षअन्तर्गतको उज्यालो र हावालाई ध्यानमा राखेर झ्याल तथा सामान आदिको लागि आलमारी आदिको निर्माण गर्नुपर्दछ ।
कक्षको निर्माणमा सधंै यो कुरालाई ध्यानमा राख्नुपर्दछ कि भूखण्डमा निर्मित गरिने कक्ष दक्षिण र पश्चिम दिशामा धेरै बलियो पार्नुपर्दछ तथा कक्ष निर्माणपश्चात् पनि त्यसमा राखिने सामान प्रायः दक्षिण पश्चिम भागमा नै विशेष रूपले राखिन्छ ।

यो दिशामा आलमारी आदि निर्माणपश्चात् सामान राख्नाले यो दिशा भारी रहन्छ, पूर्व एवं उत्तर दिशामा प्रकाशको लागि झ्याल राखिने हुनाले यो दिशा हल्का हुनुपर्दछ ।

आजभोलि शहरमा साना-साना भूमिमा सबै सुविधालाई ध्यानमा राखेर घर निर्माण गर्ने गरिन्छ । त्यसमा पनि पूर्व र उत्तर दिशामा धेरै स्थान खाली राखेर ग्यारेजको प्रयोगलाई शुभकारक मानिएको छ । भवन निर्माणमा उत्तर एवं पूर्व दिशामा भूमिको खाली स्थान दक्षिण एवं पश्चिम दिशाको अपेक्षा धेरै श्रेयस्कर हुन्छ । भवन निर्माणमा पनि यही क्रमअनुसार गर्नुपर्दछ ताकि भवनको दक्षिणी एवं पश्चिमी भाग Heavy भएमा राम्रो रहन्छ । यो सिद्धान्त भवन आरम्भदेखि लिएर छत एवं फ्लोरका सम्बन्धमा पनि लागू गर्नुपर्दछ ता कि पानीको निकास आदि पनि सही दिशामा राख्न सकियोस् । भवन या प्लटको दक्षिण एवं पश्चिमको भित्ता हेभी राख्नाले त्यो भवन सुखकारी हुने गर्दछ । उत्तर एवं पूर्वको भित्ता दक्षिण पश्चिमको भन्दा मोटाइ एवं उचाइमा न्यून राख्नुपर्दछ ।

वास्तुशास्त्रमा भवन निर्माणको लागि भूखण्डलाई १६ भागमा विभाजन गरेर कक्षको निर्माण गरिन्छ । जसअनुसार निर्माण क्षेत्रको क्षेत्रफल निकाल्नु पर्दछ, शेष भाग अन्य काममा उपयोग गरिनुपर्दछ । भूमिको चारैतिर क्षेत्रीय भित्ताको निर्माण गर्नुपर्दछ । भूमिमा भवन निर्माणको लागि भूमिलाई वर्गाकार अथवा आयातकार स्वरूप दिनु राम्रो हुन्छ । यसप्रकार भूखण्डमा भवन निर्माण गर्नाले कुनै प्रकारको हानि हुँदैन । भवनको स्वरूप वास्तुशास्त्रअनुसार हुने भएकोले भवन सबै प्रकारले लाभदायक हुनुका साथै मानसिक शान्ति प्रदायक हुने गर्दछ । भवन निर्माणको समयमा त्यसको आकृतिलाई सदैव ध्यानमा राख्नुपर्दछ । प्रायः भवनको निम्नलिखित आकार हुन्छ । जुन भूमि अन्तर्गत वणर्न गरिसकिएको छ तर पनि प्रसङ्गानुकूल वणर्न गर्नु उचित हुन्छ तथा त्यसको फल भवनको आकृतिअनुसार अगाडि अङ्कित गरिए अनुसारको हुन्छ ।

आयतं चतुरस्यं च वृतं भण्डासनं तथा ।
चक्रं विषम बाहुंच त्रिकाणां शंकराकृतिः ।।
दण्डं, पणवकस्थानं सुरजश्च वृहमुखम् ।
व्यजनं कूर्मपृष्ठं च धनुः सूर्य च षोडशः ।।

