१.  भूखण्डमा जलस्रोत अर्थात् भवनमा जल ईशान, पूर्व अथवा उत्तर दिशातर्पफ हुनुपर्दछ । साथै भवनबाट जल यिनै दिशाबाट बाहिर निस्कन्छ ।
२ भवनको दक्षिणी एवं पश्चिमी भाग उत्तर एवं पूर्वी भागभन्दा केही अग्लो हुनुपर्दछ । भवनमा खुला स्थान दक्षिणी एवं पश्चिमी भागको अपेक्षा उत्तर एवं पूर्वी भागमा धेरै हुनुपर्दछ ।
३ भवनमा भान्साघर आग्नेय कोणमा बनाउनु पर्दछ । विद्युत् मेन बोर्ड आदि अग्निसँग सम्बन्धित सबै उपकरणहरू आग्नेय कोणमा भयो भने भवनमा निवास गर्नेलाई अग्निबाट दुर्घटना हुने डर हुँदैन ।
४ भवनमा वायुको प्रवाह वायव्य कोणबाट हुनुपर्दछ । भवनमा वायुको लागि मुख्य ढोका एवं झ्यालहरू सदैव सम संख्यामा बनाउनुपर्दछ । ढोका उत्तर अथवा पूर्वमा र झ्याल पश्चिम भित्ता र उत्तरी भित्तामा बनाउनुलाई शुभ मानिन्छ । भित्ता कुनामा खापा कदापि बनाउनु हुँदैन ।
५ भवनको फर्शको ढल पूर्व, उत्तर अथवा ईशानमा हुनु उपयुक्त हुन्छ । भवनको दक्षिणी एवं पश्चिमी भाग, उत्तरी एवं पूर्वी भागभन्दा अलि हेभी हुनुपर्दछ ।

घर निर्माणमा वास्तु
हामी घर निर्माणमा वास्तुको उपयोगी सिद्धान्त, सम्भावित वास्तुदोषका बारेमा चर्चा गर्नेछौं-

घर निर्माणको प्रक्रियामा सर्वप्रथम भवनको प्रारूप तयार पार्ने गरिन्छ । मुख्य ढोका निर्धारणको मुख्य विधिअनुसार भूखण्डमा जुन दिशामा मुख्य ढोकाको निर्माण गर्नुपर्ने हो त्यो दिशाको  इडलाई नौ भागमा विभाजित गरेर पाँच भाग दाहिने एवं तीन भाग देव्रेतर्फ छाडेर बाँकी रहेको भागमा ढोका बनाउनुपर्दछ ।

वास्तुशास्त्रमा प्रत्येक भूखण्ड एवं भवनमा केही स्थान शुभ हुने भएकाले ग्राह्य एवं केही स्थान अशुभ हुने भएकोले त्याज्य मानिएको हुन्छ ।

अगाडिको पृष्ठमा दिइएको चित्रमा भूखण्डको चारै साइडलाई नौ भागमा बाँडिएको छ । अग्रांङ्कित चित्रमा विभिन्न भागको लागि एउटा विशेष अङ्क प्रदान गरिएको छ ।

त्यस अङ्कको स्थानमा मुख्य ढोका बनाउनाको फल निम्नानुसारको हुन गर्दछ-

उपर्युक्त तालिकाको अध्ययन गर्नाले थाहा हुन्छ कि मुख्य ढोकाको लागि उचित स्थान ११-१२, २८-२९, ३-४-५ हुन्छ तर यदि भूखण्ड दक्षिणोन्मुखी छ भने २०मा पनि मुख्य ढोकाको निर्माण गर्न सकिन्छ ।

प्रत्येक भूखण्डको चारै दिशा- पूर्व, पश्चिम, उत्तर र दक्षिण हुन्छ ।

भूखण्डको पूर्वी साइडको मध्यविन्दुदेखि लिएर ईशान कोणसम्मको भाग उच्चकोटिको अर्थात् शुभ एवं मध्य विन्दुदेखि लिएर नैऋत्य कोणसम्मको भागलाई निम्नकोटिको अर्थात् अशुभ मानिएको छ ।

भूखण्डको उत्तरी साइडको मध्यविन्दुदेखि लिएर ईशानकोणसम्मको भागलाई उच्चकोटिको अर्थात् शुभ एवं मध्य विन्दुदेखि वायव्य कोणसम्मको भागलाई निम्नकोटिको अर्थात् अशुभ मानिएको छ । अर्थात् ईशान, पूर्वी ईशान, दक्षिण आग्नेय र पश्चिम वायव्यलाई उच्चकोटिको एवं उत्तरी वायव्य, पूर्वी आग्नेय, दक्षिण र पश्चिम नैऋत्यलाई निम्नकोटिको मानिएको छ ।

