विभिन्न दिशादेखि विभिन्न विदिशाहरूमा भूखण्डको विस्तारको भिन्ना- भिन्नै प्रभाव पर्ने गर्दछ ।
१. यदि भूमिको खण्ड ईशान दिशातर्पm बढेको हुन्छ भने त्यस्तो प्रकारको स्थानमा निवास गर्ने मानिसलाई सुख-समृद्धि एवं शान्ति अवश्य प्राप्त हुन्छ ।
२. ईशानको अतिरिक्त अन्य कुनै पनि स्थान अथवा दिशामा बढेको भूखण्डलाई अशुभ मानिएको छ । विशेषतः नैऋत्य कोणको दिशामा बढेको भूखण्डलाई अशुभ फल दिने मानिएको छ । भूखण्ड किन्ने बेलामा यो आवश्यक हुन्छ कि यदि घरको मुख्य ढोका उत्तर, पूर्व, अथवा ईशानमा हुन्छ भने त्यसलाई सर्वश्रेष्ठ मानिएको छ । त्यसप्रकार पश्चिम, दक्षिण, आग्नेय तथा पश्चिम- वायव्यमा पनि मुख्य ढोका सडकतर्फ बाउण्ड्रीमा हुन्छ भने त्यसलाई पनि शुभ मानिएको छ तर पूर्व-आग्नेय, उत्तर-वायव्य, वा नैऋत्य कोणतर्फ मुख्य ढोका बनाइन्छ भने त्यो अशुभको सूचक हो ।
विधि एवं विन्यास
घर निर्माणको लागि भूखण्ड खरिद गर्ने बेलामा अवश्य निश्चित गर्नुपर्दछ जमीन कुन दिशाको सडकमा अवस्थित छ । किनभने प्रत्येक दिशाको लाभ भिन्ना- भिन्नै हुने गर्दछ ।
१. जुन भूमिको चारैतिर सडक हुन्छ त्यस्तो भूखण्डलाई सर्वश्रेष्ठ भूमि मानिन्छ ।
२. पूर्व, पश्चिम तथा दक्षिण तीनतर्फ सडक हुन्छ भने त्यस्तो भूमिलाई सामान्य मानिएको छ ।
३. उत्तर, पूर्व तथा पश्चिम तीन दिशामा सडक हुन्छ भने त्यसलाई पनि सामान्य श्रेणीको भूमि मानिन्छ ।
४. उत्तर, पश्चिम तथा दक्षिणमा सडक हुन्छ भने त्यसलाई पनि सामान्य श्रेणीको भूमिको रूपमा लिइन्छ ।
५. उत्तर पूर्वतर्फ सडक हुन्छ भने त्यसलाई सर्वश्रेष्ठ भूमिको रूप लिइन्छ ।
६. उत्तर, पूर्व तथा दक्षिण तीनतर्फ सडक हुन्छ भने त्यो पनि सामान्य श्रेणीको भूमि हुन्छ ।
७. पूर्व तथा दक्षिण दुईतर्फ सडक हुन्छ भने त्यो पनि सामान्य श्रेणीको भूमि हुन्छ ।
८. उत्तर, दक्षिण दुईतर्सफ डक हुन्छ भने त्यस्तो जमीन सामान्य प्रकारको हुन्छ ।
९. पश्चिम, उत्तर दिशामा सडक हुन्छ भने त्यो पनि सामान्य श्रेणीको भूमि हुन्छ ।
१० पश्चिम तथा दक्षिणतर्फ सडक हुन्छ भने पनि त्यसलाई सामान्य भूमिमा वर्गीरण गरिन्छ ।
११ पूर्व, पश्चिमतर्फ सडक भए पनि त्यस्तो भूमि सामान्य हुन्छ ।
१२ ईशान कोणले गोलाइ लिएको र उत्तर तथा पूर्वमा सडक हुन्छ भने पनि त्यो सामान्य भूमि हुन्छ ।