भनव निर्माणभन्दा अगाडि नै भवनको रेखाड्ढन चित्र बनाउनाले भवनमा हेभी तथा हल्कापनलाई ध्यानमा राखेर कक्षको निर्धारण सही एवं उचित दिशा अन्तर्गत निर्धारण गर्नुका साथै भवनको उपर्युक्त आकृतिअनुसार लाभ र हानिप्रद फलको प्राप्ति हुने गर्दछ ।

यद्यपि वास्तुशास्त्रअनुसार १६ खण्डमा कक्ष आदिको विभाजन गरेर प्रत्येक कार्यको लागि भिन्ना-भिन्नै दिशाको उल्लेख गरिएको छ तर वर्तमान  रिप्रेक्षयमा यो विभागमा विचार गर्दा कतिपय कक्षको उपादेयता नै दृष्टिगोचर हुँदैन । त्यसकारण यो आवश्यक हुन्छ कि जुन कक्षको निर्धारण आज पनि आवश्यक छ त्यसको निर्धारण त्यसै दिशाक्रममा गरिनुपर्दछ जस्तो अग्निको लागि आग्नेय कोणमा, पूजाकक्ष ईशान कोणमा, शयन कक्ष अध्ययन कक्ष अन्नको भण्डार आदिलाई यसै क्रमले निर्धारण गर्नु आवश्यक हुन्छ एवं राती कक्षको स्थानमा मनोरञ्जन तथा अविवाहित  न्ततिको लागि कक्ष निर्धारण गरेर वास्तुशास्त्र अन्तर्गत सूत्रलाई पालना गर्दै भवनलाई आधुनिक स्वरूपकैअनुसार निर्मित गर्दा भवन सबै कारले अभ्युन्नति तथा प्राकृतिक आपतबाट रहित, स्त्री-पुत्र, धन-धान्य हुनुका साथै मानसिक शान्तिकारक प्रदाता हुन्छ ।

वास्तुशास्त्रमा निर्माण योग्य भूखण्डालई १६ भागमा विभाजित गरेर कक्षको आवश्यकता तथा त्यसको नैसर्गिक तत्वलाई ध्यानमा राखेर निर्धारण गरिने क्रमको उल्लेख गरिएको छ । पृथ्वी, जल, तेज, वायु, आकाश यी पाँच भौतिक तत्वलाई भवनको यथास्थानमा उपयोग गर्ने दृष्टिले निर्माण गर्नाले त्यो भवन स्वतः वास्तुशास्त्र सम्मत हुन्छ ।

वास्तुशास्त्रमा सोह्र कक्षलाई निर्धारित दिशामा निम्नप्रकारले स्थापित गर्नुपर्दछ, मुहूर्त चिन्तामणिको भनाइअनुसार-

स्नानस्य पाक शयनास्त्र भुजेश्च धान्यः ।
भण्डार दैवत गृहाणिच पूवर्तः स्युः ।।
तनमध्यतो द्रव मथनाज्य पुरीष विद्या ।
अभ्यासाख्य रोदन रतोषध सर्वधाम ।।

पूर्वमा स्नानघर, आग्नेयमा भान्सा, दक्षिणमा शयन कक्ष, नैऋत्यमा विश्राम कक्ष, पश्चिममा भोजन कक्ष, वायव्यमा अन्न संग्रह, उत्तरमा धनागार,  शानमा पूजाकक्ष, पूर्व र आग्नेयको मध्य आग्नेय एवं दक्षिणको मध्य घृतसंग्रह, दक्षिण र नैऋत्यको मध्यमा शौचालय, नैऋत्य र पश्चिमको मध्यमा  ध्ययन कक्ष, पश्चिममा उत्तर पश्चिमको मध्य दण्डागार, उत्तर पश्चिमको मध्य शयनकक्ष, अविवाहित सन्तानको लागि, उत्तर एवं ईशानको मध्य  षधि कक्ष, पूर्व एवं ईशानको मध्य स्वागत एवं सार्वजनिक कक्ष निर्माण गर्नुपर्ने हुन्छ ।

