भूमिको चयन गर्ने समयमा जग्गा कुन दिशामा अग्लो र कुन दिशामा होचो छ अर्थात् जग्गाको ढल कुन दिशामा छ त्यसको विचार गर्नुपर्दछ ।
विभिन्न दिशा एवं विदिशामा ढल हुँदा यसप्रकारले वणर्न गरिएको छ ।
१. भूमिको ढल पूर्वतर्फ हुन्छ भने त्यस स्थानमा लक्ष्मीको वास हुन्छ ।
२. भूमिको ढल पश्चिम दिशातर्फ हुन्छ भने त्यहाँ मरण अथवा मारक योग हुन्छ ।
३. भूमिको ढल नैऋत्यकोणतर्फ छ भने सधैं डर भइरहन्छ ।
४. भूमिको ढल उत्तर दिशातर्फ छ भने वंशवृद्धि, धनागम योग हुन्छ ।
५. भूमिको ढल ईशानकोणतर्फ छ भने लक्ष्मी प्राप्त हुन्छ ।
७. भूमिको ढल वायव्य कोणतर्फ छ भने परिवारमा मृत्युको सम्भावना सदैव रहिरहन्छ ।
८. भूमिको ढल आग्नेय कोणतर्फ छ भने त्यहाँ सदैव शोक हुने गर्दछ ।

पृष्ठानुसार भूमिको प्रकार

भूमि तल उल्लेख भएअनुसार चार प्रकारका छन् ।
१. गजपृष्ठ भूमि
२. कूर्मपृष्ठ भूमि
३. दैत्यपृष्ठ भूमि
४. नागपृष्ठ भूमि

१. गजपृष्ठ भूमि– जुन भूमि दक्षिण, पश्चिम, नैऋत्य तथा वायव्यमा अग्लो हुन्छ भने त्यसलाई गजपृष्ठ भूमि भनिन्छ । यस्तोमा निवास गर्नेले धनलाभ तथा आयुवृद्धि प्राप्त गर्दछन् ।

२. कूर्मपृष्ठ भूमि- जुन भूमि चारैतिरबाट तल भासिएको र बीचमा अग्लो हुन्छ भने त्यस्तो भूमिलाई कूर्मपृष्ठ भूमि भनिन्छ यस्तोमा निवास गर्नेले प्रतिदिन उत्साह, सुख तथा धन-धान्यमा वृद्धि गर्दछ ।

३. दैत्यपृष्ठ भूमि– जुन भूमि ईशान, आग्नेय तथा पूर्व दिशामा अग्लो र पश्चिममा होचो हुन्छ भने त्यस्तो भूमिलाई दैत्यपृष्ठ भूमि भनिन्छ । यस्तो भूमिमा निर्माण कार्य गर्नाले धन, जन, सुख-शान्तिमा हानि हुने गर्दछ ।

४. नागपृष्ठ भूमि– जुन भूमि पूर्व-पश्चिम दिशामा लामो, उत्तर-दक्षिण दिशामा अग्लो तथा बीचमा होचो हुन्छ भने त्यस्तो भूमिलाई नागपृष्ठ भूमि भनिन्छ ।

यस्तो स्थानमा निवास गर्नेलाई मृत्युको डर, जनहानि, पत्नी तथा बच्चाको हानि तथा शत्रु वृद्धि हुने डर भइरहन्छ ।

घर र जग्गाको ढलमा प्रत्यक्ष र तत्काल प्रभाव हुन्छ । त्यसकारण जग्गाको चयन र घर निर्माणमा ढलको विशेष महत्व हुने भएकोले सदैव ढलमा ध्यान दिएर चयन एवं निर्माण गर्दा शुभ एवं श्रेष्ठफल कारक हुन्छ ।

ढलको शुभ-अशुभ फल

१. पूर्व दिशातर्फ ढल भयो भने धन प्राप्ति हुन्छ ।
२. नैऋत्य कोणमा ढल भयो भने धन हानि हुन्छ ।
३. उत्तर दिशामा ढल भयो भने धनवृद्धि हुन्छ ।
४. आग्नेय कोणतर्फ ढल भयो भने दाह, आगलागी, इत्यादि दुर्घटनाको सम्भावना हुन्छ ।
५ वायव्य कोणमा ढल भयो भने प्रवासमा रहनेलाई अस्थिरता हुन्छ ।
७. दक्षिणमा ढल भयो भने मृत्युकारक योग बन्दछ ।
८. ईशान कोणमा ढल भयो भने ज्ञान प्राप्ति, मानसिक शान्ति, धर्म-कर्ममा अभिरुचि हुन्छ ।
९. पश्चिममा ढल भयो भने सन्तानको हानि एवं नाशकारक हुने गर्दछ ।
१०. पूर्व या उत्तरतर्फ ढल छ भने त्यो शुभकारक हुन्छ ।

भवन निर्माण गर्ने बेलामा उपयुक्त ढलसम्बन्धी कुरालाई ध्यानमा राखेर दोष हटाइयो भने त्यसबाट हुने असरबाट सजिलै बच्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Photographer with various Astrology Services Available!

X
Before exploring casinos like Love Casino, check licensing, game variety, payment options, and support quality to find a trusted iGaming experience.
Ontdek welke bonusvoorwaarden en betaalmethodes Lizaro casino biedt voordat je een account aanmaakt en verantwoord gaat spelen.
Bij Vegas hero online casino ontdek je een breed aanbod aan spellen, roulette en andere spannende casino-ervaringen voor Nederlandse spelers.