१. भूखण्डमा जलस्रोत अर्थात् भवनमा जल ईशान, पूर्व अथवा उत्तर दिशातर्पफ हुनुपर्दछ । साथै भवनबाट जल यिनै दिशाबाट बाहिर निस्कन्छ ।
२ भवनको दक्षिणी एवं पश्चिमी भाग उत्तर एवं पूर्वी भागभन्दा केही अग्लो हुनुपर्दछ । भवनमा खुला स्थान दक्षिणी एवं पश्चिमी भागको अपेक्षा उत्तर एवं पूर्वी भागमा धेरै हुनुपर्दछ ।
३ भवनमा भान्साघर आग्नेय कोणमा बनाउनु पर्दछ । विद्युत् मेन बोर्ड आदि अग्निसँग सम्बन्धित सबै उपकरणहरू आग्नेय कोणमा भयो भने भवनमा निवास गर्नेलाई अग्निबाट दुर्घटना हुने डर हुँदैन ।
४ भवनमा वायुको प्रवाह वायव्य कोणबाट हुनुपर्दछ । भवनमा वायुको लागि मुख्य ढोका एवं झ्यालहरू सदैव सम संख्यामा बनाउनुपर्दछ । ढोका उत्तर अथवा पूर्वमा र झ्याल पश्चिम भित्ता र उत्तरी भित्तामा बनाउनुलाई शुभ मानिन्छ । भित्ता कुनामा खापा कदापि बनाउनु हुँदैन ।
५ भवनको फर्शको ढल पूर्व, उत्तर अथवा ईशानमा हुनु उपयुक्त हुन्छ । भवनको दक्षिणी एवं पश्चिमी भाग, उत्तरी एवं पूर्वी भागभन्दा अलि हेभी हुनुपर्दछ ।
घर निर्माणमा वास्तु
हामी घर निर्माणमा वास्तुको उपयोगी सिद्धान्त, सम्भावित वास्तुदोषका बारेमा चर्चा गर्नेछौं-
घर निर्माणको प्रक्रियामा सर्वप्रथम भवनको प्रारूप तयार पार्ने गरिन्छ । मुख्य ढोका निर्धारणको मुख्य विधिअनुसार भूखण्डमा जुन दिशामा मुख्य ढोकाको निर्माण गर्नुपर्ने हो त्यो दिशाको इडलाई नौ भागमा विभाजित गरेर पाँच भाग दाहिने एवं तीन भाग देव्रेतर्फ छाडेर बाँकी रहेको भागमा ढोका बनाउनुपर्दछ ।
वास्तुशास्त्रमा प्रत्येक भूखण्ड एवं भवनमा केही स्थान शुभ हुने भएकाले ग्राह्य एवं केही स्थान अशुभ हुने भएकोले त्याज्य मानिएको हुन्छ ।
अगाडिको पृष्ठमा दिइएको चित्रमा भूखण्डको चारै साइडलाई नौ भागमा बाँडिएको छ । अग्रांङ्कित चित्रमा विभिन्न भागको लागि एउटा विशेष अङ्क प्रदान गरिएको छ ।
त्यस अङ्कको स्थानमा मुख्य ढोका बनाउनाको फल निम्नानुसारको हुन गर्दछ-


उपर्युक्त तालिकाको अध्ययन गर्नाले थाहा हुन्छ कि मुख्य ढोकाको लागि उचित स्थान ११-१२, २८-२९, ३-४-५ हुन्छ तर यदि भूखण्ड दक्षिणोन्मुखी छ भने २०मा पनि मुख्य ढोकाको निर्माण गर्न सकिन्छ ।
प्रत्येक भूखण्डको चारै दिशा- पूर्व, पश्चिम, उत्तर र दक्षिण हुन्छ ।
भूखण्डको पूर्वी साइडको मध्यविन्दुदेखि लिएर ईशान कोणसम्मको भाग उच्चकोटिको अर्थात् शुभ एवं मध्य विन्दुदेखि लिएर नैऋत्य कोणसम्मको भागलाई निम्नकोटिको अर्थात् अशुभ मानिएको छ ।
