वास्तुशास्त्र भवनादि निर्माणको प्राचीन सिद्धान्त हो । वास्तुशास्त्रका अतिरिक्त कुनै अन्य ज्ञानले भवन निर्माणसम्बन्धी काम सही ढङ्गले भएको छ कि छैन भन्ने कुरालाई निश्चित गर्नसकिंदैन । वैदिकएवं पौराणिककाल अथवा राम, कृष्णको पालामाबनेका त्यस युगकाग्रन्थले पनि योविषयमा उल्लेखगरेको पाइन्छ । तीसिद्धान्त पनि पञ्चतत्वमै आधारित भएको छ । त्यसकारणले गर्दा हाम्रो आवास पनिपञ्चतत्वले नै निर्मित भएको हुनुपर्दछ । अण्ड, पिण्ड एवं ब्रह्माण्डमा जुन पञ्चतत्वहुन्छ त्यही आवास प्राणीहरूको सूक्ष्म एवं स्थूल शरीरमा पनि हुन्छ । पञ्चतत्वकोजुन विस्तार ब्रह्माण्डमा हुन्छ त्यही पिण्डमा हुन्छ । वास्तुशास्त्रको सिद्धान्तअनुसारजुन निर्माण कार्य भएको छ त्यो आज पनि आफ्नो स्थानमा स्थिर र सुन्दर छ ।यसको लागि विश्वका विभिन्न ठाउँको उदाहरणलाई हेर्न सकिन्छ । जस्तै मिश्रकासिद्धान्तमा भएको वास्तुज्ञान कति उन्नत प्रकारको थिय । जसले विश्वको सबैभन्दाठूलो पिरामिड बनाएका छन् जुन आज पनि सुरक्षित रहेर आफ्नो शोभालाईबढाइरहेको छ । मिश्रमा पिरामिड निर्माण भएको हजारौं वर्ष बितिसक्यो । मिश्रकोसभ्यताको विकास त एउटा नाममात्रको थियो, तर त्यहाँका मानिसहरूलाई पृथ्वीमाहुने धु्रवको चुम्बकीय शक्तिको ज्ञान थियो र त्यसैको सिद्धान्तमा आधारित भएरबनेको पिरामिड आज सबैभन्दा पूरानो निर्माणमा आउँछ । त्यसका साथै मिश्रकामानिसहरूमा मृत शरीरलाई हजारौं वर्षसम्म सुरक्षित राख्न सक्ने विषयमा धेरै ज्ञानथियो जसलाई आज पनि देख्न सकिन्छ, जस्तो– पिरामिडले ‘आमा’ को रूपमा रहेरत्यसलाई यथास्थितिमा देखाउन सक्दछ ।