भूमिको परीक्षणको लागि जमीनको जुन भूभागमा भवनको निर्माण गरिने हो, त्यही भूभागको मध्यमा गृह निर्माणकर्ताले स्वयं आफ्नो हातको नापले एकहात लामो, एक हात चौडा र एकहात गहिरो खाल्टो खन्नुपर्दछ । खाल्टो खनिसकेपछि त्यो खाल्टो पुर्दा यदि माटो बाँकी रह्यो भने त्यो उत्तम हुन्छ । बराबर भएमा सम र माटो कम भयो भने त्यो भूमि भवन निर्माणको लागि अशुभ फलदायी र अनुपयुक्त हुने मानिएको छ । त्यस्तो अनुपयुक्त भूमिमा भवन निर्माण गर्नु हुँदैन ।

त्यसमा माटोको सट्टा पानीले भन्ने गरिन्छ । पानी भरिसकेपछि सय कदम टाढा गएरफर्केपछि परीक्षण गर्ने । यदि त्यो खाल्टो भरिएको छ भने उत्तम हुन्छ, चौथाइ या आधाभन्दा धेरै पानी बाँकी रहेको छ भने मध्यम र त्यो भन्दा कम पानी छ भनेअशुभ फलदायी तथा अनुपयुक्त सम्झनु पर्दछ । त्यस्तो अनुपयुक्त जमीनमा निर्माण कार्य गरिनु हुँदैन ।

तत्कृत्वा जलपूणर्माशत पदं गत्वा परीक्षयं पुनः ।
पदोनेऽर्वर्ध विहीन कोऽनिमृते मध् याधमष्ठाम्वुमिः ।।

भूपरीक्षणको लागि खनिएको भूमिमा पानी भर्नाले तत्काल पानी सुक्दैन र त्यो भरि नै रहन्छ भने शुभ हुन्छ । पानी तत्काल सुक्यो भने अशुभ र पानी भर्नेसमयमा स्थिर रह्यो भने स्थिरता, यदि पानीले दक्षिण दिशातर्फ भ्रमण गर्‍यो भने सुख र उत्तरतर्फ भ्रमण गर्‍यो भने मृत्युसमेत हुन सक्दछ । अन्न रोपेर पनि भू-परीक्षण गर्नसकिन्छ । अङ्कुर आयो भने उत्तम र आएन भने त्यो भूमि भवन निर्माणको लागि योग्य हुँदैन ।

खाल्टोमा पानी भर्दा बिहानसम्म पानी रह्यो भने शुभ, रहेन भने मध्यम तथा जमीनमा चिरा पर्‍यो भने अशुभ फल दिने हुन्छ ।

भूमि खन्दा यदि पाषाण निस्क्यो भने वृद्धिकारक, इँट्टा निस्क्यो भने अर्थागम तथा समृद्धिकारक, द्रव्य निस्क्यो भने सुखकारक, तामा आदि धातु निस्क्यो भने सबैप्रकारले लाभदायी हुन्छ । परन्तु खाल्टो, हड्डी, कोइला, कपाल आदि निस्क्यो भनेकष्टकारक एवं दुःखदायी हुन्छ ।

भूमि गुणवत्ता विचार

भूभागमा आवास बनाउनुभन्दा अगाडि भूमिको गुणवत्ताको बारेमा पनि विचार गर्नुपर्दछ । वास्तुशास्त्रकारहरूले भूमिको गुणवत्ता जाँच्नको लागि भूमि- लक्षणको निम्न चार प्रकारको संज्ञा बताएका छन्-

 

कल्पद्रुमकोअनुसार :
सुगन्धा ब्राह्मणी भूमि रक्त गन्धातु क्षत्रिया ।
मधुगन्धाभर्वद्वैश्या गद्यगन्धाच शूद्रिका ।।

रसअनुसार भूमिको लक्षण :

ब्राह्मण भूमि सुख, क्षेत्रीय भूमि राज्यपदा, वैश्य भूमि धन-धान्य र शुद्र भूमिलाई त्याग्ने खालको हुन्छ ।

वशिष्ठ एवं नारदादि ऋषिहरूको मतानुसार ब्राह्मण, क्षेत्रीय, वैश्य एवं त्यसको अतिरिक्त अन्य व्यक्तिको लागि व्रmमशः सेतो, रातो, हरियो र कालो रङ्गको माटो भएको भूमि शुभ हुन्छ तथा यी चार वणर्मा ब्राह्मण, घृत गन्ध, क्षत्रिय रक्त गन्ध, वैश्य अन्न गन्ध तथा अन्यको लागि मध्य गन्ध भएको भूमि सुख दिने खालको हुन्छ ।

यसप्रकार माटोको रङ्ग, कुश, सुगन्ध र रसअनुसार भूमिको गुणवत्ताको बारेमा पनि विचार गरेर नै भवन निर्माणको लागि भूखण्डको चयन गर्नु उचित हुन्छ ।