यो कुरा सर्वथा सत्य छ कि पृथ्वीभित्र सबै दिशामा जल रहेको हुन्छ किन्तु यो पनि ध्यान राख्नु आवश्यक हुन्छ । सबै तत्व जव पृथ्वीमा उपलब्ध छन् भने किन अग्नि, वायु, भूमि तथा आकाश आदिको निर्धारण गर्नाले के त्यो भवन वास्तुशास्त्र सम्मत हुन सक्दछ । जस्तो ग्यासको चुला कुनै पनि दिशामा तथा जता पनि फर्काएर बाल्दा त्यो बल्छ र त्यसमा भोजन आदि बनाउन सकिन्छ तब आग्नेय कोणमा खाना बनाउनुको औचित्य के रहन्छ र दिशाहरूको प्राकृतिक क्तयचभ आदिको उपयोग कसरी हुन सक्दछ किनभने प्राचीन ऋषिमुनिहरूले दिशाको निर्धारण तथा त्यसको गुणवत्ता तथा बाहुल्यको आधारमा गरेका छन् । त्यसकारण भान्सा निर्माणको लागि आग्नेय कोणमा भान्सा बनाउनाले महिलाहरूमा उत्साह र भोजनको स्वादमा तथा परिवारमा आत्मीयताको भावनाको सञ्चार हुने गर्दछ । जुन अन्य दिशाबाट प्राप्त हुन सक्दैन । यस्तो आवश्यकता पर्दछ । जुन दिशाको स्वामीको मित्र हुन्छ त्यसमा त्यही कक्षको निर्माण गर्न सकिन्छ । त्यहाँ निर्माण गर्नाले विशेष लाभ त हुँदैन तर हानिको सम्भावना भने एकदमै न्यून हुन्छ ।

त्यसकारण जलको मित्रको लागि इन्द्रको दिशा पूर्व ईशान र पश्चिम दिशामा वरुण जलाधिपतिको दिशामा इनार, बोरिङ्गको निर्माण गर्नु उत्तम हुन्छ । अन्य दिशामा निर्माण गर्दा विभिन्न प्रकारको हानि नै हुनेगर्दछ ।

अतः वास्तुशास्त्रमा जुन दिशा निर्धारण गरिएको हुन्छ । त्यसै क्रममा कक्षको लागि पालना गर्नुपर्दछ । त्यसो गर्नु नै वास्तवमा वास्तुशास्त्रको नियमअनुसार निर्माण भएको मानिन्छ नत्र इच्छानुकूल दिशामा गरिएको निर्माण स्वेच्छचारिता नै हुन्छ । जसबाट विभिन्न प्रकारको हानिको सम्भावना भइरहेको हुन्छ त्यसकारण यो कुरामा एकदमै ध्यान पुर्‍याउनु नितान्त आवश्यक हुन्छ ।

जब भवनमा निर्माण गरिने विभिन्न कक्षको वास्तुशास्त्रअनुरूपको स्थितिमा विचार गराइन्छ, निम्न चित्रमा भूखण्डलाई आठ भागमा विभाजित गरेर वास्तुको अष्टचक्रद्वारा विभिन्न दिशामा कक्ष निर्माणको लागि निर्देशन गरेको देखाइएको छ-

भवन निर्माणमा सूर्यको फल
सूर्यलाई कर्म, बलियो र तेजिलो मानिन्छ । बाह्र राशीमध्येका निम्न राशीहरुको मानिसहरुले घर बनाउँदा यसरी ढोका फर्काएमा उत्तम हुन्छ ।
१) मीन, सिंह, वृश्चिक- सूर्य पूर्व दिशातर्फ
२) वृष, मेष, कुम्भ- सूर्य उत्तर दिशामा
३) कन्या, कर्कट, मकर- दक्षिण
४) धनु, तुला, मिथुन- दक्षिण