१३ दक्षिणतर्फ सडक हुन्छ भने त्यस्तो भूखण्डलाई अशुभ मानिएको छ । यस्तो जमीनलाई सित्तैमा पनि लिन हुँदैन ।
१४ पश्चिमतर्फ सडक हुन्छ भने त्यसलाई सामान्य भूमि मानिन्छ यस्तो भूमिलाई व्यावसायिक दृष्टिले उत्तम हुन्छ ।
१५ पूर्वतर्फ सडक हुन्छ भने त्यस्तो भूमिलाई सर्वश्रेष्ठ मानिन्छ ।
१६ उत्तर दिशामा सडक हुन्छ भने त्यस्तो भूमि सर्वश्रेष्ठ हुन्छ ।
१७ आग्नेय कोणतर्फ गोलाइ लिएको भूमि हुन्छ भने त्यो अशुभ हुने गर्दछ ।
सडक, जग्गा एवं त्यसको सुधार
१. पूर्वदेखि आग्नेय कोणतर्फ बढेको जमीन छ भने त्यस्तो भूमिलाई अशुभ मानिन्छ । यस्तो भूमिको ईशानकोणबाट आग्नेय कोणलाई ९० डिग्रीमा विभाजन गर्ने तथा सडकको साथमा काटिएको भागलाई जोड्ने अथवा कुनै अन्य व्यक्तिलाई काटिएको भाग दिने हो भने त्यस्तो भूमिको सुधार गर्न सकिन्छ ।
२. दक्षिण दिशाबाट आग्नेय कोणतर्फ बढेको भूखण्ड हुन्छ भने त्यस्तो भूमि अशुभ हुन्छ । यस्तो भूखण्डलाई नैऋत्य कोणबाट आग्नेय कोणतर्फ ९० डिग्रीको कोण बनाउने तथा उक्त भागलाई सडकमा जोडिदिने अथवा कुनै अन्य व्यक्तिलाई दिने । यसरी टुक्रा पारेको खण्डलाई आफैंले राख्न हुँदैन ।
३. वायव्य कोणमा दुवैतर्फ बढेको जुन भूखण्ड हुन्छ त्यस्तो बढावलाई अति अशुभ मानिएको छ । यस्तो भूखण्डलाई आयतनाकार बनाउने सबै कोण ९० डिग्रीको हुनुपर्छ र शेष भूखण्डलाई आफुले प्रयोग गर्नु हुँदैन ।
४. जुन भूखण्ड ईशान कोणमा बढेको हुन्छ त्यस्तो बढेको भाग अत्यन्त शुभ हुने गर्दछ ।
५. जुन भूमि उत्तर-पश्चिमी-वायव्य कोणतर्फ बढेको हुन्छ त्यो अत्यन्त अशुभ हुन्छ दक्षिण-पश्चिम नैऋत्यकोण तथा उत्तर-पश्चिम वायव्य कोणलाई क्रमशः ९० डिग्री गर्ने । शेष भूमि अन्य कसैलाई दियो भने त्यस्तो भूखण्डमा सुधार हुन्छ ।
सडक
यस्तो विभिन्न स्थान हुन्छ र जहाँ विभिन्न दिशाबाट आउने कच्ची बाटो या सडक निर्माणस्थलको नजिक भएर जाने गरको हुन्छ । त्यसलाई सडक या मार्ग भनिन्छ । गृह निर्माणका लागि भूखण्ड खरीद गर्ने बेलामा सडक कुन दिशामा छ हेर्नुपर्छ । उत्तर, पूर्व, पश्चिम या दक्षिण- किनभने प्रत्येक दिशाको फल फरक-फरक हुने गर्दछ ।
धेरै भूखण्डको नजिक मन्दिर, देवालय, स्तम्भ आदि हुन्छन् भने त्यसमा विभिन्न प्रकारको भेद दोष हुन सक्दछ ।