भूमिको शल्योद्धार

वास्तुशास्त्रमा भूमिको शल्योद्धार गर्ने गरिन्छ । भूखण्डमा भवन निर्माण गर्नुभन्दा अगाडि भूमिको शल्योद्धार गर्नाले भूमिगत अर्थात् भूखण्डको गर्भमा लुकेर  बसेको दूषित पदार्थलाई बाहिर निकाल्नुपर्दछ । जुन भूमिमै रहिरह्यो भने त्यसले रोग, डर, बाधा आदि भवन निर्माणपश्चात् पनि गराइ रहन्छ ।

भवन निर्माणको समयमा वास्तुशास्त्रअनुसार निर्माण कार्य त गर्ने गरिन्छ र दिशा तथा मापलाई पनि ध्यान दिइन्छ तर शल्योद्धारको अभावमा गरिएको भवन निर्माण सदैव पीडा एवं दुःखकारक हुने गर्दछ । त्यसकारण भवन निर्माणभन्दा अगाडि भूमिको सल्योद्धार गर्नु आवश्यक हुन्छ ।

वास्तुशास्त्रको प्राचीन ग्रन्थमा भूमिको सल्योद्धारको विभिन्न प्रक्रियाहरू छन् जसमा मुख्यतः यसप्रकारका छन्-

भवन पशुहरूको चर्ने स्थान (चरणी), देवालय, पशुबन्ध आदि स्थानको भू-भागमा शल्य रहनाले अन्य प्रकारको कष्ट तथा गृहस्वामीको लागि अनेक प्रकारको क्लेशको सम्भावना हुने गर्दछ । शल्योद्धार अथवा शल्य निकाल्नको लागि भूस्वामीले ज्योतिषशास्त्रको आधारमा प्रश्नकर्ताको मुखबाट निस्कने वणर्द्वारा भूमिमा शल्य छ कि छैन, त्यसको जानकारी भूस्वामीलाई दिनुपर्दछ ।

भूमिगत शल्यको विषयमा विश्वकर्म प्रकाश, वास्तु रायबल्लभ, गर्ग मनोरमा, प्रश्न कौमुदी, ज्योतिष निबन्ध आदि ग्रन्थमा विभिन्न प्रकारले उल्लेख भएको पाइन्छ । यसमा अहिबल चक्रको पनि उपयोग गर्न सकिन्छ ।

भूमिमा शल्य छ कि छैन त्यसको लागि प्रश्नकर्ताको मुखबाट निम्नलिखित वणर् यदि निस्कन्छ भने शल्यको विषयमा भूमिगत पदार्थको जानकारी र फल निम्नानुसार हुने गर्दछ-

ह-प-य अक्षर प्रश्नकर्ताले पूर्व उच्चारण गर्‍यो भने भूमिको मध्य भागमा शल्य हुन्छ भन्ने जान्नुपर्दछ । यस्तो भयो भने कुलको हानि हुने गर्दछ । यस्तो स्थानमा मानिसको कपाल हुन्छ भन्ने बुझ्नुपर्दछ ।

प्राचीन मतानुसार शल्यको जानकारीको लागि अङ्ग स्पर्शअनुसार पनि शल्यको दिशाको बोध हुन सक्दछ तथा शङ्खभेदी मृदङ्ग यिनीहरूको शब्द सुनिने या अक्षत, पुष्प, फलको सुनाइ एवं देखिएको छ । जुन अङ्गमा प्रश्नकर्ताले स्पर्श गर्दछ त्यसैअनुसारको शल्य हुने गर्दछ । यदि प्रश्न गर्ने समयमा हात्ती, घोडा, गधा या अन्य कुनै प्राणीको आवाज सुनिन्छ भने त्यसैको शल्य भूमिमा भएको जान्नुपर्दछ । जुन स्थानमा शल्य हुन्छ त्यस स्थानमा गृहस्वामी अथवा गृहस्वामीनीको लम्बाइ बराबरको गहिरो खाल्टो खनेर त्यसबाट माटो निकालेर फ्याँकिदिने र त्यो माटोलाई कुनै पनि प्रयोजनमा ल्याउन हुँदैन । त्यसको स्थानमा नयाँ शुद्ध माटो भर्नाले पनि सल्योद्धार हुन्छ ।

शल्योद्धारपश्चात् भवन निर्माण गर्नाले भूमिसम्बन्धी दोष रहँदैन । शल्योद्धारको विभिन्न प्रचलित रीतिहरू छन् । यी सबै वर्तमान समयमा व्यावहारिक मानिएको छैन । यदि भूखण्डमा दश फिटभन्दा गहिरोमा शल्य हुन्छ भने त्यसको कुनै दोष हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Photographer with various Astrology Services Available!

X