उच्चकोटिको मुख्य ढोका
भूमिको उत्तरी ईशानकोणमा बनाइएको मुख्य ढोका उच्चकोटिको हुन्छ । उत्तरी ईशान कोणमा ढोका बनाउनाले भवनको स्वामीलाई विभिन्न प्रकारले लाभ हुने गर्दछ । भूखण्डको उत्तरी ईशान कोणमा मुख्य ढोका बनाउनाले गह्रुङ्गो सामान स्वतः दक्षिण-पश्चिम दिशामा राखिन्छ, अतः उत्तर-पूर्वको भाग दक्षिण-पश्चिमभन्दा हल्का हुन्छ । यो वास्तुशास्त्रको आधारभूत सिद्धान्त हो, जुन अत्यन्त शुभ फलदायक हुने गर्दछ  ।

भूमिको पूर्वी ईशान कोणमा बनाइएको मुख्य ढोका उच्चकोटिको हुन्छ, पूर्वी ईशान कोणमा मुख्य ढोका बनाउनाले भवनमा निवास गर्नेहरू अत्यन्त मेधावी,ज्ञानवान् र विद्वान् हुने हुन्छन् । पूर्वी ईशान कोणमा मुख्य ढोका भयो भने गहु्रङ्गो सामान दक्षिणमा राख्नु उचित हुन्छ र आउने-जाने बाटो उत्तरतिर हुन्छ जसलाई शुभ फलदायक मानिएको छ ।

भूमिको दक्षिणी आग्नेय कोणमा बनाइएको मुख्य ढोका उच्चकोटिको हुन्छ । दक्षिण आग्नेयकोणमा मुख्य ढोका बनाउनाले शुभ फल प्राप्त हुन्छ किनभने त्यस भवनमा फर्निचर आदि गहु्रङ्गो सामान दक्षिण दिशामा र हिंडने बाटो पूर्व दिशामा हुन्छ जसलाई सबै प्रकारले कल्याणकारी मानिएको छ ।

भूमिको पश्चिमी वायव्य कोणमा बनाइएको मुख्य ढोका त्यतिकै उच्चकोटिको हुन्छ । यो कोणमा मुख्य ढोका बनाउनुलाई शुभ फलदायक एवं कल्याणकारी मानिन्छ ।

निम्नकोटिको मुख्य ढोका
भूमिको पूर्वी आग्नेय कोणमा बनाइएको मुख्य ढोका निम्नकोटिको हुन्छ । पूर्वी आग्नेय कोणमा मुख्य ढोका बनाउनुको परिणाम राम्रो हुँदैन अतः पूर्वी आग्नेय कोणमा ढोका कदापि बनाउनु हुँदैन ।

भूमिको दक्षिण नैऋत्य कोणमा बनाएको मुख्य ढोकालाई निम्नकोटिको मानिएको छ । दक्षिणी नैऋत्य कोणमा मुख्य ढोका बनाउनु आर्थिक हानिकारक तथा स्त्रीहरूको लागि अस्वस्थकर हुन्छ, अतः दक्षिणी नैऋत्य कोणमा ढोका बनाउनु हुँदैन ।

भूमिको पश्चिम नैऋत्य कोणमा बनाइएको मुख्य ढोका निम्नकोटिको हुन्छ । यो कोणमा मुख्य ढोका बनाउँदा आर्थिक हानिका साथसाथै परिवारकै मुख्य सदस्यको पदावनती पनि हुने गर्दछ । अतः पश्चिमी नैऋत्य कोणमा ढोका बनाउनु  हुँदैन ।

भूमिको उत्तर वायव्य कोणमा बनाइएको मुख्य ढोकालाई निम्नकोटिको मानिन्छ । यो कोणमा मुख्य ढोका बनाउनाले भवनमा निवास गर्ने सबैको मनस्थिति सदैव अस्थिर एवं चञ्चल भइरहन्छ ।

मुख्य ढोकासम्बन्धी वास्तु सिद्धान्त

भवनमा ढोकाको संख्या
केही मानिस भ्रमित हुने गर्दछन् ढोकाको संख्या सम हुनुपर्दछ अथवा विषम ? ढोका यदि घरमा उपर्युक्त भनेको स्थानमा वास्तुअनुसार बनाइएको हुन्छ भने त्यसको संख्या सम होस् या विषम त्यसले कुनै अन्तर पार्दैन । अतः ढोकाको संख्यालाई महत्व दिनु आवश्यक छैन, परन्तु भूखण्डको उत्तर दिशामा खाली स्थान नछाडेर घरमा गन्तीमा आठवटा ढोका छन् भने त्यो अशुभ रहन्छ ।

कुनै भवनमा पानी, चुला एवं भर्‍याङ्गको निर्माण शास्त्रसम्मत गरिएको छैन र ढोकाको संख्या सम संख्यामा राखिएको छ भने त्यसको फल शुभ हुँदैन । यदि भवनमा पानी, चुलो तथा भर्‍याङ्ग शास्त्रअनुसार बनाइएको छ भने ढोकाको संख्या सम या विषम जे भए पनि कुनै अन्तर हुँदैन । त्यसप्रकार घरमा झ्याल र आलमारीको संख्या सम अथवा विषम जुनसुकै संख्यामा भए पनि त्यसको कुनै दोष हुँदैन ।

वास्तुशास्त्रको विभिन्न ग्रन्थमा घरमा ढोकाको संख्यासम्बन्धी दिइएको मुख्य निर्देश निम्नानुसारका छन्-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Photographer with various Astrology Services Available!

X