भूखण्डको उत्तरी साइडको मध्यविन्दुदेखि लिएर ईशानकोणसम्मको भागलाई उच्चकोटिको अर्थात् शुभ एवं मध्य विन्दुदेखि वायव्य कोणसम्मको भागलाई निम्नकोटिको अर्थात् अशुभ मानिएको छ । अर्थात् ईशान, पूर्वी ईशान, दक्षिण आग्नेय र पश्चिम वायव्यलाई उच्चकोटिको एवं उत्तरी वायव्य, पूर्वी आग्नेय, दक्षिण र पश्चिम नैऋत्यलाई निम्नकोटिको मानिएको छ ।
उच्चकोटिको मुख्य ढोका
भूमिको उत्तरी ईशानकोणमा बनाइएको मुख्य ढोका उच्चकोटिको हुन्छ । उत्तरी ईशान कोणमा ढोका बनाउनाले भवनको स्वामीलाई विभिन्न प्रकारले लाभ हुने गर्दछ । भूखण्डको उत्तरी ईशान कोणमा मुख्य ढोका बनाउनाले गह्रुङ्गो सामान स्वतः दक्षिण-पश्चिम दिशामा राखिन्छ, अतः उत्तर-पूर्वको भाग दक्षिण-पश्चिमभन्दा हल्का हुन्छ । यो वास्तुशास्त्रको आधारभूत सिद्धान्त हो, जुन अत्यन्त शुभ फलदायक हुने गर्दछ ।
भूमिको पूर्वी ईशान कोणमा बनाइएको मुख्य ढोका उच्चकोटिको हुन्छ, पूर्वी ईशान कोणमा मुख्य ढोका बनाउनाले भवनमा निवास गर्नेहरू अत्यन्त मेधावी,ज्ञानवान् र विद्वान् हुने हुन्छन् । पूर्वी ईशान कोणमा मुख्य ढोका भयो भने गहु्रङ्गो सामान दक्षिणमा राख्नु उचित हुन्छ र आउने-जाने बाटो उत्तरतिर हुन्छ जसलाई शुभ फलदायक मानिएको छ ।
भूमिको दक्षिणी आग्नेय कोणमा बनाइएको मुख्य ढोका उच्चकोटिको हुन्छ । दक्षिण आग्नेयकोणमा मुख्य ढोका बनाउनाले शुभ फल प्राप्त हुन्छ किनभने त्यस भवनमा फर्निचर आदि गहु्रङ्गो सामान दक्षिण दिशामा र हिंडने बाटो पूर्व दिशामा हुन्छ जसलाई सबै प्रकारले कल्याणकारी मानिएको छ ।
भूमिको पश्चिमी वायव्य कोणमा बनाइएको मुख्य ढोका त्यतिकै उच्चकोटिको हुन्छ । यो कोणमा मुख्य ढोका बनाउनुलाई शुभ फलदायक एवं कल्याणकारी मानिन्छ ।
निम्नकोटिको मुख्य ढोका
भूमिको पूर्वी आग्नेय कोणमा बनाइएको मुख्य ढोका निम्नकोटिको हुन्छ । पूर्वी आग्नेय कोणमा मुख्य ढोका बनाउनुको परिणाम राम्रो हुँदैन अतः पूर्वी आग्नेय कोणमा ढोका कदापि बनाउनु हुँदैन ।
भूमिको दक्षिण नैऋत्य कोणमा बनाएको मुख्य ढोकालाई निम्नकोटिको मानिएको छ । दक्षिणी नैऋत्य कोणमा मुख्य ढोका बनाउनु आर्थिक हानिकारक तथा स्त्रीहरूको लागि अस्वस्थकर हुन्छ, अतः दक्षिणी नैऋत्य कोणमा ढोका बनाउनु हुँदैन ।
भूमिको पश्चिम नैऋत्य कोणमा बनाइएको मुख्य ढोका निम्नकोटिको हुन्छ । यो कोणमा मुख्य ढोका बनाउँदा आर्थिक हानिका साथसाथै परिवारकै मुख्य सदस्यको पदावनती पनि हुने गर्दछ । अतः पश्चिमी नैऋत्य कोणमा ढोका बनाउनु हुँदैन ।