चन्द्रमाको वास्तुमा उपयोगिता
चन्द्रमा शितलता, चम्किलो र शालीनता उपग्रहको रूपमा लिइन्छ । यो विनाशकारी हुन नदिन बाह्र राशीले अपनाउने ढोका मूल द्वारको दिशा-
१) दक्षिण दिशा समृद्धि, सहनशीलता र स्वास्थ्यवद्र्धक मानिन्छ ।
२) उत्तर दिशा धन, सन्तान र ग्रहको लागि उपयुक्त हुँदैन ।
३) मकर, धनु र कुम्भ- दक्षिण अशुभ ।
४) कन्या, तुला र वृश्चिक- पूर्व अशुभ ।
५) मिथुन, सिंह र कर्कट- पश्चिम अशुभ ।
६) मीन, मेष र वृश्चिक- पश्चिम अशुभ ।

पूजा स्थल
पूजा कक्ष घरको मुख्य अङ्ग हो । पूजन, भजन, कीर्तन, अध्ययन-अध्यापन सधैं ईशान कोणमा गर्नुपर्दछ । पूजा स्थलबाट वृद्धि, मनमा शुद्ध संस्कारको प्रभाव पर्दछ । पूजा गर्ने समयमा व्यक्तिको मुख पूर्व दिशामा हुनुपर्दछ । भगवान्को मूर्तिको मुख पूर्वबाट पश्चिमतर्फ फर्किएको हुनुपर्दछ । ब्रह्मा, विष्णु, शिव, इन्द्र, सूर्य, कार्तिकेयको मुख पूर्वबाट पश्चिमतर्फ हुनुपर्दछ । गणेश, कुबेर, दुर्गा, भैरव, षोडश मातृकाको मुख सधंै दक्षिण दिशातर्फ हुनुपर्दछ । हनुमानजीको मुख नैऋत्य कोणतर्फ हुनुपर्दछ । ज्ञान प्राप्तिको लागि पूजागृहमा उत्तर दिशामा बसेर उत्तरतिर मुख गरेर पूजा गर्ने गर्नुपर्दछ र धन प्राप्तिको लागि पूर्व दिशामा पूर्वतर्फ मुख गरेर पूजा गर्नु उत्तम मानिएको छ ।

भान्साघर
भोजन बनाउनको लागि भान्साको आवश्यकता हुन्छ । भवनमा भान्साघर पूर्व दक्षिणको बीच आग्नेय कोणमा बनाउनु पर्दछ । भान्साघरमा चुलो या ग्यास आग्नेय कोणमा राख्नुपर्दछ । ताजा हावाको पङ्खा उत्तर र पूर्व दिशामा लगाउनु पर्दछ ।

भोजनालय
कतिपय ठाउँमा भोजन भान्साघरमा नै गरिन्छ, तर भोजन गर्नका लागि एउटा अलग कक्षको व्यवस्था गर्नु राम्रो हुन्छ । हुन त स्थानको अभाव भयो भने भोजन कक्ष ड्राइङ्ग रूमकै एउटा भागमा बनाउन सकिन्छ । डाइनिङ्ग टेबल, ड्राइङ्गरूमको दक्षिण- पूर्वमा राख्नुपर्दछ अथवा भोजन कक्ष पनि दक्षिण-पूर्वमै राख्नुपर्दछ । भोजनालय वा भोजन कक्ष भवनमा पूर्व या पश्चिम दिशामा बनाउनुपर्दछ ।

भण्डार कोठा
प्राचीनकालमा पूरै वर्षभरिका लागि अन्नादिको संग्रह गर्ने गरिन्थ्यो त्यसकारण घरमा भण्डार गृहको अलग व्यवस्था हुने गर्दथ्यो । परन्तु वर्तमान समयमा स्थानको अभाव हुने भएकाले भान्साघरमा नै खाद्यान्न राख्ने गरिन्छ । खाद्यान्न ईशान र आग्नेय कोणको मध्य पूर्वी झ्यालको सँगै राख्नुपर्दछ । यदि स्थानको सुविधा हुन्छ भने भवनको ईशान र आग्नेय कोणको मध्य पूर्वी भागमा भण्डार गृहको निर्माण गर्न सकिन्छ ।

