वास्तुदेवको बारेमा भनिएको छ । शरीर सुनको जस्तो पहेँलो रङ्गको,
शरीरबाट कान्ति निस्किरहेको, कानमा श्रेष्ठ कुण्डल धारण गरेको, अत्यन्त शान्त,
सौभाग्यशाली र सुन्दर हुनुहुन्छ । हातमा दण्ड ग्रहण गरेको त्यस्तो वास्तुदेव नै सबै
मानिसको आश्रय एवं विश्वको बीज हुनुहुन्छ ।
हिन्दू धर्मशास्त्रमा सृष्टि निर्माण कर्ता ब्रह्मा, सृष्टिपालक विष्णुदेव, प्रलयका
देवता महादेव, धनका देवता कुवेर, जलका देवता वरुणलाई मानिएको छ । वास्तुदेव
प्रत्येक सानो तथा ठूलो भूखण्डमा निवास गर्दछन् । मत्स्यपुराणमा वर्णन भएअनुसार
अन्धकासुर नाम गरेको दानव र भगवान शयरको लामो समयसम्म भीषण युद्ध भएको
उल्लेख पाइन्छ । युद्धमा शयर भगवान्को शरीरबाट निस्केका एकथोपा पसिना खसेर
त्यसबाट एउटा भहाभूत उत्पन्न भयो । त्यो महाभूतलाई देखेर राक्षस एवं देवगणहरू
अत्यन्त भयभीत भएका थिए । त्यसपछि सबै देव–दानव मिलेर ब्रह्माजीसँग गएर
प्रार्थना गरे कि हामी सबै देव–दानवहरू त्यो महाभूतलाई देखेर भयभीत भएका छौं,
अतः हे ईश्वर तपाईंले नै हामीलाई बताइदिनुहोस् कि त्यो डरलाई शान्त पार्नको
लागि हामी के गरौं ?
उनीहरूको प्रार्थना सुनेर ब्रह्माजीले भन्नुभयो– अब तिमीहरूले त्यो
महाभूतलाई देखेर भयभीत हुनुपर्दैन । तिमीहरू सबैजना गएर त्यो महाबलि महाभूतलाई
समातेर, अधोमुख अर्थात् टाउको तल, खुट्टा माथि पारेर पृथ्वीमा पफलिदेउफ् र निर्भय
भएर आ–आपफ््नो स्थानमा गएर बस । त्यसपछि सबैजना मिलेर त्यो महाभूतलाई
त्यस्तै प्रकारले पृथ्वीमा पफ््याँकिदिए । तर पनि त्यो महाभूतलाई केही भएन र त्यो
ब्रह्माजीसँग गएर भन्न थाल्यो– हे प्रभु ! तपाईं सम्पूर्ण जगत्को निर्माणकर्ता भएर
पनि हजुरले म जस्तो निरपराधलाई आकाशबाट पृथ्वीमा टाउको तल पारेर देव–
दानवहरूलाई पफल्नको लागि आदेश दिनुभयो । हजुर सृष्टिकर्ता भएका कारणले
गर्दा तपाईंले मेरो बारेमा पनि केही विचार गरिदिनुपर्यो । यदि तपाईंले विचार गरिदिनु
भएन भने मैले कसरी आपफ््नो जीवन यापन गर्ने ?
यसरी प्रर्थाना गर्दा ब्रह्माजीले त्यो महाभूतलाई वास्तुदेवको नाम दिनुभयो
र भन्नुभयो आजदेखि यस पृथ्वीमा मानिसले कुनै पनि भवन, गाउँ, नगर, इलाका,
जलाशय आदि निर्माण गर्दछन् भने निमार्णको समयमा सर्वप्रथम तिम्रो पूजा नगरिकन
कार्य गर्दा तिनीहरू दरिद्रताका साथै छिटै मृत्यु वरणसमेत गर्नेछन् । त्यसैले आजदेखि
ग्लोबल वास्तु घ
तिम्रो वासस्थान पृथ्वीमा हुन्छ । तिमीले अब कुनै चिन्ता गर्नुपर्दैन, तिमी निर्धक्क
भएर बस तिमीलाई कसैले पनि दुःख दिन सक्दैनन् ।
यसैगरि विश्वकर्मा प्रकाशमा पनि भनिएको छ कि वास्तुदेवले भूमिमा शयन
गर्दै भन्दछन्– “अधोमुख वास्तु पुरुषको शरीरमा विभिन्न देवताहरूको निवास हुने
गर्दछ ।” वास्तुपूजनको समयमा वास्तुदेवको उत्तान देहको स्मरण गर्ने गर्नुपर्दछ । जब
वास्तुदेवलाई पृथ्वीमा पफ््याँकिएको थियो, त्यसबेला उनको शिर ईशान कोणमा र
खुट्टा नैऋृत्य कोणमा थियो ।
परन्तु वास्तुचत्रफ्अनुसार वास्तुपुरुषले प्रत्येक महिनामा आपफ््नो दिशा बदल्ने
गर्दछन् । जुन महिनामा वास्तुदेवको दृष्टि जहाँ देखिन्छ । यहाँ उनको खुट्टा जुन
दिशामा हुन्छ, त्यस दिशामा कुवा, इनार, तलाउ, मन्दिर या घरको निर्माण गर्नु हुँदैन ।
जसको विवरण निर्णय–चत्रफ्बाट थाहा पाउन सकिन्छ । यस त्रफ्ममा विवाह, देवालय,
भवन, तलाउ आदिको शुभारम्भ, शिलान्यास एवं स्तम्भरोपणको विधान छ ।