शुभ निर्माण स्थल
१. जब सडक दक्षिण या पूर्वतर्फ हुन्छ भने त्यस्तो निर्माण स्थललाई शुभ मानिएको छ ।
२. जब कुनै भूखण्डको चारैतर्फ सडक हुन्छ भने त्यस्तो भूखण्डलाई ब्रह्मस्थल भूखण्ड भनिन्छ । यस्तो भूखण्डले गृहस्वामीलाई अत्यन्त वैभव तथा प्रभावशाली बनाउँदछ र स्वास्थ्य तथा सम्पत्तिमा पनि निरन्तर वृद्धि गराउने गर्दछ ।
३. उत्तर एवं उत्तर-पूर्व सडक भयो भने त्यस्तो भूखण्ड शुभ निर्माण स्थल मानिएको छ ।
४. जुन भवनमा सडक पूर्व, उत्तर-पूर्वतर्पm भयो भने शुभ निर्माण स्थल हुन्छ ।
५. जब सडक निर्माण स्थलको पश्चिम,उत्तर-पश्चिममा हुन्छ भने त्यस्तो निर्माण स्थललाई शुभ हुन्छ ।
६. घरलाई सदैव भूमिको दक्षिण-पश्चिम (नैऋत्य कोण) मा बनाउनु पर्दछ ।
७. भूखण्डको दक्षिण तथा पश्चिममा क्रमशः ७ फिट स्थान खालि छाड्नु पर्दछ तथा उत्तर-पूर्वमा यथासम्भव धेरै जमीन खाली हुनुपर्दछ साथै नैऋत्य कोणमा भवन निर्माण गर्नुपर्दछ । यसरी बनाइएको भवन लक्ष्मीको मन्दिर जस्तै हुन्छ ।
८. ईशान भूखण्ड- जुन भूखण्डका उत्तर एवं पूर्वमा बाटो अथवा सडक हुन्छ भने त्यस्तो भूखण्डलाई ‘ईशान भूखण्ड‘ भनिन्छ । यस्तो भूखण्डमा निर्माण भएको घरमा निवास गर्नाले मानिसहरू सुखी, समृद्ध एवं स्वस्थ रहन्छन् । गृहस्वामी तथा उसको सम्पूणर् परिवार सदैव आनन्दपूर्वक रहन सक्दछन् । यो गृह निर्माणमा ईशान भागलाई सदैव नैऋत्य भागभन्दा तल राख्नुपर्दछ ।
९. ईशान एवं आग्नेय भूखण्ड- ईशान भूखण्ड हुन त आग्नेय भूखण्डबाट सँधैं शुभ हुने मानिएको छ, परन्तु यो भूखण्ड ईशान तथा आग्नेय कोणमा गोलाइमा सडकको साथ स्थित हुन्छ भने यो अशुभ हुन्छ । यस्तो घरमा निवास गर्ने प्राणी जहिले पनि उच्चाटनको अवस्थामा रहनु पर्दछ । बूढो मानिस अशान्त एवं अस्वस्थ्य हुन्छन् अतः यस्तो भवनको भूखण्डको गोलाइलाई हटाउनुपर्दछ । बाँकी रहेको भागलाई सडकमा मिलाउनु पर्दछ या कसैलाई दिनुपर्दछ तर कुनै पनि हालतमा स्वयंले प्रयोग गर्नुहुँदैन । यस्तो गरियो भने त्यसमा रहेको भू-दोष समाप्त हुन्छ ।
१० नैऋत्य भूखण्ड— यस्तो भूखण्ड जसको दक्षिण तथा पश्चिममा सडक हुन्छ, त्यसलाई नैऋत्य भूखण्ड भनिन्छ । यस्तो भूखण्ड अधिकारी वर्ग एवं व्यापारी वर्गको लागि अत्यन्त शुभ, मङ्गलमय तथा ऐश्वर्यदाता हुने गर्दछ ।