अवतरित भएको केही समयपछि नै वामनरूपधारी भगवान् विष्णु बालकबाट युवा हुनुभयो। ठिक्क त्यसै वेला राजा बलि यज्ञ गर्दै थिए। भगवान् वामन राजा बलिको यज्ञ स्थलमा पुगेर उनको आतिथ्य स्वीकार गरी उनीसित भिक्षास्वरूप तीन पाइला जमीन दान गर्न अनुरोध गर्नुभयो। राजाले भगवान् वामनको याचना स्वीकार गर्दै सङ्कल्प गरे। तुरुन्त भगवानले विराट रूप धारण गर्नुभयो र दुई पाइलामा नै धर्ती र आकाशलाई नाप्नुभयो। यसपछि तेस्रो पाउ बलिको शिरमा राखी उसलाई पाताल पठाएर भगवानले देवतासमेत देवराज इन्द्रलाई भयमुक्त तुल्याउनुभयो।

बलिको पाताल गमनपछि ऋषिमुनि र देवताहरूले भगवान् वामनको पूजा र स्तुति गरे। परम्परागत रूपमा त्यसै दिनदेखि नै भाद्र महिनाको शुक्ल पक्षको द्वादशीका दिन वामनरूपी भगवान् नारायणको पूजाआजा गर्ने चलन चलेको हो। यस दिन श्रद्धालु भक्तहरू स्नान गरी शुद्ध वस्त्र धारण गरी भगवान् वामनको विधिपूर्वक पूजा गर्दछन्। धार्मिक मान्यताअनुसार यस दिन श्रवण नक्षत्रयुक्त हुँदा यस व्रतको महत्ता अझ बढ्न जान्छ। भक्त र श्रद्धालुहरू यस दिन भगवान् वामनको स्वर्णप्रतिमा बनाउन लगाई त्यसको वैदिक विधिपूर्वक प्रतिष्ठा गरी व्रत उपवास गर्दा सुयोग्य सन्तति प्राप्त हुने तथा भएका सन्ततिहरूको आयु, आरोग्य र सम्मृद्धिमा वृद्धि हुने साथै भगवान् वामनले तिनलाई समस्त कष्टहरूबाट त्यसरी नै मुक्त बनाउनुहुन्छ जसरी प्रभुले देवताहरूलाई राजा बलिको कष्ट निवारण गर्नु भएको भन्ने कुरामा विश्वास गर्दछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Photographer with various Astrology Services Available!

X