Description
वास्तवमा हिरा एउटा बहुमूल्य रत्न हो । संस्कृतमा यसलाई इन्द्रमणि या बज्रमणि, फारसीमा अलमास, हिन्दीमा हिरा, नेपालीमा हिरा र अङ्ग्रेजीमा डाइमण्ड नामले यसलाई चिनिन्छ । हिरालाई रत्नराज पनि भनिन्छ किनकि यो आफ्नो गुण, रूप र उपयोगको कारण अन्य रत्नभन्दा सर्वश्रेष्ठ छ ।
हिराको गुण
- चमकदार हुन्छ ।
- चिल्लो हुन्छ ।
- यसबाट किरण निस्कन्छ ।
- अँध्यारोमा जुनकिरी जस्तै चम्कन्छ ।
हिरा कसले धारण गर्ने
निम्न स्थितिमा हिरा धारण गर्न सकिन्छ:
- हिरा विषनाशक रत्न हो । जुन व्यक्ति जङ्गलमा घुम्ने डुल्ने गर्दछ या जसको विषसँग अक्सर काम गर्नुपर्ने हुन्छ । उनीहरूले हिरा धारण गर्नुपर्दछ ।
- जुन स्त्री या पुरूषलाई तन्त्र बाधा हुन्छ । उनीहरूले हिरा लगाउनु पर्दछ ।
- जो व्यक्ति सम्भोग या काम क्रिडामा कमजोर छ, जसकी पत्नी सन्तुष्ट छैनन् । उनीहरूले हिरा धारण गर्नु पर्दछ । यसले निर्वलतालाई हटाउँदछ ।
- यदि घरमा पति पत्नीको बीच कलह हुन्छ भने हिरा धारण गर्नु उपयोगी हुन्छ । यदि कुनै व्यक्तिको कुण्डलीमा शुक्र शुभ भावको स्वामी भए छैठौँ या आठौँ भागमा स्थित छ भने उसले हिरा अवश्य धारण गर्नु पर्दछ ।
- यदि व्यापारी एजेन्ट छ भने उसले विभिन्न व्यक्तिहरूसँग भेटघाट गर्नुपर्ने हुन्छ अथवा जुन प्रेमी या प्रेमिका एक अर्कालाई बशमा पार्न चाहन्छन् भने त्यस्ता मानिसले हिरा धारण गर्नु, शुभ हुन्छ ।
- कुनै पनि ग्रहको महादशामा यदि शुक्रको अन्तर चलिरहेको छ भने हिरा धारण गर्नु उपयोगी हुन्छ ।
- तुला अथवा वृष लग्न भएका व्यक्तको लागि पनि हिरा लाभदायक हुन्छ ।
तान्त्रिक मन्त्र
ॐ शुं शुक्राय नमः
हिराको प्रयोग
हिरा अत्यन्तै मूल्यवान् रत्न हो । साधारणभन्दा साधारण हिराको पनि तीन चार हजार रूपैयाँ प्रति क्यारेटको मूल्य हुन्छ । साथै यसको वजनको बारे जान्नु जरूरी छ । ज्योतिषशास्त्रअनुसार हिरा २.५ सेन्टदेखि लिएर १.५ रत्तीसम्म धारण गर्न सकिन्छ । जुन व्यक्तिको जति सामथ्र्य हुन्छ, उसले त्यति नै वजनको हिरा धारण गर्न सक्दछन् । हिरालाई प्लेटिनम या चाँदीको औँठीमा बनाउनु पर्दछ । हिरा जडिएको औँठीलाई विधिपूर्वक उपासना गरेर वैदिक मन्त्रले जप गरेर शुक्लपक्षको शुक्रबारको दिन बिहान प्राणप्रतिष्ठा गरी श्रद्धाका साथ धारण गर्दा राम्रो हुन्छ ।
हिराबाट रोगोपचार
भावप्रकाश नामक ग्रन्थअनुसार– हिराको भस्मले विभिन्न रोगको नाश गरेर बल वीर्यलाई बढाउँदछ । यसको लागि हिराको गोलीको प्रयोग कहिल्यै पनि गर्नु हुँदैन । रोग निवारणमा शुद्ध हिराको भस्म नै प्रयोग गर्नुपर्दछ । भस्मले हृदय रोग, प्रमेह, पाण्डु रोग, नपुङ्सता आदिमा रामवाणको काम गर्दछ । हिराबाट निम्नलिखित रोगको उपचार सम्भव हुन्छ:
- मन्दाग्निमा हिराको भस्मलाई महमा मिलाएर खाँदा फाइदा हुन्छ ।
- जुन व्यक्तिको वीर्य बन्दैन, शीघ्रपतन हुन्छ अथवा सन्तान उत्पन्न गर्नमा असक्षम छ भने हिराको भस्मको सेवनको साथ गर्नुपर्दछ । यसबाट शीघ्रलाभ हुन्छ ।
- अति दुर्बलता, अतिसार, अजीर्ण र वायुप्रकोप आदि रोगमा हिरा लगाउनाले लाभ हुन्छ ।







Reviews
There are no reviews yet.