भूमिको उत्तर वायव्य कोणमा बनाइएको मुख्य ढोकालाई निम्नकोटिको मानिन्छ । यो कोणमा मुख्य ढोका बनाउनाले भवनमा निवास गर्ने सबैको मनस्थिति सदैव अस्थिर एवं चञ्चल भइरहन्छ ।
मुख्य ढोकासम्बन्धी वास्तु सिद्धान्त
- भूमिको चारैतकर्फकाे मुख्य ढोका पूर्वमा हुन्छ भने घरको मुख्य ढोका घरको पूवी किनाराको कक्षमा बनाउनुपर्दछ । घरको मुख्य ढोका कक्षको उत्तरी अद्र्धभागमा बनाइएको मुख्य ढोका एकदम प्रभावी स्थितिमा आउँछ साथै त्यसले शुभ र कल्याणकारी परिणाम ल्याउँछ ।
- घरको ढोका बनाउने समयमा ध्यान दिनु पर्दछ कि चौकोस घरको मुख्य भित्तामा टाँसिएको नहोस् भित्ता र ढोकामा चौकोसको बीच कम्तीमा चार ईन्चको अन्तर अवश्य रहनुपर्दछ ।
- एउटा ढोकाको माथि यदि अर्को ढोका बनाउनु छ भने त्यो तलको ढोका भन्दा सानो हुनुपर्दछ तथा एकै लाइनमा हुनुपर्दछ ।
- मुख्य ढोकाको आकार भवनको अन्य ढोकाको अपेक्षा ठूलो हुनुपर्दछ ।
- ढोकाको खापालाई खोल्दा अथवा बन्द गर्दा कुनै आवाज आउनु हुँदैन ।
- जुन घरमा धेरै ढोकाहरू हुन्छन् त्यहाँ ढोकासम्बन्धी कुनै नियम हुँदैन अर्थात् जतापनि बनाउन सकिन्छ ।
- घरभित्र ढोका, झ्याल तथा आलमारी एक अर्काको अगाडि बनाउनुपर्दछ ।
- जमीनको चारैतिरको मुख्य ढोका पश्चिम हुन्छ भने घरको मुख्य ढोका गृहको पश्चिमतर्फ बनेको मुख्य ढोका कक्षको उत्तरी अद्र्धभागतर्फ परोस्, यसले गर्दा मुख्य ढोका प्रभावी स्थितिमा हुन्छ र धन-धान्य-समृद्धिको वृष्टि भइरहेको हुन्छ ।
- भूखण्डको चारैतर्फको मुख्य ढोका यदि उत्तरमा हुन्छ भने त्यस्तो भूखण्डमा बनेको भवनको मुख्य ढोका भवनको सबैभन्दा उत्तरतर्फ बनेको कक्षमा बनाउनुपर्दछ । स्मरण रहोस् कि ढोका त्यो कोठाको पूर्वी अद्र्धभागमा भयो भने अत्यन्त शुभफलदायी हुन्छ ।
- ढोका आफैं बन्द अथवा खुल्ने हुन्छ भने त्यो भयदायक हुने गर्दछ । चौकोस एकातिर सानो र अर्कोतिर ठूलो भयो भने त्यो पनि अशुभ फलदायक हुने गर्दछ ।
- वास्तुशास्त्रमा बाहिरी एवं भित्री ढोकाको दिशामा चार प्रकारको सम्बन्ध हुने मानिएको छ । जब बाहिरी ढोका तथा भित्री ढोका एकै दिशामा अगाडि-पछाडि हुन्छ भने यो सम्बन्धलाई उत्सङ्ग मानिन्छ जुन सर्वोत्तम हुन्छ । जब बाहिरी ढोका भित्री ढोकाको बायाँतर्फ हुन्छ भने त्यस्तो सम्बन्धलाई अपसव्य सम्बन्ध मानिन्छ जुन राम्रो हुँदैन । जब बाहिरी ढोका भित्रीको दाहिनेतर्पm हुन्छ भने त्यो सम्बन्धलाई सत्य सम्बन्ध मानिन्छ जुन जहिले पनि शुभ हुने गर्दछ । जब बाहिरी ढोका भित्री ढोकाको विपरीत दिशामा हुन्छ भने त्यस्तो सम्बन्धलाई पृष्ठप्रसङ्ग सम्बन्ध मानिएको छ जुन जहिले पनि अशुभ हुने गर्दछ ।
