प्रत्येक देशको भौगोलिक परिस्थिति तथा नियम भिन्ना–भिन्नै हुन सक्दछ, अतः निर्माण हुने भवनमा जुन–जुन प्राकृतिक ऊर्जाको स्रोत हुन्छ त्यसको दिशामापनि भिन्नता पाइन्छ । यसको अतिरिक्त विभिन्न अलौकिक शक्तिको बारेमा पनिजुन अनुभव गरिएको छ तथा त्यसलाई अपनाइएको छ त्यो नेपालको वास्तु नियमभन्दा अलि भिन्न देखिन्छ ।

ग्लोबल वास्तुशास्त्रको नियम मानव–कल्याणको भावनाबाट ओत–प्रोतछ । हजारौं वर्ष पहिलेदेखिको ठूलो अनुसन्धान र व्यावहारिक अनुभवपश्चात् नै यीनियमहरूको प्रतिपादन भएको छ ।

हामी सबैलाई थाहा भएकै कुरा हो कि पृथ्वीमा प्राप्त हुने सूर्यको ऊर्जा नैजीवनको मुख्य आधार हो, अतः सूर्यका कारणले पृथ्वीमा जस्तो प्रभाव पर्दछ त्योनै ग्लोबल वास्तुशास्त्रको मूलाधार हो ।

पृथ्वीले करिब चार सय आठ करोड वर्षदेखि अन्तरिक्षमा भ्रमण गरिरहेकोछ तथा त्यसैबाट पृथ्वीले एउटा स्थायी चुम्बकीय शक्ति ग्रहण गरेको छ । त्यसैबाटपृथ्वीलाई एउटा निश्चित गति प्राप्त भएको छ । पृथ्वीमा सूर्य–ऊर्जा, चुम्बकीय–ऊर्जाको निश्चित गतिको मापन हाम्रा ऋषि–मुनिहरूले आफ्नो अनुसन्धान एवंअनुभवको आधारमा पहिले नै पत्ता लगाएका थिए, तिनै कुराहरू वास्तुशास्त्रकोनियममा निहीत छन् । यही कारण हो कि चुम्बकीय दिक्सूचक यन्त्रले सदैव उत्तर–दक्षिणतर्पm संकेत गरेको हुन्छ । वास्तुशास्त्रको नियममा पूर्व एवं उत्तर दिशालाईअनुकूल ऊर्जाको स्रोत मानिएको छ । प्रातःकालीन सूर्यको किरणबाट हामीलाईअनुकूल स्वास्थ्यवद्र्धक ऊर्जा प्राप्त हुन्छ । त्यसकारण भवनमा पूर्वी तथा उत्तरीभागलाई पश्चिमी एवं दक्षिणी भागभन्दा तल होचो अथवा धेरै खुल्ला स्थान राख्नेनियम बनाइएको छ ।

वास्तुशास्त्रको नियम मानव जातिको लागि अत्यन्त मङ्गलदायक एवंकल्याणकारी छ तर नियमको उल्लङ्घन भयो भने त्यही विध्वंशकारी हुन्छ ।

हाम्रा पूर्वजहरूले यो महत्वपूर्ण ज्ञानगङ्गा हामीलाई दिएका छन् त्यसमापनि खास गरेर बृहस्पति, शुक्राचार्य, मय, विश्वकर्मा, वराहमिहिर आदिले महत्वपूर्णभूमिका निर्वाह गरेका छन् । त्यसैकारण हामीले उहाँहरूप्रति आभारी हुनुपर्दछ ।जसले वास्तुशास्त्रलाई एउटा मनोरम कलाको रूपमा शिल्परत्नमा वर्णित गरेका छन्–एवं सर्वविमानानि गो पूराहीनि वा यतः ।मनोहरतरं कुर्यात् नाना चित्रे विचित्रतम ।।

अतः वास्तुशास्त्र एउटा यान्त्रिक कलामात्र नभएर मनोरमकलाको रूपमाहामीलाई प्राप्त भएको छ । वास्तवमा नेपाली वास्तुकला, काव्यकला, सङ्गीतकला, नृत्यकला, नाट्यकला आदि समान मनोरम कलाको रूपमा बुझिन्छ । यसको प्रमुखविशेषताको आधार अध्यात्मज्योति हो, जसबाट यो अनुप्राणित भएको पाइन्छ ।

महाभारतकालीन महाराजा विश्वकर्मा तथा मयद्वारा बनाइएको राजमहलतथा अन्य भवनमा इन्द्रप्रस्थ, मायासभा, द्वारिकापुरी आदि भवनहरू वास्तुशास्त्रकोएउटा जीवन्त उदाहरण हुन् । मायाभवन त एउटा जादुगरि उदाहरण नै मानिन्छ ।यसलाई सपनाको महल पनि भनिएको छ किनभने त्यसको भुइँ जलाशयको थियोतथा त्यो भुइँले मानिसमा एउटा भ्रम उत्पन्न गर्दथ्यो ।

भारतवर्षमा मुगलकालीन ताजमहल पनि वास्तुशास्त्रको अनुपम उदाहरणहो साथै दक्षिण भारतका मन्दिरहरूलाई पनि वास्तुशास्त्रको उदाहरणका रूपमालिइएको छ भने काठमाडौं, भक्तपुरमा बनाइएका मन्दिरहरु साथै राजदरबारहरु पनित्यत्तिकै वास्तुशास्त्र सम्मत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Photographer with various Astrology Services Available!

X