शौचालय
वास्तुशास्त्रअनुसार शौचालयको लागि नैऋत्य कोण या दक्षिण दिशाको मध्य या नैऋत्य कोण या पश्चिम दिशाको मध्य स्थानलाई सर्वाधिक उपयुक्त मानिएको छ । शौचालयको सिट बस्ने बेलामा तपाईंको मुख पूर्व वा उत्तरतर्फ हुनुपर्छ ।

स्नान गृह
वास्तुशास्त्रअनुसार स्नान गृह भवनको नैऋत्य कोण एवं दक्षिण दिशाको मध्य अथवा नैऋत्य कोण या पश्चिम दिशाको मध्यमा हुनुपर्दछ, साथै मतान्तरबाट पूर्वमा पनि बनाउन सकिन्छ । आधुनिक स्नानगृहमा गिजर आदिको पनि व्यवस्था हुने गर्दछ । गिजरको सम्बन्ध आगोबाट हुने भएका कारणले गर्दा त्यसलाई सदैव आग्नेय कोणमा लगाउनु पर्दछ । स्नान गृह या शौचालयको लागि छुट्टा-छुट्टै स्थान निश्चित गरिएको छ तर धेरै ठाउँमा स्थान सीमित हुने भएकाले यस्तो सम्भव हुन सकेन र स्नान गृह र शौचालय एकै ठाउँमा बनाउन पर्‍यो भने भवनको दक्षिण-पश्चिम भागमा या वायव्य कोणमा शौचालय बनाउनु पर्दछ । यदि कुनै विकल्प छैन भने आग्नेय कोणमा शौचालय बनाएर त्यसको सँगै पूर्वतर्फ स्नान गृह समायोजित गर्न सकिन्छ ।

शयन कक्ष
गृहस्वामीको मुख्य शयनकक्ष घरको दक्षिण या पश्चिम दिशामा हुनुपर्दछ र सुत्ने बेलामा शिरान दक्षिणमा र खुट्टा उत्तर दिशातिर हुनुपर्दछ । पृथ्वीको दक्षिण धु्रव र शिरको रूपमा मनुष्यको उत्तरी धु्रवले ऊर्जाको एउटा धारा पूणर् पार्दछ । त्यसैप्रकार पृथ्वीको उत्तरी धु्रव र मनुष्यको खुट्टाको दक्षिणी धु्रवले पनि ऊर्जाको अर्को धारालाई पूणर् पार्दछ र चुम्बकीय तरङ्गको प्रवेशमा बाधा उत्पन्न हुँदैन । त्यस्तो हुने भएकाले सुतेको मानिसलाई शान्ति एवं गहिरो निद्रा लाग्दछ । जसबाट राम्रो बुद्धिको विकास हुन्छ र साथै घरमा पनि सुख-समृद्धि एवं सम्पन्नता हुने गर्दछ । यदि दक्षिण दिशामा शिरान गर्न सम्भव हुँदैन भने पश्चिमतर्फ राख्न सकिन्छ । अन्य दिशामा पलङ्ग र शिरान राख्नाले बुद्धि सञ्चालन ठीकसँग हुन पाउँदैन ।

अध्ययन कक्ष
वायव्य, नैऋत्य कोण र पश्चिमको मध्यमा स्वाध्याय कक्ष बनाउनलाई उचित मानिएको छ । ईशान या पूर्व दिशामा पूजा गृहको साथै अध्ययन कक्ष बनाउनलाई सर्वोत्तम मानिएको छ । अध्ययन कक्ष सदैव ईशान साथै पूर्व दिशामा हुनुपर्दछ ।

स्वागत कक्ष
अतिथिको लागि स्वागत कक्ष वायव्य नैऋत्य कोण या ईशान पूर्व दिशाको मध्यमा हुनुपर्दछ । स्वागत कक्षमा सोफा बेन्च, कुर्सी, चकटी, तकिया आदि दक्षिणतर्फ र पश्चिम दिशातर्फ राख्नुपर्दछ । स्वागत कक्ष या बैठकमा जहाँसम्म सम्भव हुन्छ उत्तर र पूर्वतर्फ खुला ठाउँ राख्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Photographer with various Astrology Services Available!

X