या देवी सर्वभूतेषु ब्रह्मचारिणी रूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:।।
दधाना कर पद्माभ्याम अक्षमाला कमण्डलू।
देवी प्रसीदतु मई ब्रह्मचारिण्यनुत्तमा।।

माता ब्रह्मचारिणिको जन्म हिमालयमा भएको हो। प्राचीन मान्यताअनुसार, देवऋषि नारदले माता ब्रह्मचारिणिको विचारलार्इ प्रभावित पार्नुभयो जसको परिणामस्वरूप अाफ्ना दैवी पतिका रूपमा शिवलार्इ हासिल गर्ने प्रणका साथ माता ब्रह्मचारिणिले कडा तपस्या गर्नुभयो। यसका लागि माताले सयाैं वर्षसम्म थोरै मात्र खानेगर्नुभयो अथवा कत्ति पनि खानुभएन, तर उहाँको तपस्या एकदमै विशुद्ध थियो र त्यसमा एकदमै उच्च कोटीको शक्ति थियो जसले तीनै लोकमा ठूलो हलचल मच्चायो जसको परिणामस्वरूप अाफ्ना दैवी पतिका रूपमा भगवान शिवलार्इ हासिल गर्ने माता ब्रह्मचारिणिको इच्छा पूरा भयो।

नवरात्रिको दोश्रो दिन शक्तिस्वरूपा माता दुर्गाको अर्को स्वरूप माता ब्रह्मचारिणिको पूजा अराधना गरी मनाइन्छ । भगवती माता ब्रह्मचारिणिको स्वरूप एकदमै तेवस्वी तथा वैभवशाली देखिन्छ। माता ब्रह्मचारिणि प्रेम, वफादारिता, विद्वता, र ज्ञानका प्रतीक हुनुहुन्छ। रूद्राक्षको माला लगाउनुभएकी माता ब्रह्मचारिणिकाे दायाँ हातमा जपमाला छ भने बायाँ हातमा कमण्डलु। ब्रह्मको अर्थ तप अर्थात प्रायश्चित्त हुन्छ। यस मानेमा ब्रह्मचारिणिको अर्थ हुन्छः त्यो जो तपस्या गर्दछ।

माता ब्रह्मचारिणि अाशिर्वादको परिणामस्वरूप तपार्इ जीवनको मार्गमा अाइपर्ने असंख्य चुनैतिहरूको सामना गर्दै अघि बढ्न सधैं संघर्षरत रहनुहुन्छ। उहाँको अाशिर्वादले मानिसलार्इ स्वार्थीपन, घमण्ड, लोभ र अल्छीपनबाट मुक्ति दिलाउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Photographer with various Astrology Services Available!

X