‘रत्न’ शब्द महान् शब्द मध्येको एक हो । यसको विशिष्ठ अर्थ श्रेष्ठता हुन्छ । यसै कारण विशिष्ठ व्यक्तिहरूलाई राष्ट्रले मान सम्मान पदवी उपाधीले विभूषित गर्ने गरिन्छ । जस्तै : महेन्द्र रत्न, वैद्य रत्न, कवि रत्न आदिलाई लिन सकिन्छ । रत्न दुई प्रकारका हुन्छन् । रत्न आफैंमा सुगन्धित, चित्ताकर्षक चिर स्थायी तथा दुर्लभ हुने हुनाले यसको महत्त्व र विशेषताका बारेमा वेद, पुराण, उपनिषद, आरण्यकहरूमा व्याख्या गरिएको छ । जस अनुरूप ऋग्वेदको पहिलो श्लोक ॐ “अग्निमीडे पुरोहितं यज्ञस्य देवमृत्विजम् । होतारं रत्नधातमम् ।।”

रत्नम् – (न.) १. हीरा, माणिक आदि प्रसिद्ध खनिज वस्तु, जुन जडेर गहना बनाइन्छ, २. पञ्चरत्न, नवरत्न र चतुर्दशरत्नको संख्यालाई सङ्केत गर्ने शब्द, ३. कुनै पनि बहुमूल्य –प्यारो वस्तु, ४. कुनै पनि सर्वोत्तम वस्तु, ५. मणिक, ६. जैनमतअनुसार सम्यक् दर्शन, सम्यक् ज्ञान, र सम्यक् चरित्र ।
रत्नको उत्पत्ति – यज्ञ गर्न लागेको बल नामको असुरलाई देवताहरूले मार्न सकेनन् र इन्द्रको भलाइको निमित्त बलको शरीर मागे । बलले शरीर दिएपछि इन्द्रले वज्रद्वारा त्यसको शिर काटे । उसको शिरबाट रत्नहरू निस्के र देवताहरूले रत्नको नाम वज्र राखे ।
अवध्यः सर्वदेवानां बलो नामासुरोऽभवत् ।
त्रिदिवेशोपकाराय त्रिदशैः प्रार्थितो मखे ।।
ततस्तेनात्मनः कायो देवानां सम्मुखे धृतः ।
देहे समर्पिते शक्रस्तद्वज्रेणाहनच्छिरः ।।
जातानि रत्नकूटानि वज्रेणाहतमस्तके ।
वज्रसंज्ञा कृता देवैःसर्वरत्नोत्तमोत्तमे ।। (अगस्तिमते)।
रत्न शब्द आधुनिक युग वा मध्यकालीन युगभन्दा पनि पहिले प्राचीन युगको उपलब्धी हो भन्ने कुरा यी श्लोकबाट प्रमाणित भएको छ । निर्माण प्रक्रिया र समिश्रित तत्त्वका आधारमा रत्नलाई तीन प्रकारमा विभाजन गर्न सकिन्छ ।
ख. वानस्पतिक रत्न (Botanic Gem)

(क) प्रणिज रत्न (Creature Gem)
प्रकृतिको सजीव अस्तित्वबाट प्राप्त गर्न सकिने रत्नलाई प्रणिज रत्न भनिन्छ । जस्तै : हाड, रौं, दाँत, नङ्ग्रा, सिङ, मुगा, गजभुक्ता, नागमणि, कछुवाको खवेडा, गैँडाको खाग, हात्तीको दाँत एवम् पुच्छरबाट प्रणिज रत्न बन्दछ ।
(ख) वानस्पतिक रत्न (Botanic Gem)
विशेष प्रक्रिया अपनाएर वनस्पतिबाट प्राप्त गर्न सकिने रत्नलाई वानस्पतिक रत्न भनिन्छ । जस्तै : गौलोचन, वंशलोचन, जरामरती, तृणमणी आदि हुन् ।


(ग) खनिज रत्न (Mineral Gem)
वास्तवमा केही रत्न बाहेक पृथ्वीभित्रका सबै सुन्दर आकर्षक खनिज रत्नहरू हुन् । भौतिक तथा रासायनिक परिवर्तनका कारण उत्पन्न हुने दोस खनिजलाई खनिज रत्न भनिन्छ । जस्तै : पुष्पराज पला मुगा, गोमेद, निलम, लसुनिया, माणिक्य, आदि उदाहरणहरू हुन् ।
(‘रत्नमनि मनोक्षानि ग्रहदोषदराणि च‘)
– रत्नले सुन्दरता दिन्छ र ग्रहदोषको नकारात्मक प्रभावलाई हटाउँछ ।
आम मानिसको धारणा यस्तो रहेको छ कि रत्न लगाउनाले लाभ एवम् सौभाग्यमा बृद्धि हुन्छ । परन्तु यो थोरैलाई मात्र थाहा छ कि ज्योतिषविद्हरूसँग परामर्श नगरिकन रत्न धारण गर्नु अनिष्टकारी पनि हुन सक्दछ । रत्न दुर्लभ र मूल्यवान् भएकाले सामान्यको उपयोगभन्दा बाहिर छ । धनाढ्य, श्रीसम्पन्न र सामथ्र्यवानले मात्र यसलाई उपयोग गर्न सक्दछन् तर यो आवश्यक छैन कि सबै रत्न सबैका लागि उपयुक्त नै हुन्छ । रत्न धारणले शोभा बृद्धि अवश्य हुन्छ तर लाभप्रद तबमात्र सम्भव हुन्छ जब धारकप्रति त्यस रत्नको ज्योतिषको मान्यता प्राप्त हुन्छ । यसको पछि रश्मि सिद्धान्त र समय विज्ञानले काम गरेको हुन्छ ।