- ढोकामा लगाइएको खापा दुईटा भएको एवं भित्रतिर खुल्ने खालको हुनुपर्दछ ।
- भूखण्डको चारैतर्फको मुख्य ढोका यदि दक्षिणमा हुन्छ भने भवनको मुख्य ढोका घरको दक्षिणीतर्फको कक्षमा बनाउनुपर्दछ । मुख्य ढोका कक्षको पूर्वी अद्र्धभागमा परोस् । यो स्थिति भवनमा निवास गर्नेहरूको लागि शुभदायक हुने गर्दछ ।
भवनमा ढोकाको संख्या
केही मानिस भ्रमित हुने गर्दछन् ढोकाको संख्या सम हुनुपर्दछ अथवा विषम ? ढोका यदि घरमा उपर्युक्त भनेको स्थानमा वास्तुअनुसार बनाइएको हुन्छ भने त्यसको संख्या सम होस् या विषम त्यसले कुनै अन्तर पार्दैन । अतः ढोकाको संख्यालाई महत्व दिनु आवश्यक छैन, परन्तु भूखण्डको उत्तर दिशामा खाली स्थान नछाडेर घरमा गन्तीमा आठवटा ढोका छन् भने त्यो अशुभ रहन्छ ।
कुनै भवनमा पानी, चुला एवं भर्याङ्गको निर्माण शास्त्रसम्मत गरिएको छैन र ढोकाको संख्या सम संख्यामा राखिएको छ भने त्यसको फल शुभ हुँदैन । यदि भवनमा पानी, चुलो तथा भर्याङ्ग शास्त्रअनुसार बनाइएको छ भने ढोकाको संख्या सम या विषम जे भए पनि कुनै अन्तर हुँदैन । त्यसप्रकार घरमा झ्याल र आलमारीको संख्या सम अथवा विषम जुनसुकै संख्यामा भए पनि त्यसको कुनै दोष हुँदैन ।
वास्तुशास्त्रको विभिन्न ग्रन्थमा घरमा ढोकाको संख्यासम्बन्धी दिइएको मुख्य निर्देश निम्नानुसारका छन्-
- यदि घरको चारै दिशामा ढोका बनाउने हो भने यसै अध्यायको अगाडि भनिएबमोजिम उच्चकोटिको स्थानमा नै प्रवेश द्वार बनाउनुपर्दछ । कुनै पनि परिस्थितिमा नैऋत्यकोणमा मुख्य द्वार बनाउनु हुँदैन ।
- यदि घरको तीन दिशामा ढोका बनाउनु छ भने उत्तर र पूर्व दिशामा त आवश्यक नै पर्दछ । तेस्रो द्वार सुविधानुसार पश्चिम अथवा दक्षिण दिशामा बनाउन सकिन्छ ।
- कुनै घरमा एउटै प्रवेश द्वार बनाउनु छ भने त्यसलाई पूर्व दिशा अथवा उत्तर दिशामा नै बनाउनुपर्दछ, परन्तु भवन दक्षिणमुखी अथवा पश्चिममुखी छ भने त्यसमा कहिल्यै पनि एउटै मात्र प्रवेशद्वार बनाउनु हुँदैन ।
- यदि घरमा दुईवटा प्रवेशद्वार बनाउनु छ भने शुभफल प्राप्त गर्नको लागि ढोकालाई पूर्व दिशा एवं पश्चिम दिशा, उत्तर दिशा एवं दक्षिण दिशामा नै बनाउनु पर्दछ । दक्षिण दिशा तथा पश्चिम दिशामै दुईवटा ढोका कदापि बनाउन हुँदैन अर्थात् भवनमा एउटा प्रवेश द्वार पूर्व दिशा अथवा उत्तर दिशामा हुनु आवश्यक छ ।